Tag Archives: घटना र बिचार

महिलाले आफू भन्दा पाको पुरुष खोज्ने ६ कारण

१ सुरक्षित
केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२ समझदारी
महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३ दुनियाँको ज्ञान
पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४ शान्ति महसुस्
महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५ धोका नदिने
कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६ अनुभवी
महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

नायिका स्वेता खड्कालाई खुल्ला पत्र , के छ पत्रमा ?

प्रिय बहिनी श्‍वेता,

बिहानबिहानै कुनै एउटा अनलाइनमार्फत ‘श्रीकृष्णको उपचारको क्रममा निधन’ भन्‍ने समाचार पढेदेखि खलबलिएको यो मन आजसम्म स्थिर भएको छैन। अझ तिम्रो मनभित्रको भुइँचालो, एक्लोपन, नैराश्यता र रोदनलाई म अनुमान लगाउनमात्र सक्‍छु।

जीवन अनित्य छ, यो सत्यलाई मान्छेले सजिलै आत्मबोध गर्न सक्दैन। यो तिम्रो वा मेरो कुरा होइन, सम्पूर्ण मानवले आफ्नो प्रियजन गुमाउनुपर्दा केही समय विचलित हुन्छ नै। झन् श्रीकृष्ण श्रेष्ठ नामको व्यक्तित्व त तिम्रो लागि मात्रै होइन, सबैका लागि प्रिय थिए, नेपाली रजतपटको एक चम्किलो तारा।

अब मन बुझाउने बाटो भन्नैपर्नै हुन्छ, उनी भगवान्को पनि प्रिय रहेछन्। सडकमा हिँड्दा जताततै कोहिनुरको पोस्टरमा हाँसिरहेको देखिन्छ। फेसबुक, ट्विटर, लेख, रचनामा बाँचिरहेको देखिन्छ अनि कसरी भन्नू उनको मृत्यु भएको छ।

बहिनी, तिम्रो श्रीमान्को मृत्यु भएको छैन, उनी अमर बनेका छन्। उनी अमर छन् भन्ने कुराको प्रमाण शवयात्रामा उर्लिएको त्यो मानवसागर हो। शवयात्राको उर्लिंदो मानवसागरको बीचमा लुखुरलुखुर म पनि थिएँ।

तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्नसक्ने र तिमीलाई सम्हाल्नसक्ने हिम्मत ममा थिएन। त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ।

लडाइँमा युद्ध हारेको सिपाहीझैं श्रीकृष्णको पार्थिव शरीर बोकेको गाडीको पछिपछि, यो पाइला चलिरह्यो। बेलुकी ७ बजेतिर आर्यघाट पुगियो। त्यहाँ पनि श्रीकृष्णका शुभचिन्तक खचाखच भरिएका थिए। कुनै बेला त्यही ठाउँ सुनसान, उजाड लाग्थ्यो तर त्यो दिन त्यही घाट साँघुरो भएको थियो।

मैले अचानक सम्‍झिन पुगेको विगत कुनै काल्‍पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौ, एउटै विद्यालयमा शिक्षाको ज्‍योति पायौ, एसएलसी गर्‍यौ।
पाइला टेकेर उभिने ठाउँ कहीँ थिएन। सक्ने भए त्यो भीडले हाम्रा प्रिय श्रीकृष्णलाई यमराजको मुखबाट थुतेर ल्याउँथ्यो। नजिकैको पुलमा सञ्चारकर्मीको भीडमा बसेर बेहोसीमै तिमीले अञ्जुलीले पानी खुवाएको अनि प्रेमपूर्वक एकोहोरो उनैलाई पुकारिरहेको दृश्यको साक्षीमात्र बन्‍न सकेँ।

तिम्रो नजिकै गएर ‘नानु नरोऊ’ सम्म भन्‍न सकिनँ। किनकि यो बज्रपात यस्तो हो जसले भोगेको छ, उसले मात्र अनुभूत गर्न सक्छ। तिमी रुँदै थियौ, कराउँदै थियौ, आर्यघाटमा उर्लिएको शुभचिन्तक तथा सर्वसाधारण पनि तिमीसँगै रुँदै थिए।

त्यो भीडमा कोही भन्दै थिए, ‘विचरी साह्रै अभागी रैछिन्, कोही भन्दै थिए गर्भवती छे रे !’ त्यो ठेलमठेलको भीडमा भलाकुसारीका अपाच्य शब्दहरू मेरो कानमा ठोक्किएपछि मलाई त्यसप्रति आपत्ति भयो तर माहोल प्रतिवाद गर्नसक्ने थिएन।

बहिनी, हामीले आफूले आफैंलाई परिवर्तन गर्न सजिलो छ तर सदियौंदेखिको सामाजिक मूल्यमान्यता तथा अन्धविश्‍वासलाई सजिलै परास्त गर्न सकिँदैन। समाजले त के भन्दो रहेछ, के भन्दो रहेनछ। जताबाट हावा आउँछ त्यतै पात हल्लिएझैं हल्लिन्छन्, यहाँका मान्छेहरू।

श्रीकृष्णजीको पार्थिव शरीरलाई निष्ठुरी आगोले जलाउँदै गर्दा हेर्न नसकेर अझ भावविह्वल भएकी तिमी र ८२ वर्षीया आमालाई सहयोगीहरूले बाहिर लिएर गए, म भने त्यही पुलको छेउमा बसी विगतलाई सम्झन पुगेछु।

मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौं, एउटै विद्यालयबाट शिक्षाको ज्योति पायौं, एसएलसी ग:यौं। हामीले पढेको स्कुल एउटै, पढाउने गुरुहरू एउटै, फरक थियो त केवल हाम्रो दैनिकी तथा तिमी र मबीचको उमेरमात्रै।

उमेरले म तिम्रो दिदी त तिमी मेरी बहिनी। त्यो गाउँठाउँमा तिम्रो बुबालाई बालकदेखि वृद्धसम्मले ‘जमदार बा’ भनेर चिन्थे। कलाकारका रूपमा प्राय: टेलिशृंखला ‘हिजोआजका कुरा’मा देखिने उनै चर्चित पात्र जमदार बाकी प्रिय छोरी तिमीलाई के खाऊँ, के लाऊँ भन्‍ने कहिल्यै चिन्ता भएन, मात्र आफ्नो पढाइमा कसरी उत्कृष्ट हुने भन्नेमा तल्लीन रह्यौ।

त्यसकै फलस्वरूप विद्यालयको पढाइ सकेर इन्जिनियरिङ पढेर सानै उमेरमा इन्जिनियर बनी आफ्नै खुट्टामा उभिएकी तिमीले कलाकारिता क्षेत्रमा पाइला बढाएको सुनेर खुसी लागेको थियो। किनकि कलाका पुजारी बाबुकी छोरी तिमी कला क्षेत्रमै आयौ। काभ्रे जिल्लाको इज्जत बढायौ।

२०५३ सालमा एसएलसी परीक्षा दिएर सहर छिरेपछि मेरो आफ्नै व्यक्तिगत कारणले गाउँ पातलो जान थालेँ र तिमीसँग भेट हुन सकेन। एकैचोटि मेरो भेट तिमीसँग २०६६ सालमा काठमाडौंमा भयो, जति बेला तिमीले सिनेजगत्मा आफ्नो नाम स्थापित गरिसकेकी थियौ।

यो भेटमा तिमीले रक्षा नेपालले चालेको कदमप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै संस्थाको सदस्यता लियौ र यौनजन्य हिंसापीडित/प्रभावित दिदीबहिनीको पक्षमा उभिने प्रण गर्‍यौ। सानै उमेरमा तिमीभित्र आएको त्यो व्यावहारिक परिपक्वता, सादा जीवन अनि सधैंको हँसिलो मुहारले तिमीलाई भेट्दा छुट्टै आनन्द पाउँथेँ म।

तर, त्यो हँसिलो मुहारमा एक्‍कासि छाएको कालो बादलले म पनि मर्माहत भएकी छु। हुन त हामीले सोचेजस्तो जीवन हुँदैन भन्ने थाहा छ तर यो मन कहिलेकाहीँ अबुझ बन्ने रहेछ। श्रीमान्को असामयिक वियोगमा रहेकी तिमीलाई भेट्ने तीव्र चाहनाअनुसार श्रीकृष्णको स्वर्गारोहण भएको सातौं दिनमा मात्रै साहस बटुलेर तिम्रो घरतिर पाइला बढाएँ।

मनमा अनेक कुरा तँछाडमछाड गर्दै रहे। मेरो मनले भन्दै थियो, ‘मेरी प्रिय बहिनी सेतो कपडा बेरेर एउटा कुनामा बसेकीहोलिन्, त्यो दृश्य कसरी हेर्नु?’ खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु तर बाध्यतावश एउटी महिलाले शिरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिनँ।

त्यसैले तिम्रो घरको आँगनमा पुग्नेबित्तिकै मन ढक्क फुलेको थियो। मुटुको ढुकढुकी पनि बढिरहेको थियो। एकजना दाइको सहारामा सरासर तिमी बसेको कोठामा गएँ। तिम्रो हालत उस्तै थियो, भेट्न आउनेको घुइँचो थियो तर तिम्रो शरीरमा सेतो कपडा रहेनछ। त्यो देख्नेबित्तिकै मलाई छुट्टै खुसी मिल्यो। द्रूत गतिमा बढिरहेको मेरो ढुकढुकी कम भयो।

विविधतामा एकता भएको हाम्रो मुलुकमा एक सयभन्दा बढी जातजाति तथा भाषाभाषी छन्। उनीहरू सबैको आफ्नै संस्कार छ। हुन त मलाई कुनै पनि जातजाति र भाषाभाषीको रीतिरिवाज, संस्कार तथा परम्पराका बारेमा पूर्ण रूपमा जानकारी छैन।

सबै भाषा, जात, लिंग, धर्मलाई म हृदयदेखि नै सम्मान गर्छु तर त्यो दिन तिमीलाई छुन पाउँदा, सँगै अँगालेर बस्न पाउँदा अनि तिम्रो शरीरमा सेतो पहिरन देख्नु नपर्दा साँच्चै खुसी लाग्यो अनि नेवार समुदायको संस्कारप्रति गर्व पनि लाग्यो।

त्यो दिन केही क्षण बसेर छुट्टिएको मैले आजसम्म तिमीलाई फोन गर्ने वा भेट्ने आँट गरेको छैन। अन्य सर्वसाधारण नेपालीजस्तै तिम्रोबारेमा मिडियामा छाएका खबरबाट नै अपडेट हुँदैछु।

म तिमीले अश्रुधारा बगाएको तस्बिर हैन, पहिलेजस्तै गरी मस्त हाँसेको मुहार हेर्न आतुर छु अनि एक्लाएक्लै रोएर घरभित्रै बस्ने श्वेता हैन, शोकलाई शक्तिमा बदलेर ऊर्जाका साथ कर्मक्षेत्रमा समर्पित बनी अन्य महिलाका लागि समेत प्रेरणादायी बन्नसक्ने बहिनीको पर्खाइमा छु।(लेखिका रक्षा नेपालका अध्यक्ष हुन्।)

स्वेताले गरिन अर्को विहेको संकेत (उनकै शव्दमा)

आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार( दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।

दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र’

lamteriअज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’ हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’ लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’ लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’ गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’ खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’ आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’ आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’ उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । 20080728175455a12 दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’ उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’ नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए । लम्तेरीको बयान म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं । हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।