Category Archives: राष्ट्रिय समाचार

गल्ती स्वीकार्दै भारतले भत्कायो दशगजाको सडक

१० पुस, टिकापुर, कैलाली  । मोरङको दशगजा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको सडक भत्काउन थालिएको छ । नेपाली पक्षले दशगजा मिचेर बनाएको सडकको काम रोकेपछि भारतीय पक्षले मंगलबार विहानबाट सडक भत्काउन थालेको हो ।

मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा भारतले सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर निर्माण सुरु गरेको सडक स्थानीय प्रशनसनले रोकेपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।

भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर सडक निर्माण सुरु गरेको थियो । दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको थापाले बताए ।

थापाका अनुसार दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । ‘हामीले भारतीय पक्षसँग कुरा गरेर भत्काउन भनेका छौं’ थापाले भने ‘राति ९ बजेसम्म लगाएर भए पनि खनेको सडक पुर्न भनेका छौं ।’ भारतीय सीमा सुरक्षा बल एसएसबीस“ग समन्वय गरी विहान ९ बजेदेखि सडक भत्काउने काम भएको उनले बताए ।

ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीस“गको समन्वयमा गर्दा उनीहरुले गल्ती स्वीकार गरेको थापाले बताए ।

भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।

आइतबार जानकारीमा आउनेबित्तिकै सडक निर्माण रोकिएको बताउदै सशत्र प्रहरी उपरीक्षक थापाले मंगलबारबाट खनिएको सडक भत्काउन लगाएको जानकारी दिए । दशगजामा २५ फिट लम्बाइको सडकमा ३ फिट अग्लो सडक निर्माण गरेको थियो ।

नेपालमा अब भारतीय १००को नोट मात्र वैध

नेपालमा अब १ सय भारतीय रुपैयाँ मात्र चल्ने भएको छ । २००, ५०० र २००० सय चलाउन भारतले प्रतिबन्ध लगाएपछि सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय २००, ५०० र २००० को नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बताए। यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो।

सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ। यसबाट करिब ७ हजार किसान लाभान्वित भएका छन्। त्यस्तो रकम सावाँ मात्र ३९ करोड ३९ लाख थियो। ब्याज करिब एक अर्ब रुपैयाँ छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ। नेपाल कपडा उद्योग सङ्घले उठाएका मागबारे राय सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ।

खानेपानी सम्बन्धी सङ्घीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

ठूलो भूकम्प आए काठमाडौंका छतछतमा हेलिकोप्टर

Classifiad

काठमाडौं : काठमाडौं उपत्यकामा ठूलो भूकम्प आयो भने के हुन्छ? भूकम्पबाट सुरक्षा निकाय प्रभावित भए उद्धार कसले गर्छ? भूकम्पपछि विमानस्थल बन्द हुन्छ?
गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले यस्तो प्रश्न राखेर यसरी उत्तर पनि दिए, ‘त्यसका लागि सरकारले तयारी गरिरहेको छ। उद्धारका लागि जुन देशको सेना र प्रहरीको ब्यारेक नजिक छ, त्यहींबाट काठमाडौंमा हेलिकोप्टर आउँछ। त्यसले उद्धारकार्य गर्छ। हेलिकोप्टर घरको छतमाथि बस्छ।’
एन्फो, यूके गभर्मेन्ट, अक्सफाम र लुमन्तीले सञ्चारकर्मीका लागि हालै राजधानीमा आयोजना गरेको विपद् व्यवस्थापन तालिममा उनले विपद् व्यवस्थापनको यस्तो तरिका खुलासा गरे। कोइरालाका अनुसार विपद् व्यवस्थापनलाई पाँच तहमा विभाजन गरिएको छ। तेस्रो तहसम्म्मको विपद्मा भने विदेशी गुहारिनेछैन। चौथो र पाँचौं तहमा मात्र कुनै पनि देशका सेना आएर उद्धार गर्ने व्यवस्था गर्न लागिएको छ। तर त्यो सेना उद्धारका सामग्रीले मात्र सुसज्जित हुनेछ। कुनै हतियार बोक्नेछैन। उद्धारका लागि चीन, भारत, अमेरिका वा बेलायत जुनसुकै देशबाट पनि सेना आउनेछ। कोइरालाले सरकारले यस सम्बन्धमा आवश्यक कार्यविधि तयार पारेको बताए।

सरकारले चौथो र पाँचौं चरणमा हुने विपद् व्यवस्थापनका लागि देशभरका ८३ ठाउँमा मानवीय उद्धार केन्द्र स्थापना गर्ने तयारी गरेको छ। काठमाडौंमा मात्रै तीन ठाउँमा यस्ता केन्द्र स्थापना गरिनेछन्। त्रिभुवन विमानस्थल नजिकको खाली भाग, कृषि अनुसन्धान परिषद् खुमलटार र त्रिभुवन विश्वविद्यालय क ीर्तिपुरमा यस्ता केन्द्र स्थापना हुने भएका छन्। कीर्तिपुरमा भने त्यसको तयारी सम्पन्न गरी आपत्कालीन खानेपानीका लागि ५० हजार लिटरको ट्यांकी निर्माण भएको छ।
सहसचिव कोइरालाका अनुसार केन्द्रमा बन्ने संरचनाअन्तर्गत अहिलेदेखि नै उद्धारका लागि आवश्यक पर्ने गैरखाद्यसामग्रीको बन्दोबस्त गरिएको छ। ती केन्द्रमा बनेको भावनको छतमा हेलिकोप्टर बस्न सक्छ भने ८ रेक्टर सम्को भूकम्पले पनि त्यसलाई केही गर्न सक्दैन। यी केन्द्रमा ठूलो संख्यामा मानिस राख्न सकिन्छ।
सरकारले भूकम्पका लागिमात्र होइन, अन्य दैवीप्रकोपका लागि पनि पूर्वतयारी र पूवार्नुमानको व्यवस्था गर्न लागेको छ। देशका विभिन्न ठाउँमा बाढीको पूर्वसूचना दिन २५ ठाउँमा यससम्बन्धी उपकरण जडान गरिएको छ। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अधिकृत वंशीकुमार आचार्यका अनुसार नदीको मुहानमा बाढीको सम्भावना हुनेबितिकै तटीय क्षेत्रमा यसले संकेत दिनेछ। त्यसैगरी सरकारले सम्भावित पहिरो जाने क्षेत्रको समेत पहिचान गर्ने गृहकार्य गरेको छ। जोखिम क्षेत्रमा बसोबास नगराउन विभिन्न सरकारी निकायमा समन्वय अभाव भएको आचार्यको गुनासो छ।

अन्योलमा प्राविधिक एसएलसी

slc

काठमाडौ, आश्विन ३० – यस वर्ष सुरु हुने भनिएको प्राविधिक एसएलसी तयारीमा रहेका झन्डै पाँच हजार विद्यार्थी अन्योलमा परेका छन् । उनीहरूले फारम भरिसके पनि यससम्बन्धी ऐन संशोधन नहुँदा समस्या देखिएको हो ।

प्राविधिक क्षेत्रमा जान चाहने विद्यार्थीहरूलाई ९ कक्षाबाटै त्यसतर्फ लैजान विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) ले यो अवधारणा ल्याएको हो । नियमित ८ सय र प्राविधिक एसएलसी हजार पूर्णाङ्कको हुन्छ । सरकारले सञ्चालन गरेको एसएसआरपी कार्यक्रममा उल्लेखित उक्त अवधारणा कार्यान्वयन गर्न त्यसअनुकूल ऐन संशोधन गर्नुपर्ने थियो ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले भने परिमार्जित ऐन संसद्मा पेस गर्ने अन्तिम तयारीमा रहेको बताए । ‘शिक्षा ऐन संशोधित विधेयकका रूपमा तयार छ,’ उनले कान्तिपुरसित भने, ‘छिट्टै संसद्मा पठाउँदैछौं । त्यसपछि यी यावत समस्याले निकास पाउने छन् ।’

पहिलो पटक देशभरिका ९९ विद्यालयका विद्यार्थीले प्राविधिक एसएलसी परीक्षा दिनेछन् । यो वर्षदेखि १० कक्षाका प्राविधिक विद्यार्थीले कृषिअन्तर्गत पशुविज्ञान र बाली विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ विषय पढ्दै आएका छन् । नयाँ संरचनाअनुसार प्राविधिक विषयतर्फका विद्यार्थीले दिने एसएलसीको प्रमाणपत्र कुन आधारमा रहने भन्ने प्रश्न पनि उब्जिने छ । मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले भने शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम परिमार्जन तथा परीक्षा समितिले यसको निकास दिने बताए । उनले भने, ‘प्राविधिक एसएलसी दिने विद्यार्थीलाई कुनै कानुनी समस्या पर्ने छैन ।’

मन्त्रालयले सन् २००९ देखि प्रस्तावित रूपमा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गरेको हो । त्यसअनुसार विद्यालय संरचना कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक तह हुनेछ । तर, ऐन संशोधन नहुँदा यसले हालसम्म वैधानिकता पाएको छैन । विद्यमान शिक्षा ऐनले कक्षा १ देखि ५ लाई प्राथमिक, ६ देखि ८ लाई निम्नमाध्यमिक, ९ र १० माध्यमिक तह कायम छ । उच्च माध्यमिक शिक्षा ऐनअन्तर्गत ११ र १२ सुचारु छ ।

नयाँ संरचनाअनुसार हालसम्म कक्षा १० पछि लिइने एसएलसी परीक्षा बोर्ड र उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको परीक्षा बोर्डलाई गाभेर ‘राष्ट्रिय परीक्षा बोर्ड’ कायम हुनुपर्नेछ । त्यसैगरी शिक्षकको योग्यतासमेत फरक पर्नेछ ।

आधारभूत तह पढाउन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णले मात्र माध्यमिक तहमा पढाउन पाउने छन् । माध्यमिक तहको प्रधानाध्यापकले स्नातकोत्तर हासिल गरेकै हुनुपर्नेछ ।

शिक्षक सेवा आयोग विद्यालय शिक्षक पदपूर्ति गर्ने एकमात्र निकाय हो । ऐन संशोधन नहुँदा पुरानै व्यवस्थाअनुसार १२ हजारभन्दा केही बढी दरबन्दीमा हालै शिक्षक पदपूर्ति भएको छ । चालू आर्थिक वर्षमा समेत रिक्त दरबन्दीमा पदपूर्ति गर्ने योजना रहेको आयोगका अध्यक्ष उदयराज सोतीले जनाए ।

रामबहादुर बम्जनका अनुयायी र गाउँलेबीच झडप, ४ जना घाइते (भिडियोसहित)

 

बारा, भाद्र १७ । बारामा आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनका अनुयायी र स्थानीयबीच झडप हुँदा चारजना घाइते भएका छन । हलखोरिया जंगलमा बम्जनका अनुयायीले स्थानीयलाई जगंलमा नसोधी हिंडेको भन्दै समात्ने र कुटपिट गर्ने गरेपछि झडप भएको हो ।

बम्जनका अनुयायीहरुले स्थानीय उतिम गुरोलाई हात बाँधेर बन्धक बनाइ रातभर निर्घात कुटेको खुलासा भएपछि आज बिहान जंगलमा पुगेका स्थानीय र बम्जन पक्षबीच झडप भएको हो ।

झडपमा बम्जनका अनुयायी समिर गुरुङ, रुपबहादुर थिङ, लामा बालक र गाउँलेतर्फ राकेश गुरो घाइते भएका छन । स्थानीयलाई बन्धक बनाएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बम्जनले भने आफ्ना केटाहरुबाट कमजोरी भएको भन्दै माफी मागेका जनाइएको छ ।

 

 

 

 

 

Narayani