‘भ्यालेन्टाइन डे’ लाई यादगार बनाउने ७ टिप्स

कैलाली । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ ।

प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्षको फेब्रअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो । भ्यालेन्टाइन डेलाई यसरी यादगार बनाउन सकिन्छ ।

१. एक अर्कासँग समय बिताउनुहोस् ।
२. दिनको शुरुवात र अत्यलाई बिशेष बनाउनको लागि प्रेमी–प्रेमीकालाई मनपर्ने क्रियाकलाप गर्नुहोस् । जसले प्रेमसम्बन्धमा एकदमै प्रगाढता आउँछ ।
३. फुलले मानिसलाई सकारात्म प्रभाव पार्छ । त्यसकारण पनि वातावरणलाई रोमान्टिक बनाउनुहोस् ।
४. प्रेमी–प्रेमीकालाई खुसी बनाउन बिशेष योजना बुन्नुहोस् । प्रेमी–प्रेमीकालाई मनपर्ने ठाउँमा घुमाउन लैजानुस् र उनीसँग समय बिताउनुस् ।
५. प्रेमदिवसको अवसरमा रोमान्टिक कविता वा गीत लेख्नाले प्रेमी–प्रेमीकाले एकदमै स्पेशल फिल गर्छन् । गीत र कविताले त्यहाँको माहोललाई नै दमदार बनाइदिन्छ ।
६. प्रेमी–प्रेमीकाले एकअर्कालाई खुशी पार्नको लागि दुवैलाई मनपर्ने काम गर्नुहोस् । आजको दिनमात्र भएपछि एकअर्कालाई मनपर्ने काम गर्नाले दुवैबीचको प्रेम अझ प्रगाढ बन्छ ।
७. सरप्राइज सबैलाई मनपर्छ । त्यसकारण आफ्नो प्रेमी–प्रेमीकालाई सरप्राइज दिनु उचित मानिन्छ ।

Leave a comment