सङ्गीत सरोवर

\PLEASE CLICK HERE TO LISTEN SANGEET SAROWAR-570♥♥

तिहार (दिपावली) को रात सरोवरले रेडियो पत्र लेख्दै सरूलाई भने:

singing a song

 

“सरू,

कुसुम गजमेरको रचना, रञ्जित गजमेरको सङ्गीतममा दीपा झा र भुपेन्द्र सिंहको यस गीतको छनौटमा नै हाम्रो निकै दिन बहस चलेको थयो । म तिमीसँग यो गीत गाउन अलिक धक मानिरहेको थें। ‘बरू देउसी भैलो नै गाउँन हुन्न ?’ मेरो लजालु स्वभावसँग तिमी बेस्सरी हाँसेकी थियौ । तिम्रो त्यो हाँसोले नै सुसुप्त हाम्रो प्रेमलाई गीत मार्फत सतहमा ल्याउने हिम्मत गरिरहेको थियो । अन्तत: २०५१ साल दिपावलीको त्यो सांस्कृतिक साँझ तिमीले तानेर मञ्चमा सरोवरलाई लगेऊ । सहयोगी भाइबैनीहरूले लजालु सरोवरलाई हाँस्दै धकेले । गाउँकै सिपालु कलाकारले गिटार बजाउन सुरू गरे । उसैगरी ,घन्किन शुरू भो कम्मरमा भिरेका जोर मादल । महिनौदेखि अभ्यास गरिरहेका अर्का कलाकारको बाँसुरीले  साङ्गीतिक मेलो  छोप्यो । मञ्च वरिपरी गाउँलेहरूबाट बेजोड तालीको पर्रा छुट्यो । लाजले लालुपाते झै भएका सरोवरितर छड्के  आँखाले हेर्दै तिमीले गीत उठायौ । सिरसिरे वतास चलेको त्यो साँझ मैले तिम्रो लयको पिछा गरें ।”

 

 

समावेश गीतहरू

  • इशाराले वोलाउनु पर्दैन (दीपा झा र भुपेनद्र सिंह)
  • लहलह धानको बालामा (भीषण मुकारूङ)
  • आकाशैमा हेरूँ त त्यो कालो बादलु (इन्द्र गुरूङ र साथीहरू)

 

सङ्गीत सरोवर-५७०सुन्नका लागि यहाँ click गर्नुहोस् ♥♥

Leave a comment