रेडियो कार्यक्रम संगीत सरोवर

सरू ! सिंहदरबार स्टुडियोभित्रबाट तिमीलाई छुने प्रयत्न गरिरहेछु । त्यो त तिमीले धेरै पहिलेदेखि नै भन्दै आएकी छौ आत्मीय लाग्ने स्पर्शहरू धेरै हुन्छन् भनेर । सुन्दर र सकारात्मक विचार बोकेर छुने, समस्याको विकल्प लिएर छुने । हरेक अफ्ठेरोको बेला गाँठो फुकाउने कला बोकेर छुने । संसारका आम प्रेमीहरूको तरिकासँग हामी दुरुस्त हुनुपर्छ भन्ने छैन । हाम्रो विशेषता पृथक छ र पनि प्रिय छ ।

* हामी बीच सम्बन्धको यस्तो जाल बुन माया…. दीपक लिम्बु र रजिना रिमाल
* अलिकति नजर तिम्रो झुकाएर आऊ …. शिव परियार
* जहा भावर छ त्यहीँ तिम्रो सिमसार …. रामभक्त जोजिजु र इतु जोजिजु

 

सुन्न र डाउनलोड गर्न यता क्लिक गर्नुस्

download hear

https://kiwi6.com/file/7nbxq0fswk

अब बन्द हुनेछ इन्टरनेट एक्सप्लोरर, नयाँ ब्राउजरले पिट्नेछ धमाका

internet explorerयदि तपाईं वेभ ब्राउजिङको लागि इन्टरनेट एक्सप्लोरर ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने अब तपाईंले आफ्नो ब्राउजर परिवर्तन गर्ने समय आएको छ किनभने इन्टरनेट एक्सप्लोरर चाँडै नै इतिहास बन्ने भएको छ ।
माइक्रोसफ्ट विन्डोजको नयाँ भर्जन विन्डोज १० मा इन्टरनेट एक्सप्लोरर नहुने खुलासा भएको छ । तर यसको सट्टामा नयाँ वेभ ब्राउजिङ लञ्च गरिने बताइएको छ ।
एक अंग्रेजी वेभसाइटका अनुसार माइक्रोसफ्ट आफ्नो आउँदो अपरेटिङ सिस्टमका लागि यो नयाँ ब्राउजर बनाउँदैछ । कम्पनी एउटा नयाँ ब्राउजर ‘स्पार्टन’ मा काम गरिरहेको छ । यो एउटा कोडनेम हो । खबरका अनुसार स्पार्टन माइक्रोसफ्टको चक्र जाभा स्क्रिप्ट इन्जर र माइक्रोसफ्टको त्रिडेन्ट रेन्डरिङ इन्जनमा आधारित हुनेछ ।
यसको अर्थ यो हो कि यो नयाँ ब्राउजर पपुलर वेभकिटमा आधारित नहुने पक्का छ जसमा क्रोम र अन्य ब्राउजर आधारित हुनेछ । यो नयाँ ब्राउजर मोबाइल र कम्प्युटर दुबैमा उपलब्ध हुनेछ । यसको बारेमा २१ जनवरीमा वासिङ्टनमा आयोजना हुन लागेको विन्डोज १० को कार्यक्रममा थाहा पाइने सकिने विशेषज्ञहरुको अनुमान छ ।

भारतीय सीमा क्षेत्रमा गोली हानी हत्या

सर्लाही, पुस २४– सर्लाहीको नारायणपुर गाविसस्थित भारतीय सीमा क्षेत्रमा सोही गाविस–१ का ३८ वर्षीय सञ्जय ठाकुरको गोली हानी हत्या भएको छ । गएराति भारतीय सीमाक्षेत्रस्थित सुनसान दशगजा क्षेत्रमा ठाकुरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बासिन्दाले राति गोली चलेको आवाज सुने पनि हत्या भएको बारे बिहान मात्र थाहा पाएका थिए । सुनसान क्षेत्र हुनाले बिहान ढिला गरी त्यस क्षेत्रमा गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले हत्या घटनाबारे अनुसन्धान भइरहेको बताए ।

बसको ठक्करबाट बालकको मृत्यु

कैलाली, पुस २४– पूर्वपश्चिम राजमार्गअन्तर्गत बिहिबार बिहान कैलालीको चौमाला झिलमा धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा चौमाला–४ का गोरे पार्कीका १० वर्षीय छोरा अर्जुन पार्की रहेका छन् । सडकमा हिँडिरहेका पार्कीलाई ना४ख ५८८४ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

चालक र बसलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ भने लास शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।

वाह लुम्विनी, क्या लुम्बिनी ! (फोटोफिचर)

के हिन्दु, के बौद्ध सबै धर्मावलम्विको विश्वासको गन्तब्य हो लुम्विनी । त्यसो त यी दुई बाहेक अन्य धर्म मान्नेहरुका लागी पनि लुम्विनी सुनौलो गन्तब्य हो । गौतमवुद्धको जन्मस्थल भएकाले लुम्विनी विश्वभर चर्चित छ । कुनै सिजन विशेष भन्दा पनि लुम्विनीमा हरमहिना पर्यटकको भीड लाग्ने गर्छ ।

lumbini photo feature (5)
लुम्विनीको पवित्रता र शुन्दरतालाई जति ब्याख्या गरेपनि शाब्दिक रुपमा अपुरो हुन्छ । कपिलवस्तु वाट नवलपरासीको देवदह जाँदै गर्दा यो बगैंचामा मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएकी थिईन । सिद्धार्थ गौतम जन्मेको स्थान अहिले पनि मायादेवीको मन्दिरमा जस्ताको तस्तै देख्न सकिन्छ ।

बुद्ध जन्मेको स्थान मायादेवीको मन्दिरभित्र फोटो खिच्न निषेध गरिएकाले सो तस्विर पस्किने अभिलाषा भने अधुरै रह्यो । लुम्विनीको मायादेवी मन्दिर प्रवेश गर्दागर्दैको वाटर क्यानल र त्यससँगैको शान्तिदीप लुम्विनिको आकर्षणका केन्द्रमध्येमा पर्छन् । यहाँको मुख्य आकर्षण या अभिलाषाको केन्द्र भने मायादेवीको मन्दिर र अशोक स्तम्भ हुन । वुद्धको जन्मस्थल पत्ता लागेपछि राजा अशोकले स्थापना गरेको अशोक स्तम्भ मायादेवीको मन्दिरसँगै देख्न सकिन्छ ।

lumbini photo feature (18)
प्राकृतिक रुपमा देखिएको सुन्दरता र त्यहाँ जाने पर्यटकका शान्तीपुर्ण क्रियाकलापले जो कसैको मनमा चरम शान्तिको आभाष हुन्छ । चिन सरकारले बनाईदिएको बेबी बुद्ध लगायतका विभीन्न देशले बनाएका विहार र गुम्वाहरु यहाँका आकर्षणका केन्द्र हुन । सेल्फी खिच्दै गरेका पर्यटक या पिपलको रुखमुनि बसेर प्रार्थना गर्दै गरेका बौद्ध धर्मावलम्विहरुका क्रियाकलापले लुम्विनी पुग्नेहरुका लागी अझै रोचकता थपिरहेको थियो । रंगिन ध्वजापताका र अन्यत्र कतै नदेखेको भौतिक निर्माणको आकर्षण ब्याख्या गरिसाध्य छैन । पंतिकार पुग्दा यस्तो थियो लुम्विनी । (हेर्नुहेस फोटोमा)

lumbini photo feature (7) lumbini photo feature (4) lumbini photo feature (3) lumbini photo feature (2) lumbini photo feature (1) lumbini photo feature (17) lumbini photo feature (16) lumbini photo feature (15) lumbini photo feature (13)

युटिएललाई डुबाउने खेलमा को को लागेका छन्

युटिएलमा नेपाली लगानीकर्ताका रूपमा रहेका नेकपा (एमाले) का नेता रघुवीर महासेठले आन्दोलनरत कर्मचारीको खुट्टा भाँच्ने आदेश प्रमुख कार्यकारी अधिकृत एपसी पचौरीलाई दिएका छन् ।..

गृहमन्त्रालयदेखि आइजी सम्मको प्रयास विफल

साँचो प्रेमसँग यसरी झुक्यो संसार

 

पुस २३ – साचो प्रेमको अघाडी स्वयम भगवानहरु पनि झुक्छन् भन्ने कुरा सुन्नमा पाइन्थ्यो तर सुनसरीमा यस्तै घटना देख्न पाइयो । साँचो प्रेमलाई छुटाउन गृहमन्त्रालय देखी आइजीसम्मको सोर्स फोर्स लगाएपनि अन्ततः जित प्रेमकै भयो । घटना मंगलवारको हो । विगत ३ वर्षदेखी एक अर्काबीचकोे प्रेमलाई १० दिन अघीमात्र बिवाहमा परिणत गरेका एक जोडीलाई छुटाउन माथिल्लो निकायका शक्ति केन्द्रहरु बिफल बनेका छन् ।

Premi + premika

इटहरी ८ का २१ वर्षीय रोसन बुढाथोकी र फत्तेपुरकी २२ वर्षीया बिन्दु कटुवालबीचको प्रेम विवाह छुटाउन लागी परेका केटी पक्षका नातेदारहरु असफल भएका हुन् । केटी पक्षका नातेदारले प्रेम जोडी छुटाउनको निमित्त गृहमन्त्रालयदेखि आइजी सम्मको फोर्स लगाए । ठूला हाकीमहरुको निर्देशन आए लगत्तै प्रहरीले दुवैलाई पक्राउ गरी तीन दिन सम्म हिरासतमा राखेका थिए । सोर्सफेर्सकै कारण तीन रात यि जोडीले प्रहरीको सास्ती समेत खेप्नुपरेको पिडित जोडीले बताए ।

केटी पक्षको उजुरीको अधारमा तीन दिन अघी शनिवार काठमाडौंबाट इटहरी आउना साथ प्रहरीले दुवैलाई पक्राउ गरी ३ दिनसम्म हिरासतमा राखेको थियो । विवाह तोड्न र जोडी छुटाउन युवती पक्षका नातेदारले केटालाई केटी बेच्ने दलाल समेत बनाइदिए र अनेकौं यातना दिन लगाए । यो गर्दा पनि युवतीले रोशनविना आफु एकपल पनि रहन नसक्ने अडान कायमै राखेपछि इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी बिनोद कुमार शर्माले साँचो जोडी रैछ भन्दै प्रहरी कार्यालय भित्रै फुलमाला लगाएर दाम्पत्य जीवन सुखमयको कामना सहित बिदाइ गरीदिए ।

यता उमेर पुगेर राजी खुसी भएका प्रेमी जोडीलाई छुटाउन युवती पक्षका नातेदार लागि परेको सुइको पाएपछि सोही जोडीलाई मिलाउन इटहरी र सुनसरी भरिका महिला अधिकारकर्मीहरु समेत कम्मर कसेर लागेपछि मंगलवार साँझसम्म प्रहरी कार्यालयमा केही तनाव उत्पन्न भएको थियो । अन्ततः प्रेमी जोडीलाई छुटाउने भन्दा मिलाउने तिर महिला अधिकारकर्मीहरु लागे पछि घटना साम्य बनेको थियो ।

तर नव दुलाहा र दुलहीलाई आशिर्वाद दिन प्रहरीले निम्तो गरेको दुवै पक्षका अभिभावकहरु मध्ये युवती पक्षका अभिभावकहरु भने अनुपस्थित बनेका थिए । केटी पक्षका आफन्तहरु सहमतीमा आउन नमानेपछि प्रेमी जोडीलाई महिला अधिकारकर्मीहरुको रोहबरमा इलाका प्रहरी कार्यालय इटहरीले जिम्मा दिएर छाडेको छ ।

यता प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुन्दन देवले समेत माथिल्लो निकायको सोर्स फोर्सका कारण नव जोडी रोशन र बिन्दुले तीन दिन सम्म प्रहरीको अनावश्यक झन्झट बेहोर्नु परेको बताउँछन् । जोडी छुटाउनको निमित्त आइजी तह देखी गृहन्त्रालयबाट समेत चर्को दबाब आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कुन्दनले बताए ।