प्रधानमन्त्री कार्यालयले १३ दिनमा खर्च गर्‍यो ५ लाख रुपैयाँभन्दा बढीको इन्धन

काठमाडौ असोज ३० – कुनै एउटा कार्यालयका कर्मचारीले गाडीमा महिनाको कति तेल खर्च गर्छन् तपाईले अनुमान लगाउनु भएको छ ? एक लाख, दुई लाख या त्यो भन्दा पनि बढी ? तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आश्विन महिनाको १३ गतेसम्ममा पाँचलाख भन्दा बढीको इन्धन खर्च गरिसकेको छ । असोज २८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको बील अनुसार नेपाली सेनाले सञ्चालन गरेको श्री रिपुमर्दनी पेट्रोल स्टेशनले पाँच लाख ४१ हजार चारसय २७ रुपियाँको बील मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको छ ।

१३ दिनमा मात्र पाँच लाखभन्दा बढीको इन्धन खर्च गर्नु बढी भएन र ? यो जिज्ञासा रातोपाटीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव क्षेत्रबहादुर भण्डारी समक्ष राखेको थियो । उनले उल्टै भने ‘यो त थोरै भयो, अरु धेरै हुनसक्छ, यो प्रधानमन्त्रीको कार्यालय हो, यहाँ कति गाडी प्रयोग हुन्छन् कुनै तथ्यांक छैन् ।’ कुनै महिनामा बढी र कुनै महिनामा कम पनि हुने गरेको उनले प्रतिकृया दिए । जब कि त्यो कार्यालयमा सबैका लागि कति तेल दिने भनि तोकेका छन् ।

bijuli-(1)

सहसचिव भण्डारीले दिएको तथ्यांक अनुसार प्रधानमन्त्रीका लागि महिनाको ३०६ लिटर, प्रधानमन्त्रीका लागि सुरक्षा दिने अगुवा पछुवाका लागि पनि ३०६ लिटर, मुख्य सचिव १०० लिटर, सचिव (चार जना) १०० लिटर, सहसचिव (छ जना) ७२ लिटर, उपसचिव (१८ जना) ५० लिटर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव १०० लिटर, प्रधानमन्त्रीका सल्लाहकार (छ जना) १०० लिटर लिने गरेका छन् । यसको हिसाब गर्दा जम्मा तीनहजार ४४ लिटर तेल हुन आउँछ । जसको मुल्य चार लाख चारहजार ८५२ रुपियाँ हुन जान्छ । यो एक महिनाको हिसाब हो । जबकि असोज महिनामा १३ दिनको मात्र पाँचलाख ४१ हजार चारसय २७ रुपैयाँको बील पेस भएको छ ।

आर्थिक प्रशासन शाखाका उप सचिव लक्ष्मण प्रसाद खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ७२–७३ वटा जम्मा गाडी प्रयोग गर्छन् तर कहिले काम पर्दा बढी पनि हुने गरेको बताए । कर्मचारी ल्याउन लैजान दुईटा बस छन् । अरु थप गाडी थपिए पनि एक दुई लाखको फरक पर्न सक्छ तर यहाँ दोब्बर भन्दा बढीको फरक देखियो भनि जिज्ञासामा सहसचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयमा हुने इन्धन खर्चको विवरण राख्न सकिए पनि बालुवाटारको विवरण राख्न गाह्रो भएको बताए । बालुवाटारमा तोकेको भन्दा बढी गाडीहरु प्रयोग भइरहेका हुन्छन् प्रधानमन्त्रीको आदेश हुन्छन् त्यसमा हामीले नाई भन्न पनि मिल्दैन, उनले भने, कहिले काही पार्टीको बैठक हुँदा नेताहरुलाई ल्याउन पनि त्यहीको गाडि प्रयोग हुन्छ, दलहरुको बैठक हुँदा पनि कुनै नेतालाई लैजान ल्याउन त्यहीको गाडी प्रयोग हुन्छ । प्रधानमन्त्री मन्त्रीका स्वकीय सचिवहरुले पनि गाडी प्रयोेग गरिरहेका छन् सबै यतैको खर्चबाट जान्छ त्यसले गर्दा पनि बढी देखाएको हुनसक्छ ।

उनले भने, हामीसँग भएको गाडीको तथ्यांकभन्दा बढी गाडिहरु प्रयोग भइरहेको हुनाले इन्धन खर्च बढी देखाएको छ । र, त्यही कारणले पनि महिनाको कति इन्धन खर्च हुन्छ त्यसको पनि यकिन तथ्यांक राख्न नसकेको उनले बताए ।

उता, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको बयान भने फरक छ । नाम नबताउने सर्तमा उनले भने, ‘यो त दशैंले गर्दा हो सर । दशैंमा आफ्ना परिवार ओसार्न सरकारी गाडीको व्यापक दुरुपयोग गरिएको छ । त्यही भएर बिल बढी आएको हो ।

“आकाश रुँदै छ, मज्जा लाग्दै छ”

भक्तपुर, आश्विन ३० – रातो जम्परमा उनी खुलेकी थिइन् । पावरवाला मोटो चस्मा नाकले खुम्च्याउँदै झ्यालको छेउतिर एकटक हेरिरहिन् । त्यसपछि खुट्टाका औंलाको सहाराले कापीमा लेखिन्, ‘आकाश रुँदै छ, मलाई मज्जा लाग्दै छ ।’jhamak

मंगलबार दिनभरि परेको झरीले साहित्यकार झमक घिमिरेलाई निकै छोएको थियो । उपचारका क्रममा धनकुटाबाट काठमाडौं आएकी उनी बालकोटस्थित झमक घिमिरे साहित्यकला प्रतिष्ठानको एउटा कोठामा मौसम र साहित्यको वर्णन गर्दै थिइन् ।

छेउमा ग्यास चुलो, तरकारी टोकरीमा भर्खरै ल्याएको साग र केही स्याउ थिए । एकै कोठामा खाने र बस्ने बाध्यता रहेछ । तीन कोठा रहेको प्रतिष्ठान आर्थिक अभावका कारण भाडा तिर्न नसकेपछि एक कोठामा बस्नुपरेको झमकले लेखेर बताइन् ।

केही शारीरिक अस्वस्थता देखिए पनि झमकको मन चाहिँ बिरामी थिएन । उनी झरीलाई विम्ब बनाउँदै साहित्यमा उतार्ने जमर्को  गर्दै थिइन्, ‘हिजोअस्ति कञ्चन आकाशलाई पढ्दै थिएँ, अहिले म पानीका थोपालाई पढ्दै छु ।’ उनी लेखेका आफ्नै शब्द पढेर रमाइलो मान्दै पनि थिइन् । धेरै खुसी हुँदा उनी भुइँमा लुटपुटिएर हाँस्ने रहिछन् । रिसको बेला कस्तो प्रतिक्रिया हुन्छ होला ? यो सुनेपछि झमकले आमातर्फ हेरिन् ।

छोरीको इसारा बुझ्न सिपालु आशादेवीले झमक रिसाउँदा निन्याउरो अनुहार पार्दै एकोहोरो मुखमा हेर्ने बानी रहेको सुनाइन् । ‘ऊ प्रायः रिसाउँदिन, रिसाइहाली भने पनि धेरै बेर टिक्दैन,’ आमाले भनिन्, ‘रमाइलो गर्ने बानी छ ।’

पुस्तक पढ्न र भावना कोर्न उनलाई कुनै निश्चित समय छुट्टयाउनु पर्दैन । जति बेला मनले पढ्न चाह्यो उति बेला सुरु गरिहाल्ने बानी छ । उनी काठमाडाै आएको सूचना पाएपछि धेरै व्यक्तिले नयाँ पुस्तकहरू उपहारदिएका रहेछन् । उनी अरू विषयमा जति रमाइलो मान्छिन्, लेखाइपढाइमा त्यति गम्भीर हुने रहिछन् ।

आफू पछिल्लो समय प्रविधिसँग नजिक हुन थालेको झमकले खुलाइन् । खुट्टाकै भरमा मोबाइल फोन चलाउने गर्छिन् । पाठकका प्रतिक्रियाहरूको जवाफस्वरूप खुट्टाकै औंलाले एसएमएस लेख्ने गर्छिन् । त्यस्तै, फेसबुक चलाउन उनलाई निकै मन पर्छ । फेसबुकमा आफ्ना भावना साट्नु उनको अर्को दैनिकी भएको छ अचेल । सामाजिक सञ्जालको विकासले हरेकले यो सुविधा पाएको उनले जनाइन् र लेखिन्, ‘यसलाई सबैले सदुपयोग गर्नुपर्छ ।’

पछिल्लो कृति ‘समय विम्ब’ निकालेकी झमकका अब छिट्टै कविता र निबन्ध संग्रह आउँदै रहेछन् । उनका अनुसार, कविता संग्रह सिक्किमबाट छापिने भएको छ । त्यस्तै, मुक्ति बरालले उनीबारे फिल्मको योजना बनाएको जनाउ दिँदै उनले लेखिन्, ‘यो निकै जोखिमपूर्ण काम हो । किनकि झमकको जीवन भोग्न, लेख्नमा जति जटिलता थियो, उत्ति दृश्यमा उतार्न सहज हुन्न । जोखिमपूर्ण काम आँट्दै छौं । हेरौं, कत्तिको सफल भइन्छ ।’

झमकले पछिल्लो समय प्रतिष्ठानलाई व्यवस्थित बनाउन आर्थिक, भौतिक समस्या देखिएको खुलाइन् । उनका अनुसार, ‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्तको रोयल्टी र केही सहयोगले मात्रै चले पनि प्रतिष्ठानको समस्या जस्ताको तस्तै छ ।

झमक आमासँग बुधबारै धनकुटा फर्केकी छन् । ‘उपचार गर्न भारत लैजानुपर्ने डाक्टरले भनेका छन्,’ आशादेवीले भनिन् ।

‘नगरकोट गएकी छैन’

झमकलाई भेट्न मंगलबारै युवा व्यवसायीहरू शोभन सैंजू र सुरेश लामिछाने बालकोट पुगेका थिए । केही कपडा प्रदान गरेपछि आईसीटी एसोसिएसन अफ नेपालका महासचिव सैंजूले झमकका लागि अबदेखि काठमाडौं आएका बेला आफ्नो घरमा खानेबस्ने प्रबन्ध मिलाउने प्रस्ताव गरेका थिए । झमकले हाँसेर जवाफ लेखेकी थिइन्, ‘चासो राख्नुभएकोमा धन्यवाद । मलाई अहिले पनि त्यति अप्ठयारो छैन ।’

सैंजूले उनलाई उपत्यकाका पर्यटकीय स्थलहरू घुम्न इच्छा लागे आफूले पुर्‍याइदिने पनि बताएका थिए । राजधानीका सबैजसो स्थान घुमेको उल्लेख गर्दै झमकले लेखेकी थिइन्, ‘धुलिखेल पनि गएकी छु । नगरकोटचाहिँ गएकी छैन ।’ अर्कोचोटि आउँदा नगरकोट घुमाइदिने सैंजूको कुरा सुनेपछि उनी मज्जाले हाँसेकी थिइन् ।

‘उहाँको लागि आफू कुनै न कुनै रूपमा सहयोगी हुन सकूँ भन्ने मेरो चाहना हो,’ सैंजूले भने, ‘तर, गजबको स्वाभिमानी हुनुहुँदो रहेछ ।

गङ्गामायालाई अनसन तोड्न आग्रह गर्दै समिति गठन

Pashupati Biscuits

काठमाडौँ, असोज ३०– सरकारले वीर अस्पतालमा अनसनरत गोरखाकी गङ्गामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्रँदै गएको यथार्थलाई आत्मसाथ गरी आमरण अनसन तोड्न पुनः आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिकारीलाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न र खाना खाईदिन अनुरोध गरेको छ ।

गङ्गामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न तत्कालीन माओवादी कार्यकर्तालाई कारवाहीको माग गर्दै झन्डै एकवर्षदेखि आमरण अनसन बस्दै आएका छन्

यसैबीच गङ्गामायाको स्वास्थ्यप्रति चिन्तित हुँदै राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारसम्बन्धी सङ्घसङ्स्था तथा कानुन व्यवसायीहरुबाट प्राप्त सुझाव र सल्लाह समेतलाई मध्यनजर गरी एक उच्च स्तरीय समिति गठन गरिएको छ ।

अधिकारीको स्वास्थ्यस्थितिको नियमित रेखदेख गर्न र यस सम्बन्धमा नेपाल सरकारलाई उपयुक्त राय सुझाव दिन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव सदस्य रहेको उच्चस्तरीय समिति गठन गरिएको सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

साथै रत्नपार्कस्थित शान्ति बाटिकामा आमरण अनशन बसेका द्वन्द्व पीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका सदस्यहरुसँग वार्ता गरी आन्दोलन अन्त्य गराउन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको सयंोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन गरेको र जारी अनसन अन्त्यगरी वार्ताबाट समस्याको समाधान गर्न प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ ।

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

korea ko form vardai (3)काठमाडौ। कोरियन भाषा परिक्षा (ईपीएस) अन्तर्गत पाँचौं भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ । जस अनुसार ३६ सय ६३  उमेरद्वार उत्तीर्ण भएका छन् । औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो ।परीक्षाफल अनुसार औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३।२ उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो । उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए। पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए ।यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा  अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो ।

यहाँ क्लिक गर्नुहोस्

दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र’

lamteriअज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो । दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’ हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’ लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’ लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने । वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’ गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’ खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’ आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’ आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’ उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने । उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए । 20080728175455a12 दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’ उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’ नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए । लम्तेरीको बयान म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो । दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो । अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें । गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं । हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो । एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो । २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें । म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।