जस्तै तपाईले ईन्सटल गर्नुभएको अन्य सफ्टवेयरले निर्माण गरेका आईकन, सटकट फाईल, फाईल एवं फोल्डरलाई हटाउन समेत सहयोग गर्ने काम गरिरहेको हुन्छ । भाईरसलाई समेत यो सफ्टवेयरले एकै क्लिकमा निरुत्साहित गर्ने काम गरिरहेको हुन्छ ।
Daily Archives: October 18, 2014
ठूलो भूकम्प आए काठमाडौंका छतछतमा हेलिकोप्टर
किन घट्दैछ पेट्रोलको भाउ?
- क्षितिज शर्मा-
पेट्रोलियम पदार्थको मूल्य विश्व बजारमा घटेको प्रत्यक्ष फाइदा नेपाली उपभोक्ताहरुले उपयोग गर्न पाइसकेका छैनन्। अन्तर्राष्ट्रिय बजारमा हुने पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुने बित्तिकै समायोजन गर्ने ठूलै गफ दिएर शुरु गरेको अटोमेसन प्रणालीले हावा खाएको छ, यसले सुस्ताएको विश्व पेट्रोलियम बजारबाट फाइदा लिन उपभोक्ता वञ्चित भएका छन्।
पछिल्लो समय विश्व बजारमा कच्चा पेट्रोलको मूल्य १ सय ५ देखि १ सय १० अमेरिकी डलर प्रति ब्यारेल (करिब १५९ लिटर) कै हाराहारीमा रह्यो। अहिले यो कच्चा पेट्रोलको मूल्य ९० डलरभन्दा कम बनेको छ। मध्य जुनमा यो मूल्य सबैभन्दा बढी १ सय १५ अमेरिकी डलर पुगेको थियो।
कच्चा पेट्रोलको मूल्य उच्च हुँदा महँगोमा किनेर सस्तोमा बेच्नु पर्दाको अर्बौको ऋण निगममाथि छ। पेट्रोलियम पदार्थको उच्च मूल्य हाम्रो जस्तो पूरै आपूर्तिमा बाँचेका देशको राजनीतिज्ञका लागि टाउको माथि झुण्डिराखेको तरवार बराबर नै हुनेको गरेको छ। चर्को मूल्यले राजनीतिक अस्थिरता उत्पन्न हुनसक्ने संभावनासमेत रहन्छ।
किन घट्यो भाउ ?
विश्वको वर्कसप भनिने हाम्रो उत्तरी छिमेकी चीन र युरोपेली राष्ट्रहरुको अर्थतन्त्र सुस्ताएको कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य कमजोर बनेको हो।
यसबीच संसारको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको उत्पादक देश साउदी अरब र पछिल्लो समय प्रमुख उत्पादक देश मध्ये एक बनेको अमेरिकाले आन्तरिक उत्पादन बढाएका छन्। विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुको कारण यो पनि हो।
तर अहिले पछिल्लो पटक मूल्य घट्दा त्यसले विश्वभर कस्तो असर गर्ला भनेर अनुमान लगाउन थालिएको छ। अहिले मूल्य कम हुँदा पेट्रोलियम निर्यातमै बाँचेको देशहरुलाई समस्या पार्ने देखिएको छ।
पेट्रोल भाउको राजनीति
कमजोर मूल्यको कारण रुस, इरान, इराक, भेनेजुएला, सुडान, नाइजेरिया, अल्जेरिया, कुवेत जस्ता देशका जसको अर्थतन्त्रको ठूलो हिस्सा पेट्रोलियम पदार्थ निर्यातमा निर्भर रहेका संकटमा पार्नेछ। अमेरिकालाई भने यसले फाइदा गर्नेछ।
पछिल्लो केही वर्षदेखि पेट्रोलियम बजारमा अमेरिकी भूमिका कमजोर बनाउन भूमिका खेल्दै आएका रुस, इरान र भेनेजुएला जस्ता देशमाथि पर्ने वित्तीय दवावले उनीहरुले वासिङटनलाई बाहिरै राख्न लिँदै आएको नीतिलाई मोडरेट गर्न बाध्य हुने अनुमान अन्तर्राष्ट्रिय न्युयोर्क टाइम्सको शुक्रबारको अंकमा गरिएको छ।
युक्रेनको संकटपछि पश्चिमा राष्ट्रको नाकाबन्दीको कारण दवावको सामना गर्दै आएको मस्कोले बजेट कटौती गर्नुपर्ने छ भने इस्लामिक स्टेटसँग संघर्ष गर्दै आएको बग्दादको थप सुरक्षा चुनौति सामना गर्नु पर्नेछ।
अर्को वर्षको शुरुमा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवार बन्न लागेका नाइजेरियाका गुडलक जोनाथनका लागि ब्याडलक निम्त्याउने संभावना व्यक्त गरिँदैछ।
कच्चा पेट्रोलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १ सय ३५ अमेरिकी डलर भए मात्रै इरान, १ सय २० भए भेनेजुएला, एक सय १० भए रुस, ९० भए साउदी अरब र ७० मात्रै भएपनि कुवेतको राष्ट्रिय बजेटको ब्रेक इभन प्वाइन्टमा हुन्छ।
तर मध्य जुन भन्दा अहिलेको मूल्य एक चौथाइले कम हुँदा काराकास, रियाददेखि बग्दाद, तेहरान, अल्जेयर्स, कुवेत सिटी लागोससम्मका राजनीतिज्ञ, अर्थमन्त्री र केन्द्रीय बैंकका प्रमुखमाथि आर्थिक सन्तुलन मिलाउन दवाव परेको छ।
पश्चिमा सञ्चार माध्यमहरुले पेट्रोलियम पदार्थको मूल्य घटेर आइपर्ने संकटलाई समेत ध्यानमा राखेर अर्बौ डलरको सञ्चिती गरेको रुसमा समेत नकारात्मक संकेत देखिन थालेको समाचार दिन थालेका छन्।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्य घटेको विषयमा सोधेको प्रश्नमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले झोक्किँदै दिएको जवाफ र त्यहाँको पेट्रोलियम पदार्थ उत्पादन गर्ने कम्पनीको प्रवक्ताले मुल्य घट्नुमा साउदी अरबले ‘सेक्रेट म्यानुपुलेसन’ गरेको भनी लगाएको आरोपलाई मस्कोमाथि परेको दवावको संकेत भनेर अर्थ्याएका छन्।
अस्थिरतामा मूल्य नबढ्नु षड्यन्त्र?
विश्व बजारको पेट्रोलियम पदार्थको ठूलो निर्यातक मध्येका इराक, लिबिया, सुडान र नाइजेरियामा अस्थिरता छ। सामान्यता अवस्थामा अस्थिरताको अर्थ अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु हो। तर यसपटक त्यस्तो अवस्था देखिएको छैन। कारण विश्वकै ठूलो पेट्रोलियम पदार्थ उत्पादक देश साउदी अरब र अमेरिका बढी उत्पादन गरेका छन्।
रुस तथा अन्य देशले यसलाई सन् १९८५ को घटनासँग तुलना गरेर हेर्न थालेका छन्। यसमा षड्यन्त्रको चित्रण गर्न थालिएको छ।
रुसी पत्रिका प्राभ्दाले ‘साउदी अरबले रुसी अर्थतन्त्रलाई ध्वस्त बनाओस भन्ने ओबामा चाहन्छन्’ शीर्षकमा आर्टिकल छापेको छ।
यो विषयलाई २००६ नोभेम्बर १३ को भाषणमा सोभियत संघ पतनको शुरुवात सन् १९८५ सेप्टेम्बर १३ बाट शुरु भएको बताएका थिए। त्यस दिन साउदी अबरका तेल मन्त्री शेख अहमेद जाकी यमनीले साउदी राजसंस्थाले तेलको नीतिमा आधारभूत रुपमा परिवर्तनको घोषणा गरेका थिए।
‘साउदी अरबले महिना संरक्षण गर्ने छैन। आगामी ६ महिना साउदी अरबले अहिलेभन्दा चार गुणा बढी उत्पादन बढाउने छ,’ यमनीको भनेको थिए, ‘तेलको मूल्य घट्ने छ। सोभियत रुसले प्रतिवर्ष २० अर्ब अमेरिकी डलर गुमाउने छ। यो पैसाको अभावका सोभियत संघ बाँच्न सक्ने छैन।’
त्यतिबेला अफगानिस्तानबाट सोभियत संघलाई हटाउने अभियानमा अमेरिका र साउदी अरब एकतिर थिए। अहिले पनि त्यस्तो ‘छद्म युद्ध’ सिरियामा जारी छ। रुस र इरान सिरियाली राष्ट्रपनि बसार अल असदलाई सत्तामा टिकाइराख्न मद्दथ गर्दैछ। अमेरिका र साउदी अरबलाई असदलाई जसरी पनि अपदस्थ गर्नुपर्ने छ।
त्यति मात्रै होइन युक्रेनको संकटपछि मस्कोमाथि पश्चिमा देशहरुले चरणवद्ध रुपमा आर्थिक नाकाबन्दीको घोषणा गरेका छन्। साउदी अरब र इरानको शत्रुता निकै पुरानो हो।
पश्चिम एशियाली देशहरुमा सुन्नीको नेतृत्व रियादले गर्दछ भने सियाको नेतृत्व तेहरानले। इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच कुटनीतिक सम्बन्ध पनि छैन।
त्यसमाथि पछिल्लो समयमा इरानको आणविक कार्यक्रमले सम्बन्धलाई झनै चिस्याएको छ। अमेरिकासहितका पश्चिमा देशहरुले इरानमाथि विभिन्न चरणमा नाकाबन्दी लगाएका छन्।
इरान र रुसको आम्दानीको मुख्यस्रोत पनि पेट्रोलियम पदार्थको निर्यात नै हो। इरानको कुल आम्दानीको ६० प्रतिशत र रुसको आम्दानीको ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थ उत्पादनमा निर्भर छ। त्यसो त अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको भेनेजुएलाको चुरिफुरी पनि पेट्रोलियम पदार्थको निर्यातमा टिकेको सबैलाई थाहा छ।
साउदी अरबको चाल
अमेरिका-साउदी अरबबीचको तेलको गठबन्धन जानीबुझी गरिएको हो वा स्वार्थहरुको संयोग मात्रै हो? भनि प्रश्न गर्दै इन्टरनेसनल न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल फ्रिडम्यानले बिहीबारको अंकमा लेखेका छन् – अहिलेको मूल्य घट्दा अमेरिका र साउदी अरबको सामरिक स्वार्थलाई बढावी दिने र रुस र इरानलाई हानी गर्छ।
अमेरिकाको पेट्रोलियम पदार्थको आयातमा सन् २००७ भन्दा अहिले दैनिक ८७ लाख ब्यारेलले घटेको सिटी बैकको तथ्याङ्कले देखाएको छ। अहिले साउदी अरबले दिएको संकेतले पनि यस्तो अवस्था आएको विश्लेषकहरु ठान्दछन्।
पछिल्लो समयमा साउदी अरबले मूल्यलाई स्थीर बनाइराख्ने भन्दा पनि विश्व पेट्रोलिय बजारमा आफ्नो अंश कामय राख्ने पक्षमा रहेको छ। साउदी अरबको सरकारी कम्पनीले पेट्रोल किन्दा बजार मूल्य भन्दा एशियाली देशलाई प्रतिब्यारेल एक अमेरिकी डलर र अमेरिकालाई ४० सेन्ट छुट दिने घोषणा गरेको धेरैलाई स्तव्ध पारेको छ।
यसैले सोभियत संघलाई अप्ठ्यारोमा पार्ने करिब तीस वर्षअघिको साउदी अरबको चालसँग धेरैले तुलना गरेका छन्।
नछोई नछोई गाँसिएको थिए प्रेमको डोरी……
“………सरू, उहिले उहिले तिमी हामी चरण र खर्कहरूमा जाँदा हातमा भेंडी धपाउने सिर्कना र साथमा बाँसुरी मात्र हुन्थे हगि ?
तिमीले “स्यो, स्यो” गरी चौंरी, गाई, बाख्रा धपाउँदा त्यही आवाज मलाई सङ्गीतको राग जस्तो लाग्थ्यो । म तपतप हिँउको बलेसी झरिरहेको कपाल निधारबाट पन्छाउँदै तिमीतिर पुलुक्क पुलुक्क हेर्थें । कहिले काँही म भेंडाको बथान लखेट्दै तिमीभन्दा अगाडि पुग्थैँ र अर्काे डाँडापारी छेलिन्थें ।
तिमी “ओईsssssss ” “ऊ ssssssssss” भनेर संकेतमा बोलाउँथ्यौ । तिम्रा आवाज धेरै पाखा, पर्वत, खोंच, खोल्सीमा प्रतिध्वनित भएर आउँथ्यो । म आँखा चिम्लेर तिमीले बोलाएको सुनिरहन्थें । राती चखेवीले चखेवालाई बोलाएझैं यो संकेत मलाई बोलाउँदा मात्रै प्रयोग गर्थ्याै तिमी । अचम्म थियो हाम्रो प्रेम गर्ने शैली । नछोई नछोई गाँसिएका थिए प्रेमको डोरी ………”
- अब हाम्रो भेटै हुन्न, हिउँको पर्खाल अग्लिएछ ……… शम्भु राई
- रुँदै होलिन् मेरी उनी, त्यो हिमाली गाउँमा ………भीषण मुकारूङ
- जिन्दगी कहिले दियो भई जल्छ ……… सुनिता लिम्बु थेबे
Please Click here to listen or download Sangeet Sarowar # 534