इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

korea ko form vardai (3)काठमाडौ। कोरियन भाषा परिक्षा (ईपीएस) अन्तर्गत पाँचौं भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ । जस अनुसार ३६ सय ६३  उमेरद्वार उत्तीर्ण भएका छन् । औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो ।परीक्षाफल अनुसार औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३।२ उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो । उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए। पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए ।यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा  अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो ।

यहाँ क्लिक गर्नुहोस्

Leave a comment