यौन सम्पर्क जस्तो सुकै अवस्थामा पनि गर्न सकिन्छ तर पनि एउटा कुरा अलिकति जानकारी लिनुहोस !

आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ । कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् ।

मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । विज्ञहरुले बिहानीपख सेक्स गर्नु मर्निङ वाक वा व्यायाम
भन्दापनि हितकर हुने बताएका छन् । बिहानीपखको सेक्सले सरीरका मांसपेसीलाई तन्दुरुस्त बनाउनुका साथै, रक्तसंचार र मुटुलाई समेत स्वस्थ राख्छ । क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । जो निम्नानुसार छन् ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई समेत कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३. बिहानी सेक्सले सरीरमा रक्तसंचार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाइ गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।

७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।

८. बिहानी सेक्सका क्रममा सरीरमा रोगप्रतिरोधी प्रोटिनको उ उत्पादन हुन्छ जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
९. बिहान ढिलो उठ्ने अल्छि मानिसलाई बिहान सबेरै उठ्ने र फुर्तिलो बनाउने एक अचुक उपाय हो बिहानी सेक्स ।

विमानमै बलात्कार गर्न खोजेपछि आकस्मिक अवतरण

एजेन्सी ।
एक ब्यक्तिले विमान उडिरहेको समयमा त्यहाँ रहेकी महिला यात्रुलाई बलात्कारको प्रयास गरेपछि विमानस्थलबाट उडेको केही समयमै फिर्ता आएर आकश्मिक अवतरण गराउनु परेको छ ।

अमेरिकाको हवाइ राज्यको राजधानी होनोलुलुबाट जापानको कान्साइका लागि उडेको जापानी विमान सेवाको विमानमा रहेका एक पुरुष यात्रुले महिला यात्रुलाई विमानभित्रै बलात्कार प्रयास गरेका थिए ।

विमानलाई पुनः विमानस्थलमै फर्काएर अवतरण गरिएपछी ती पुरुषलाई हवाइको अदालतमा पुर्‍याइएको छ ।
हवाइका २९ वर्षीय माइकल तान्योइले जापानी महिलालाई विमानभित्र जवर्जस्ती गर्न खोजेका थिए । जापानी महिला शौचालयमा प्रवेश गर्ने वित्तिकै ती पुरुष शौचालयमा छिरेर उनलाई जवर्जस्ती गर्न खोजेका थिए ।

ती पुरुषले महिलालाई जवर्जस्ती निर्वस्त्र पारेर आफ्नो प्यान्ट र कट्टु खोलेर गोप्य अंग महिलालाई देखाएका थिए ।
आफूलाई जवर्जस्ती गरेका पुरुषलाई धकेलेर महिलालले आकस्मिक बटन थिचेकी थिइन् अनि मात्र उनको उद्दार गरिएको थियो ।

ती पुरुषलाई यौन विमानभित्र यौन दुर्ब्यवहारको आरोप पुष्टी भएमा २० वर्ष जेल सजाय हुने अधिकारीहरुले बताएका छन् ।

महिलाले आफू भन्दा पाको पुरुष खोज्ने ६ कारण

१ सुरक्षित
केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२ समझदारी
महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३ दुनियाँको ज्ञान
पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४ शान्ति महसुस्
महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५ धोका नदिने
कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६ अनुभवी
महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

नायिका स्वेता खड्कालाई खुल्ला पत्र , के छ पत्रमा ?

प्रिय बहिनी श्‍वेता,

बिहानबिहानै कुनै एउटा अनलाइनमार्फत ‘श्रीकृष्णको उपचारको क्रममा निधन’ भन्‍ने समाचार पढेदेखि खलबलिएको यो मन आजसम्म स्थिर भएको छैन। अझ तिम्रो मनभित्रको भुइँचालो, एक्लोपन, नैराश्यता र रोदनलाई म अनुमान लगाउनमात्र सक्‍छु।

जीवन अनित्य छ, यो सत्यलाई मान्छेले सजिलै आत्मबोध गर्न सक्दैन। यो तिम्रो वा मेरो कुरा होइन, सम्पूर्ण मानवले आफ्नो प्रियजन गुमाउनुपर्दा केही समय विचलित हुन्छ नै। झन् श्रीकृष्ण श्रेष्ठ नामको व्यक्तित्व त तिम्रो लागि मात्रै होइन, सबैका लागि प्रिय थिए, नेपाली रजतपटको एक चम्किलो तारा।

अब मन बुझाउने बाटो भन्नैपर्नै हुन्छ, उनी भगवान्को पनि प्रिय रहेछन्। सडकमा हिँड्दा जताततै कोहिनुरको पोस्टरमा हाँसिरहेको देखिन्छ। फेसबुक, ट्विटर, लेख, रचनामा बाँचिरहेको देखिन्छ अनि कसरी भन्नू उनको मृत्यु भएको छ।

बहिनी, तिम्रो श्रीमान्को मृत्यु भएको छैन, उनी अमर बनेका छन्। उनी अमर छन् भन्ने कुराको प्रमाण शवयात्रामा उर्लिएको त्यो मानवसागर हो। शवयात्राको उर्लिंदो मानवसागरको बीचमा लुखुरलुखुर म पनि थिएँ।

तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्नसक्ने र तिमीलाई सम्हाल्नसक्ने हिम्मत ममा थिएन। त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ।

लडाइँमा युद्ध हारेको सिपाहीझैं श्रीकृष्णको पार्थिव शरीर बोकेको गाडीको पछिपछि, यो पाइला चलिरह्यो। बेलुकी ७ बजेतिर आर्यघाट पुगियो। त्यहाँ पनि श्रीकृष्णका शुभचिन्तक खचाखच भरिएका थिए। कुनै बेला त्यही ठाउँ सुनसान, उजाड लाग्थ्यो तर त्यो दिन त्यही घाट साँघुरो भएको थियो।

मैले अचानक सम्‍झिन पुगेको विगत कुनै काल्‍पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौ, एउटै विद्यालयमा शिक्षाको ज्‍योति पायौ, एसएलसी गर्‍यौ।
पाइला टेकेर उभिने ठाउँ कहीँ थिएन। सक्ने भए त्यो भीडले हाम्रा प्रिय श्रीकृष्णलाई यमराजको मुखबाट थुतेर ल्याउँथ्यो। नजिकैको पुलमा सञ्चारकर्मीको भीडमा बसेर बेहोसीमै तिमीले अञ्जुलीले पानी खुवाएको अनि प्रेमपूर्वक एकोहोरो उनैलाई पुकारिरहेको दृश्यको साक्षीमात्र बन्‍न सकेँ।

तिम्रो नजिकै गएर ‘नानु नरोऊ’ सम्म भन्‍न सकिनँ। किनकि यो बज्रपात यस्तो हो जसले भोगेको छ, उसले मात्र अनुभूत गर्न सक्छ। तिमी रुँदै थियौ, कराउँदै थियौ, आर्यघाटमा उर्लिएको शुभचिन्तक तथा सर्वसाधारण पनि तिमीसँगै रुँदै थिए।

त्यो भीडमा कोही भन्दै थिए, ‘विचरी साह्रै अभागी रैछिन्, कोही भन्दै थिए गर्भवती छे रे !’ त्यो ठेलमठेलको भीडमा भलाकुसारीका अपाच्य शब्दहरू मेरो कानमा ठोक्किएपछि मलाई त्यसप्रति आपत्ति भयो तर माहोल प्रतिवाद गर्नसक्ने थिएन।

बहिनी, हामीले आफूले आफैंलाई परिवर्तन गर्न सजिलो छ तर सदियौंदेखिको सामाजिक मूल्यमान्यता तथा अन्धविश्‍वासलाई सजिलै परास्त गर्न सकिँदैन। समाजले त के भन्दो रहेछ, के भन्दो रहेनछ। जताबाट हावा आउँछ त्यतै पात हल्लिएझैं हल्लिन्छन्, यहाँका मान्छेहरू।

श्रीकृष्णजीको पार्थिव शरीरलाई निष्ठुरी आगोले जलाउँदै गर्दा हेर्न नसकेर अझ भावविह्वल भएकी तिमी र ८२ वर्षीया आमालाई सहयोगीहरूले बाहिर लिएर गए, म भने त्यही पुलको छेउमा बसी विगतलाई सम्झन पुगेछु।

मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौं, एउटै विद्यालयबाट शिक्षाको ज्योति पायौं, एसएलसी ग:यौं। हामीले पढेको स्कुल एउटै, पढाउने गुरुहरू एउटै, फरक थियो त केवल हाम्रो दैनिकी तथा तिमी र मबीचको उमेरमात्रै।

उमेरले म तिम्रो दिदी त तिमी मेरी बहिनी। त्यो गाउँठाउँमा तिम्रो बुबालाई बालकदेखि वृद्धसम्मले ‘जमदार बा’ भनेर चिन्थे। कलाकारका रूपमा प्राय: टेलिशृंखला ‘हिजोआजका कुरा’मा देखिने उनै चर्चित पात्र जमदार बाकी प्रिय छोरी तिमीलाई के खाऊँ, के लाऊँ भन्‍ने कहिल्यै चिन्ता भएन, मात्र आफ्नो पढाइमा कसरी उत्कृष्ट हुने भन्नेमा तल्लीन रह्यौ।

त्यसकै फलस्वरूप विद्यालयको पढाइ सकेर इन्जिनियरिङ पढेर सानै उमेरमा इन्जिनियर बनी आफ्नै खुट्टामा उभिएकी तिमीले कलाकारिता क्षेत्रमा पाइला बढाएको सुनेर खुसी लागेको थियो। किनकि कलाका पुजारी बाबुकी छोरी तिमी कला क्षेत्रमै आयौ। काभ्रे जिल्लाको इज्जत बढायौ।

२०५३ सालमा एसएलसी परीक्षा दिएर सहर छिरेपछि मेरो आफ्नै व्यक्तिगत कारणले गाउँ पातलो जान थालेँ र तिमीसँग भेट हुन सकेन। एकैचोटि मेरो भेट तिमीसँग २०६६ सालमा काठमाडौंमा भयो, जति बेला तिमीले सिनेजगत्मा आफ्नो नाम स्थापित गरिसकेकी थियौ।

यो भेटमा तिमीले रक्षा नेपालले चालेको कदमप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै संस्थाको सदस्यता लियौ र यौनजन्य हिंसापीडित/प्रभावित दिदीबहिनीको पक्षमा उभिने प्रण गर्‍यौ। सानै उमेरमा तिमीभित्र आएको त्यो व्यावहारिक परिपक्वता, सादा जीवन अनि सधैंको हँसिलो मुहारले तिमीलाई भेट्दा छुट्टै आनन्द पाउँथेँ म।

तर, त्यो हँसिलो मुहारमा एक्‍कासि छाएको कालो बादलले म पनि मर्माहत भएकी छु। हुन त हामीले सोचेजस्तो जीवन हुँदैन भन्ने थाहा छ तर यो मन कहिलेकाहीँ अबुझ बन्ने रहेछ। श्रीमान्को असामयिक वियोगमा रहेकी तिमीलाई भेट्ने तीव्र चाहनाअनुसार श्रीकृष्णको स्वर्गारोहण भएको सातौं दिनमा मात्रै साहस बटुलेर तिम्रो घरतिर पाइला बढाएँ।

मनमा अनेक कुरा तँछाडमछाड गर्दै रहे। मेरो मनले भन्दै थियो, ‘मेरी प्रिय बहिनी सेतो कपडा बेरेर एउटा कुनामा बसेकीहोलिन्, त्यो दृश्य कसरी हेर्नु?’ खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु तर बाध्यतावश एउटी महिलाले शिरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिनँ।

त्यसैले तिम्रो घरको आँगनमा पुग्नेबित्तिकै मन ढक्क फुलेको थियो। मुटुको ढुकढुकी पनि बढिरहेको थियो। एकजना दाइको सहारामा सरासर तिमी बसेको कोठामा गएँ। तिम्रो हालत उस्तै थियो, भेट्न आउनेको घुइँचो थियो तर तिम्रो शरीरमा सेतो कपडा रहेनछ। त्यो देख्नेबित्तिकै मलाई छुट्टै खुसी मिल्यो। द्रूत गतिमा बढिरहेको मेरो ढुकढुकी कम भयो।

विविधतामा एकता भएको हाम्रो मुलुकमा एक सयभन्दा बढी जातजाति तथा भाषाभाषी छन्। उनीहरू सबैको आफ्नै संस्कार छ। हुन त मलाई कुनै पनि जातजाति र भाषाभाषीको रीतिरिवाज, संस्कार तथा परम्पराका बारेमा पूर्ण रूपमा जानकारी छैन।

सबै भाषा, जात, लिंग, धर्मलाई म हृदयदेखि नै सम्मान गर्छु तर त्यो दिन तिमीलाई छुन पाउँदा, सँगै अँगालेर बस्न पाउँदा अनि तिम्रो शरीरमा सेतो पहिरन देख्नु नपर्दा साँच्चै खुसी लाग्यो अनि नेवार समुदायको संस्कारप्रति गर्व पनि लाग्यो।

त्यो दिन केही क्षण बसेर छुट्टिएको मैले आजसम्म तिमीलाई फोन गर्ने वा भेट्ने आँट गरेको छैन। अन्य सर्वसाधारण नेपालीजस्तै तिम्रोबारेमा मिडियामा छाएका खबरबाट नै अपडेट हुँदैछु।

म तिमीले अश्रुधारा बगाएको तस्बिर हैन, पहिलेजस्तै गरी मस्त हाँसेको मुहार हेर्न आतुर छु अनि एक्लाएक्लै रोएर घरभित्रै बस्ने श्वेता हैन, शोकलाई शक्तिमा बदलेर ऊर्जाका साथ कर्मक्षेत्रमा समर्पित बनी अन्य महिलाका लागि समेत प्रेरणादायी बन्नसक्ने बहिनीको पर्खाइमा छु।(लेखिका रक्षा नेपालका अध्यक्ष हुन्।)

स्वेताले गरिन अर्को विहेको संकेत (उनकै शव्दमा)

आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार( दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।

अन्योलमा प्राविधिक एसएलसी

slc

काठमाडौ, आश्विन ३० – यस वर्ष सुरु हुने भनिएको प्राविधिक एसएलसी तयारीमा रहेका झन्डै पाँच हजार विद्यार्थी अन्योलमा परेका छन् । उनीहरूले फारम भरिसके पनि यससम्बन्धी ऐन संशोधन नहुँदा समस्या देखिएको हो ।

प्राविधिक क्षेत्रमा जान चाहने विद्यार्थीहरूलाई ९ कक्षाबाटै त्यसतर्फ लैजान विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) ले यो अवधारणा ल्याएको हो । नियमित ८ सय र प्राविधिक एसएलसी हजार पूर्णाङ्कको हुन्छ । सरकारले सञ्चालन गरेको एसएसआरपी कार्यक्रममा उल्लेखित उक्त अवधारणा कार्यान्वयन गर्न त्यसअनुकूल ऐन संशोधन गर्नुपर्ने थियो ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले भने परिमार्जित ऐन संसद्मा पेस गर्ने अन्तिम तयारीमा रहेको बताए । ‘शिक्षा ऐन संशोधित विधेयकका रूपमा तयार छ,’ उनले कान्तिपुरसित भने, ‘छिट्टै संसद्मा पठाउँदैछौं । त्यसपछि यी यावत समस्याले निकास पाउने छन् ।’

पहिलो पटक देशभरिका ९९ विद्यालयका विद्यार्थीले प्राविधिक एसएलसी परीक्षा दिनेछन् । यो वर्षदेखि १० कक्षाका प्राविधिक विद्यार्थीले कृषिअन्तर्गत पशुविज्ञान र बाली विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ विषय पढ्दै आएका छन् । नयाँ संरचनाअनुसार प्राविधिक विषयतर्फका विद्यार्थीले दिने एसएलसीको प्रमाणपत्र कुन आधारमा रहने भन्ने प्रश्न पनि उब्जिने छ । मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले भने शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम परिमार्जन तथा परीक्षा समितिले यसको निकास दिने बताए । उनले भने, ‘प्राविधिक एसएलसी दिने विद्यार्थीलाई कुनै कानुनी समस्या पर्ने छैन ।’

मन्त्रालयले सन् २००९ देखि प्रस्तावित रूपमा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गरेको हो । त्यसअनुसार विद्यालय संरचना कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक तह हुनेछ । तर, ऐन संशोधन नहुँदा यसले हालसम्म वैधानिकता पाएको छैन । विद्यमान शिक्षा ऐनले कक्षा १ देखि ५ लाई प्राथमिक, ६ देखि ८ लाई निम्नमाध्यमिक, ९ र १० माध्यमिक तह कायम छ । उच्च माध्यमिक शिक्षा ऐनअन्तर्गत ११ र १२ सुचारु छ ।

नयाँ संरचनाअनुसार हालसम्म कक्षा १० पछि लिइने एसएलसी परीक्षा बोर्ड र उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको परीक्षा बोर्डलाई गाभेर ‘राष्ट्रिय परीक्षा बोर्ड’ कायम हुनुपर्नेछ । त्यसैगरी शिक्षकको योग्यतासमेत फरक पर्नेछ ।

आधारभूत तह पढाउन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णले मात्र माध्यमिक तहमा पढाउन पाउने छन् । माध्यमिक तहको प्रधानाध्यापकले स्नातकोत्तर हासिल गरेकै हुनुपर्नेछ ।

शिक्षक सेवा आयोग विद्यालय शिक्षक पदपूर्ति गर्ने एकमात्र निकाय हो । ऐन संशोधन नहुँदा पुरानै व्यवस्थाअनुसार १२ हजारभन्दा केही बढी दरबन्दीमा हालै शिक्षक पदपूर्ति भएको छ । चालू आर्थिक वर्षमा समेत रिक्त दरबन्दीमा पदपूर्ति गर्ने योजना रहेको आयोगका अध्यक्ष उदयराज सोतीले जनाए ।

प्रधानमन्त्री कार्यालयले १३ दिनमा खर्च गर्‍यो ५ लाख रुपैयाँभन्दा बढीको इन्धन

काठमाडौ असोज ३० – कुनै एउटा कार्यालयका कर्मचारीले गाडीमा महिनाको कति तेल खर्च गर्छन् तपाईले अनुमान लगाउनु भएको छ ? एक लाख, दुई लाख या त्यो भन्दा पनि बढी ? तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आश्विन महिनाको १३ गतेसम्ममा पाँचलाख भन्दा बढीको इन्धन खर्च गरिसकेको छ । असोज २८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको बील अनुसार नेपाली सेनाले सञ्चालन गरेको श्री रिपुमर्दनी पेट्रोल स्टेशनले पाँच लाख ४१ हजार चारसय २७ रुपियाँको बील मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको छ ।

१३ दिनमा मात्र पाँच लाखभन्दा बढीको इन्धन खर्च गर्नु बढी भएन र ? यो जिज्ञासा रातोपाटीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह सचिव क्षेत्रबहादुर भण्डारी समक्ष राखेको थियो । उनले उल्टै भने ‘यो त थोरै भयो, अरु धेरै हुनसक्छ, यो प्रधानमन्त्रीको कार्यालय हो, यहाँ कति गाडी प्रयोग हुन्छन् कुनै तथ्यांक छैन् ।’ कुनै महिनामा बढी र कुनै महिनामा कम पनि हुने गरेको उनले प्रतिकृया दिए । जब कि त्यो कार्यालयमा सबैका लागि कति तेल दिने भनि तोकेका छन् ।

bijuli-(1)

सहसचिव भण्डारीले दिएको तथ्यांक अनुसार प्रधानमन्त्रीका लागि महिनाको ३०६ लिटर, प्रधानमन्त्रीका लागि सुरक्षा दिने अगुवा पछुवाका लागि पनि ३०६ लिटर, मुख्य सचिव १०० लिटर, सचिव (चार जना) १०० लिटर, सहसचिव (छ जना) ७२ लिटर, उपसचिव (१८ जना) ५० लिटर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव १०० लिटर, प्रधानमन्त्रीका सल्लाहकार (छ जना) १०० लिटर लिने गरेका छन् । यसको हिसाब गर्दा जम्मा तीनहजार ४४ लिटर तेल हुन आउँछ । जसको मुल्य चार लाख चारहजार ८५२ रुपियाँ हुन जान्छ । यो एक महिनाको हिसाब हो । जबकि असोज महिनामा १३ दिनको मात्र पाँचलाख ४१ हजार चारसय २७ रुपैयाँको बील पेस भएको छ ।

आर्थिक प्रशासन शाखाका उप सचिव लक्ष्मण प्रसाद खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ७२–७३ वटा जम्मा गाडी प्रयोग गर्छन् तर कहिले काम पर्दा बढी पनि हुने गरेको बताए । कर्मचारी ल्याउन लैजान दुईटा बस छन् । अरु थप गाडी थपिए पनि एक दुई लाखको फरक पर्न सक्छ तर यहाँ दोब्बर भन्दा बढीको फरक देखियो भनि जिज्ञासामा सहसचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयमा हुने इन्धन खर्चको विवरण राख्न सकिए पनि बालुवाटारको विवरण राख्न गाह्रो भएको बताए । बालुवाटारमा तोकेको भन्दा बढी गाडीहरु प्रयोग भइरहेका हुन्छन् प्रधानमन्त्रीको आदेश हुन्छन् त्यसमा हामीले नाई भन्न पनि मिल्दैन, उनले भने, कहिले काही पार्टीको बैठक हुँदा नेताहरुलाई ल्याउन पनि त्यहीको गाडि प्रयोग हुन्छ, दलहरुको बैठक हुँदा पनि कुनै नेतालाई लैजान ल्याउन त्यहीको गाडी प्रयोग हुन्छ । प्रधानमन्त्री मन्त्रीका स्वकीय सचिवहरुले पनि गाडी प्रयोेग गरिरहेका छन् सबै यतैको खर्चबाट जान्छ त्यसले गर्दा पनि बढी देखाएको हुनसक्छ ।

उनले भने, हामीसँग भएको गाडीको तथ्यांकभन्दा बढी गाडिहरु प्रयोग भइरहेको हुनाले इन्धन खर्च बढी देखाएको छ । र, त्यही कारणले पनि महिनाको कति इन्धन खर्च हुन्छ त्यसको पनि यकिन तथ्यांक राख्न नसकेको उनले बताए ।

उता, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीको बयान भने फरक छ । नाम नबताउने सर्तमा उनले भने, ‘यो त दशैंले गर्दा हो सर । दशैंमा आफ्ना परिवार ओसार्न सरकारी गाडीको व्यापक दुरुपयोग गरिएको छ । त्यही भएर बिल बढी आएको हो ।

“आकाश रुँदै छ, मज्जा लाग्दै छ”

भक्तपुर, आश्विन ३० – रातो जम्परमा उनी खुलेकी थिइन् । पावरवाला मोटो चस्मा नाकले खुम्च्याउँदै झ्यालको छेउतिर एकटक हेरिरहिन् । त्यसपछि खुट्टाका औंलाको सहाराले कापीमा लेखिन्, ‘आकाश रुँदै छ, मलाई मज्जा लाग्दै छ ।’jhamak

मंगलबार दिनभरि परेको झरीले साहित्यकार झमक घिमिरेलाई निकै छोएको थियो । उपचारका क्रममा धनकुटाबाट काठमाडौं आएकी उनी बालकोटस्थित झमक घिमिरे साहित्यकला प्रतिष्ठानको एउटा कोठामा मौसम र साहित्यको वर्णन गर्दै थिइन् ।

छेउमा ग्यास चुलो, तरकारी टोकरीमा भर्खरै ल्याएको साग र केही स्याउ थिए । एकै कोठामा खाने र बस्ने बाध्यता रहेछ । तीन कोठा रहेको प्रतिष्ठान आर्थिक अभावका कारण भाडा तिर्न नसकेपछि एक कोठामा बस्नुपरेको झमकले लेखेर बताइन् ।

केही शारीरिक अस्वस्थता देखिए पनि झमकको मन चाहिँ बिरामी थिएन । उनी झरीलाई विम्ब बनाउँदै साहित्यमा उतार्ने जमर्को  गर्दै थिइन्, ‘हिजोअस्ति कञ्चन आकाशलाई पढ्दै थिएँ, अहिले म पानीका थोपालाई पढ्दै छु ।’ उनी लेखेका आफ्नै शब्द पढेर रमाइलो मान्दै पनि थिइन् । धेरै खुसी हुँदा उनी भुइँमा लुटपुटिएर हाँस्ने रहिछन् । रिसको बेला कस्तो प्रतिक्रिया हुन्छ होला ? यो सुनेपछि झमकले आमातर्फ हेरिन् ।

छोरीको इसारा बुझ्न सिपालु आशादेवीले झमक रिसाउँदा निन्याउरो अनुहार पार्दै एकोहोरो मुखमा हेर्ने बानी रहेको सुनाइन् । ‘ऊ प्रायः रिसाउँदिन, रिसाइहाली भने पनि धेरै बेर टिक्दैन,’ आमाले भनिन्, ‘रमाइलो गर्ने बानी छ ।’

पुस्तक पढ्न र भावना कोर्न उनलाई कुनै निश्चित समय छुट्टयाउनु पर्दैन । जति बेला मनले पढ्न चाह्यो उति बेला सुरु गरिहाल्ने बानी छ । उनी काठमाडाै आएको सूचना पाएपछि धेरै व्यक्तिले नयाँ पुस्तकहरू उपहारदिएका रहेछन् । उनी अरू विषयमा जति रमाइलो मान्छिन्, लेखाइपढाइमा त्यति गम्भीर हुने रहिछन् ।

आफू पछिल्लो समय प्रविधिसँग नजिक हुन थालेको झमकले खुलाइन् । खुट्टाकै भरमा मोबाइल फोन चलाउने गर्छिन् । पाठकका प्रतिक्रियाहरूको जवाफस्वरूप खुट्टाकै औंलाले एसएमएस लेख्ने गर्छिन् । त्यस्तै, फेसबुक चलाउन उनलाई निकै मन पर्छ । फेसबुकमा आफ्ना भावना साट्नु उनको अर्को दैनिकी भएको छ अचेल । सामाजिक सञ्जालको विकासले हरेकले यो सुविधा पाएको उनले जनाइन् र लेखिन्, ‘यसलाई सबैले सदुपयोग गर्नुपर्छ ।’

पछिल्लो कृति ‘समय विम्ब’ निकालेकी झमकका अब छिट्टै कविता र निबन्ध संग्रह आउँदै रहेछन् । उनका अनुसार, कविता संग्रह सिक्किमबाट छापिने भएको छ । त्यस्तै, मुक्ति बरालले उनीबारे फिल्मको योजना बनाएको जनाउ दिँदै उनले लेखिन्, ‘यो निकै जोखिमपूर्ण काम हो । किनकि झमकको जीवन भोग्न, लेख्नमा जति जटिलता थियो, उत्ति दृश्यमा उतार्न सहज हुन्न । जोखिमपूर्ण काम आँट्दै छौं । हेरौं, कत्तिको सफल भइन्छ ।’

झमकले पछिल्लो समय प्रतिष्ठानलाई व्यवस्थित बनाउन आर्थिक, भौतिक समस्या देखिएको खुलाइन् । उनका अनुसार, ‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्तको रोयल्टी र केही सहयोगले मात्रै चले पनि प्रतिष्ठानको समस्या जस्ताको तस्तै छ ।

झमक आमासँग बुधबारै धनकुटा फर्केकी छन् । ‘उपचार गर्न भारत लैजानुपर्ने डाक्टरले भनेका छन्,’ आशादेवीले भनिन् ।

‘नगरकोट गएकी छैन’

झमकलाई भेट्न मंगलबारै युवा व्यवसायीहरू शोभन सैंजू र सुरेश लामिछाने बालकोट पुगेका थिए । केही कपडा प्रदान गरेपछि आईसीटी एसोसिएसन अफ नेपालका महासचिव सैंजूले झमकका लागि अबदेखि काठमाडौं आएका बेला आफ्नो घरमा खानेबस्ने प्रबन्ध मिलाउने प्रस्ताव गरेका थिए । झमकले हाँसेर जवाफ लेखेकी थिइन्, ‘चासो राख्नुभएकोमा धन्यवाद । मलाई अहिले पनि त्यति अप्ठयारो छैन ।’

सैंजूले उनलाई उपत्यकाका पर्यटकीय स्थलहरू घुम्न इच्छा लागे आफूले पुर्‍याइदिने पनि बताएका थिए । राजधानीका सबैजसो स्थान घुमेको उल्लेख गर्दै झमकले लेखेकी थिइन्, ‘धुलिखेल पनि गएकी छु । नगरकोटचाहिँ गएकी छैन ।’ अर्कोचोटि आउँदा नगरकोट घुमाइदिने सैंजूको कुरा सुनेपछि उनी मज्जाले हाँसेकी थिइन् ।

‘उहाँको लागि आफू कुनै न कुनै रूपमा सहयोगी हुन सकूँ भन्ने मेरो चाहना हो,’ सैंजूले भने, ‘तर, गजबको स्वाभिमानी हुनुहुँदो रहेछ ।

गङ्गामायालाई अनसन तोड्न आग्रह गर्दै समिति गठन

Pashupati Biscuits

काठमाडौँ, असोज ३०– सरकारले वीर अस्पतालमा अनसनरत गोरखाकी गङ्गामाया अधिकारीलाई आफ्नो स्वास्थ्य दिनानुदिन बिग्रँदै गएको यथार्थलाई आत्मसाथ गरी आमरण अनसन तोड्न पुनः आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिकारीलाई आफ्नो उपचारमा संलग्न विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न र खाना खाईदिन अनुरोध गरेको छ ।

गङ्गामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न तत्कालीन माओवादी कार्यकर्तालाई कारवाहीको माग गर्दै झन्डै एकवर्षदेखि आमरण अनसन बस्दै आएका छन्

यसैबीच गङ्गामायाको स्वास्थ्यप्रति चिन्तित हुँदै राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारसम्बन्धी सङ्घसङ्स्था तथा कानुन व्यवसायीहरुबाट प्राप्त सुझाव र सल्लाह समेतलाई मध्यनजर गरी एक उच्च स्तरीय समिति गठन गरिएको छ ।

अधिकारीको स्वास्थ्यस्थितिको नियमित रेखदेख गर्न र यस सम्बन्धमा नेपाल सरकारलाई उपयुक्त राय सुझाव दिन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव सदस्य रहेको उच्चस्तरीय समिति गठन गरिएको सचिव शान्तराज सुवेदीले जानकारी दिए ।

साथै रत्नपार्कस्थित शान्ति बाटिकामा आमरण अनशन बसेका द्वन्द्व पीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका सदस्यहरुसँग वार्ता गरी आन्दोलन अन्त्य गराउन शान्ति तथा पुनः निर्माण मन्त्रालयका सहसचिवको सयंोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन गरेको र जारी अनसन अन्त्यगरी वार्ताबाट समस्याको समाधान गर्न प्रधानमन्त्री कार्यालयले आग्रह गरेको छ ।

इपिएस भाषा परीक्षाको नतिजा सार्वजनिक

korea ko form vardai (3)काठमाडौ। कोरियन भाषा परिक्षा (ईपीएस) अन्तर्गत पाँचौं भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको छ । जस अनुसार ३६ सय ६३  उमेरद्वार उत्तीर्ण भएका छन् । औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो ।परीक्षाफल अनुसार औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३।२ उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो । उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए। पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए ।यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा  अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो ।

यहाँ क्लिक गर्नुहोस्