![](https://i0.wp.com/itechnepal.net/ad/www/images/0c9d8b9f1af6db8a168dfaf7d26ebfc0.gif)
जस्तै तपाईले ईन्सटल गर्नुभएको अन्य सफ्टवेयरले निर्माण गरेका आईकन, सटकट फाईल, फाईल एवं फोल्डरलाई हटाउन समेत सहयोग गर्ने काम गरिरहेको हुन्छ । भाईरसलाई समेत यो सफ्टवेयरले एकै क्लिकमा निरुत्साहित गर्ने काम गरिरहेको हुन्छ ।
जस्तै तपाईले ईन्सटल गर्नुभएको अन्य सफ्टवेयरले निर्माण गरेका आईकन, सटकट फाईल, फाईल एवं फोल्डरलाई हटाउन समेत सहयोग गर्ने काम गरिरहेको हुन्छ । भाईरसलाई समेत यो सफ्टवेयरले एकै क्लिकमा निरुत्साहित गर्ने काम गरिरहेको हुन्छ ।
पेट्रोलियम पदार्थको मूल्य विश्व बजारमा घटेको प्रत्यक्ष फाइदा नेपाली उपभोक्ताहरुले उपयोग गर्न पाइसकेका छैनन्। अन्तर्राष्ट्रिय बजारमा हुने पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुने बित्तिकै समायोजन गर्ने ठूलै गफ दिएर शुरु गरेको अटोमेसन प्रणालीले हावा खाएको छ, यसले सुस्ताएको विश्व पेट्रोलियम बजारबाट फाइदा लिन उपभोक्ता वञ्चित भएका छन्।
पछिल्लो समय विश्व बजारमा कच्चा पेट्रोलको मूल्य १ सय ५ देखि १ सय १० अमेरिकी डलर प्रति ब्यारेल (करिब १५९ लिटर) कै हाराहारीमा रह्यो। अहिले यो कच्चा पेट्रोलको मूल्य ९० डलरभन्दा कम बनेको छ। मध्य जुनमा यो मूल्य सबैभन्दा बढी १ सय १५ अमेरिकी डलर पुगेको थियो।
कच्चा पेट्रोलको मूल्य उच्च हुँदा महँगोमा किनेर सस्तोमा बेच्नु पर्दाको अर्बौको ऋण निगममाथि छ। पेट्रोलियम पदार्थको उच्च मूल्य हाम्रो जस्तो पूरै आपूर्तिमा बाँचेका देशको राजनीतिज्ञका लागि टाउको माथि झुण्डिराखेको तरवार बराबर नै हुनेको गरेको छ। चर्को मूल्यले राजनीतिक अस्थिरता उत्पन्न हुनसक्ने संभावनासमेत रहन्छ।
किन घट्यो भाउ ?
विश्वको वर्कसप भनिने हाम्रो उत्तरी छिमेकी चीन र युरोपेली राष्ट्रहरुको अर्थतन्त्र सुस्ताएको कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य कमजोर बनेको हो।
यसबीच संसारको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको उत्पादक देश साउदी अरब र पछिल्लो समय प्रमुख उत्पादक देश मध्ये एक बनेको अमेरिकाले आन्तरिक उत्पादन बढाएका छन्। विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुको कारण यो पनि हो।
तर अहिले पछिल्लो पटक मूल्य घट्दा त्यसले विश्वभर कस्तो असर गर्ला भनेर अनुमान लगाउन थालिएको छ। अहिले मूल्य कम हुँदा पेट्रोलियम निर्यातमै बाँचेको देशहरुलाई समस्या पार्ने देखिएको छ।
पेट्रोल भाउको राजनीति
कमजोर मूल्यको कारण रुस, इरान, इराक, भेनेजुएला, सुडान, नाइजेरिया, अल्जेरिया, कुवेत जस्ता देशका जसको अर्थतन्त्रको ठूलो हिस्सा पेट्रोलियम पदार्थ निर्यातमा निर्भर रहेका संकटमा पार्नेछ। अमेरिकालाई भने यसले फाइदा गर्नेछ।
पछिल्लो केही वर्षदेखि पेट्रोलियम बजारमा अमेरिकी भूमिका कमजोर बनाउन भूमिका खेल्दै आएका रुस, इरान र भेनेजुएला जस्ता देशमाथि पर्ने वित्तीय दवावले उनीहरुले वासिङटनलाई बाहिरै राख्न लिँदै आएको नीतिलाई मोडरेट गर्न बाध्य हुने अनुमान अन्तर्राष्ट्रिय न्युयोर्क टाइम्सको शुक्रबारको अंकमा गरिएको छ।
युक्रेनको संकटपछि पश्चिमा राष्ट्रको नाकाबन्दीको कारण दवावको सामना गर्दै आएको मस्कोले बजेट कटौती गर्नुपर्ने छ भने इस्लामिक स्टेटसँग संघर्ष गर्दै आएको बग्दादको थप सुरक्षा चुनौति सामना गर्नु पर्नेछ।
अर्को वर्षको शुरुमा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवार बन्न लागेका नाइजेरियाका गुडलक जोनाथनका लागि ब्याडलक निम्त्याउने संभावना व्यक्त गरिँदैछ।
कच्चा पेट्रोलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल १ सय ३५ अमेरिकी डलर भए मात्रै इरान, १ सय २० भए भेनेजुएला, एक सय १० भए रुस, ९० भए साउदी अरब र ७० मात्रै भएपनि कुवेतको राष्ट्रिय बजेटको ब्रेक इभन प्वाइन्टमा हुन्छ।
तर मध्य जुन भन्दा अहिलेको मूल्य एक चौथाइले कम हुँदा काराकास, रियाददेखि बग्दाद, तेहरान, अल्जेयर्स, कुवेत सिटी लागोससम्मका राजनीतिज्ञ, अर्थमन्त्री र केन्द्रीय बैंकका प्रमुखमाथि आर्थिक सन्तुलन मिलाउन दवाव परेको छ।
पश्चिमा सञ्चार माध्यमहरुले पेट्रोलियम पदार्थको मूल्य घटेर आइपर्ने संकटलाई समेत ध्यानमा राखेर अर्बौ डलरको सञ्चिती गरेको रुसमा समेत नकारात्मक संकेत देखिन थालेको समाचार दिन थालेका छन्।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्य घटेको विषयमा सोधेको प्रश्नमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले झोक्किँदै दिएको जवाफ र त्यहाँको पेट्रोलियम पदार्थ उत्पादन गर्ने कम्पनीको प्रवक्ताले मुल्य घट्नुमा साउदी अरबले ‘सेक्रेट म्यानुपुलेसन’ गरेको भनी लगाएको आरोपलाई मस्कोमाथि परेको दवावको संकेत भनेर अर्थ्याएका छन्।
अस्थिरतामा मूल्य नबढ्नु षड्यन्त्र?
विश्व बजारको पेट्रोलियम पदार्थको ठूलो निर्यातक मध्येका इराक, लिबिया, सुडान र नाइजेरियामा अस्थिरता छ। सामान्यता अवस्थामा अस्थिरताको अर्थ अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु हो। तर यसपटक त्यस्तो अवस्था देखिएको छैन। कारण विश्वकै ठूलो पेट्रोलियम पदार्थ उत्पादक देश साउदी अरब र अमेरिका बढी उत्पादन गरेका छन्।
रुस तथा अन्य देशले यसलाई सन् १९८५ को घटनासँग तुलना गरेर हेर्न थालेका छन्। यसमा षड्यन्त्रको चित्रण गर्न थालिएको छ।
रुसी पत्रिका प्राभ्दाले ‘साउदी अरबले रुसी अर्थतन्त्रलाई ध्वस्त बनाओस भन्ने ओबामा चाहन्छन्’ शीर्षकमा आर्टिकल छापेको छ।
यो विषयलाई २००६ नोभेम्बर १३ को भाषणमा सोभियत संघ पतनको शुरुवात सन् १९८५ सेप्टेम्बर १३ बाट शुरु भएको बताएका थिए। त्यस दिन साउदी अबरका तेल मन्त्री शेख अहमेद जाकी यमनीले साउदी राजसंस्थाले तेलको नीतिमा आधारभूत रुपमा परिवर्तनको घोषणा गरेका थिए।
‘साउदी अरबले महिना संरक्षण गर्ने छैन। आगामी ६ महिना साउदी अरबले अहिलेभन्दा चार गुणा बढी उत्पादन बढाउने छ,’ यमनीको भनेको थिए, ‘तेलको मूल्य घट्ने छ। सोभियत रुसले प्रतिवर्ष २० अर्ब अमेरिकी डलर गुमाउने छ। यो पैसाको अभावका सोभियत संघ बाँच्न सक्ने छैन।’
त्यतिबेला अफगानिस्तानबाट सोभियत संघलाई हटाउने अभियानमा अमेरिका र साउदी अरब एकतिर थिए। अहिले पनि त्यस्तो ‘छद्म युद्ध’ सिरियामा जारी छ। रुस र इरान सिरियाली राष्ट्रपनि बसार अल असदलाई सत्तामा टिकाइराख्न मद्दथ गर्दैछ। अमेरिका र साउदी अरबलाई असदलाई जसरी पनि अपदस्थ गर्नुपर्ने छ।
त्यति मात्रै होइन युक्रेनको संकटपछि मस्कोमाथि पश्चिमा देशहरुले चरणवद्ध रुपमा आर्थिक नाकाबन्दीको घोषणा गरेका छन्। साउदी अरब र इरानको शत्रुता निकै पुरानो हो।
पश्चिम एशियाली देशहरुमा सुन्नीको नेतृत्व रियादले गर्दछ भने सियाको नेतृत्व तेहरानले। इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच कुटनीतिक सम्बन्ध पनि छैन।
त्यसमाथि पछिल्लो समयमा इरानको आणविक कार्यक्रमले सम्बन्धलाई झनै चिस्याएको छ। अमेरिकासहितका पश्चिमा देशहरुले इरानमाथि विभिन्न चरणमा नाकाबन्दी लगाएका छन्।
इरान र रुसको आम्दानीको मुख्यस्रोत पनि पेट्रोलियम पदार्थको निर्यात नै हो। इरानको कुल आम्दानीको ६० प्रतिशत र रुसको आम्दानीको ५० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थ उत्पादनमा निर्भर छ। त्यसो त अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको भेनेजुएलाको चुरिफुरी पनि पेट्रोलियम पदार्थको निर्यातमा टिकेको सबैलाई थाहा छ।
साउदी अरबको चाल
अमेरिका-साउदी अरबबीचको तेलको गठबन्धन जानीबुझी गरिएको हो वा स्वार्थहरुको संयोग मात्रै हो? भनि प्रश्न गर्दै इन्टरनेसनल न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल फ्रिडम्यानले बिहीबारको अंकमा लेखेका छन् – अहिलेको मूल्य घट्दा अमेरिका र साउदी अरबको सामरिक स्वार्थलाई बढावी दिने र रुस र इरानलाई हानी गर्छ।
अमेरिकाको पेट्रोलियम पदार्थको आयातमा सन् २००७ भन्दा अहिले दैनिक ८७ लाख ब्यारेलले घटेको सिटी बैकको तथ्याङ्कले देखाएको छ। अहिले साउदी अरबले दिएको संकेतले पनि यस्तो अवस्था आएको विश्लेषकहरु ठान्दछन्।
पछिल्लो समयमा साउदी अरबले मूल्यलाई स्थीर बनाइराख्ने भन्दा पनि विश्व पेट्रोलिय बजारमा आफ्नो अंश कामय राख्ने पक्षमा रहेको छ। साउदी अरबको सरकारी कम्पनीले पेट्रोल किन्दा बजार मूल्य भन्दा एशियाली देशलाई प्रतिब्यारेल एक अमेरिकी डलर र अमेरिकालाई ४० सेन्ट छुट दिने घोषणा गरेको धेरैलाई स्तव्ध पारेको छ।
यसैले सोभियत संघलाई अप्ठ्यारोमा पार्ने करिब तीस वर्षअघिको साउदी अरबको चालसँग धेरैले तुलना गरेका छन्।
“………सरू, उहिले उहिले तिमी हामी चरण र खर्कहरूमा जाँदा हातमा भेंडी धपाउने सिर्कना र साथमा बाँसुरी मात्र हुन्थे हगि ?
तिमीले “स्यो, स्यो” गरी चौंरी, गाई, बाख्रा धपाउँदा त्यही आवाज मलाई सङ्गीतको राग जस्तो लाग्थ्यो । म तपतप हिँउको बलेसी झरिरहेको कपाल निधारबाट पन्छाउँदै तिमीतिर पुलुक्क पुलुक्क हेर्थें । कहिले काँही म भेंडाको बथान लखेट्दै तिमीभन्दा अगाडि पुग्थैँ र अर्काे डाँडापारी छेलिन्थें ।
तिमी “ओईsssssss ” “ऊ ssssssssss” भनेर संकेतमा बोलाउँथ्यौ । तिम्रा आवाज धेरै पाखा, पर्वत, खोंच, खोल्सीमा प्रतिध्वनित भएर आउँथ्यो । म आँखा चिम्लेर तिमीले बोलाएको सुनिरहन्थें । राती चखेवीले चखेवालाई बोलाएझैं यो संकेत मलाई बोलाउँदा मात्रै प्रयोग गर्थ्याै तिमी । अचम्म थियो हाम्रो प्रेम गर्ने शैली । नछोई नछोई गाँसिएका थिए प्रेमको डोरी ………”
Please Click here to listen or download Sangeet Sarowar # 534
मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ । विज्ञहरुले बिहानीपख सेक्स गर्नु मर्निङ वाक वा व्यायाम
भन्दापनि हितकर हुने बताएका छन् । बिहानीपखको सेक्सले सरीरका मांसपेसीलाई तन्दुरुस्त बनाउनुका साथै, रक्तसंचार र मुटुलाई समेत स्वस्थ राख्छ । क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । जो निम्नानुसार छन् ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई समेत कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३. बिहानी सेक्सले सरीरमा रक्तसंचार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाइ गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।
७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।
८. बिहानी सेक्सका क्रममा सरीरमा रोगप्रतिरोधी प्रोटिनको उ उत्पादन हुन्छ जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
९. बिहान ढिलो उठ्ने अल्छि मानिसलाई बिहान सबेरै उठ्ने र फुर्तिलो बनाउने एक अचुक उपाय हो बिहानी सेक्स ।
एजेन्सी ।
एक ब्यक्तिले विमान उडिरहेको समयमा त्यहाँ रहेकी महिला यात्रुलाई बलात्कारको प्रयास गरेपछि विमानस्थलबाट उडेको केही समयमै फिर्ता आएर आकश्मिक अवतरण गराउनु परेको छ ।
अमेरिकाको हवाइ राज्यको राजधानी होनोलुलुबाट जापानको कान्साइका लागि उडेको जापानी विमान सेवाको विमानमा रहेका एक पुरुष यात्रुले महिला यात्रुलाई विमानभित्रै बलात्कार प्रयास गरेका थिए ।
विमानलाई पुनः विमानस्थलमै फर्काएर अवतरण गरिएपछी ती पुरुषलाई हवाइको अदालतमा पुर्याइएको छ ।
हवाइका २९ वर्षीय माइकल तान्योइले जापानी महिलालाई विमानभित्र जवर्जस्ती गर्न खोजेका थिए । जापानी महिला शौचालयमा प्रवेश गर्ने वित्तिकै ती पुरुष शौचालयमा छिरेर उनलाई जवर्जस्ती गर्न खोजेका थिए ।
ती पुरुषले महिलालाई जवर्जस्ती निर्वस्त्र पारेर आफ्नो प्यान्ट र कट्टु खोलेर गोप्य अंग महिलालाई देखाएका थिए ।
आफूलाई जवर्जस्ती गरेका पुरुषलाई धकेलेर महिलालले आकस्मिक बटन थिचेकी थिइन् अनि मात्र उनको उद्दार गरिएको थियो ।
ती पुरुषलाई यौन विमानभित्र यौन दुर्ब्यवहारको आरोप पुष्टी भएमा २० वर्ष जेल सजाय हुने अधिकारीहरुले बताएका छन् ।
प्रिय बहिनी श्वेता,
बिहानबिहानै कुनै एउटा अनलाइनमार्फत ‘श्रीकृष्णको उपचारको क्रममा निधन’ भन्ने समाचार पढेदेखि खलबलिएको यो मन आजसम्म स्थिर भएको छैन। अझ तिम्रो मनभित्रको भुइँचालो, एक्लोपन, नैराश्यता र रोदनलाई म अनुमान लगाउनमात्र सक्छु।
जीवन अनित्य छ, यो सत्यलाई मान्छेले सजिलै आत्मबोध गर्न सक्दैन। यो तिम्रो वा मेरो कुरा होइन, सम्पूर्ण मानवले आफ्नो प्रियजन गुमाउनुपर्दा केही समय विचलित हुन्छ नै। झन् श्रीकृष्ण श्रेष्ठ नामको व्यक्तित्व त तिम्रो लागि मात्रै होइन, सबैका लागि प्रिय थिए, नेपाली रजतपटको एक चम्किलो तारा।
अब मन बुझाउने बाटो भन्नैपर्नै हुन्छ, उनी भगवान्को पनि प्रिय रहेछन्। सडकमा हिँड्दा जताततै कोहिनुरको पोस्टरमा हाँसिरहेको देखिन्छ। फेसबुक, ट्विटर, लेख, रचनामा बाँचिरहेको देखिन्छ अनि कसरी भन्नू उनको मृत्यु भएको छ।
बहिनी, तिम्रो श्रीमान्को मृत्यु भएको छैन, उनी अमर बनेका छन्। उनी अमर छन् भन्ने कुराको प्रमाण शवयात्रामा उर्लिएको त्यो मानवसागर हो। शवयात्राको उर्लिंदो मानवसागरको बीचमा लुखुरलुखुर म पनि थिएँ।
तिम्रो त्यो उजाडिएको सिउँदो, भावविह्वल मुद्रा अनि अर्धचेत अवस्थालाई नजिकबाट नियाल्नसक्ने र तिमीलाई सम्हाल्नसक्ने हिम्मत ममा थिएन। त्यसैले म तिम्रो छेउमा जाने चेष्टै गरिनँ।
लडाइँमा युद्ध हारेको सिपाहीझैं श्रीकृष्णको पार्थिव शरीर बोकेको गाडीको पछिपछि, यो पाइला चलिरह्यो। बेलुकी ७ बजेतिर आर्यघाट पुगियो। त्यहाँ पनि श्रीकृष्णका शुभचिन्तक खचाखच भरिएका थिए। कुनै बेला त्यही ठाउँ सुनसान, उजाड लाग्थ्यो तर त्यो दिन त्यही घाट साँघुरो भएको थियो।
मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौ, एउटै विद्यालयमा शिक्षाको ज्योति पायौ, एसएलसी गर्यौ।
पाइला टेकेर उभिने ठाउँ कहीँ थिएन। सक्ने भए त्यो भीडले हाम्रा प्रिय श्रीकृष्णलाई यमराजको मुखबाट थुतेर ल्याउँथ्यो। नजिकैको पुलमा सञ्चारकर्मीको भीडमा बसेर बेहोसीमै तिमीले अञ्जुलीले पानी खुवाएको अनि प्रेमपूर्वक एकोहोरो उनैलाई पुकारिरहेको दृश्यको साक्षीमात्र बन्न सकेँ।
तिम्रो नजिकै गएर ‘नानु नरोऊ’ सम्म भन्न सकिनँ। किनकि यो बज्रपात यस्तो हो जसले भोगेको छ, उसले मात्र अनुभूत गर्न सक्छ। तिमी रुँदै थियौ, कराउँदै थियौ, आर्यघाटमा उर्लिएको शुभचिन्तक तथा सर्वसाधारण पनि तिमीसँगै रुँदै थिए।
त्यो भीडमा कोही भन्दै थिए, ‘विचरी साह्रै अभागी रैछिन्, कोही भन्दै थिए गर्भवती छे रे !’ त्यो ठेलमठेलको भीडमा भलाकुसारीका अपाच्य शब्दहरू मेरो कानमा ठोक्किएपछि मलाई त्यसप्रति आपत्ति भयो तर माहोल प्रतिवाद गर्नसक्ने थिएन।
बहिनी, हामीले आफूले आफैंलाई परिवर्तन गर्न सजिलो छ तर सदियौंदेखिको सामाजिक मूल्यमान्यता तथा अन्धविश्वासलाई सजिलै परास्त गर्न सकिँदैन। समाजले त के भन्दो रहेछ, के भन्दो रहेनछ। जताबाट हावा आउँछ त्यतै पात हल्लिएझैं हल्लिन्छन्, यहाँका मान्छेहरू।
श्रीकृष्णजीको पार्थिव शरीरलाई निष्ठुरी आगोले जलाउँदै गर्दा हेर्न नसकेर अझ भावविह्वल भएकी तिमी र ८२ वर्षीया आमालाई सहयोगीहरूले बाहिर लिएर गए, म भने त्यही पुलको छेउमा बसी विगतलाई सम्झन पुगेछु।
मैले अचानक सम्झिन पुगेको विगत कुनै काल्पनिक थिएन। तिम्रो र मेरो यथार्थ थियो। हामी एउटै गाउँ, समाजमा हुर्कियौं, एउटै विद्यालयबाट शिक्षाको ज्योति पायौं, एसएलसी ग:यौं। हामीले पढेको स्कुल एउटै, पढाउने गुरुहरू एउटै, फरक थियो त केवल हाम्रो दैनिकी तथा तिमी र मबीचको उमेरमात्रै।
उमेरले म तिम्रो दिदी त तिमी मेरी बहिनी। त्यो गाउँठाउँमा तिम्रो बुबालाई बालकदेखि वृद्धसम्मले ‘जमदार बा’ भनेर चिन्थे। कलाकारका रूपमा प्राय: टेलिशृंखला ‘हिजोआजका कुरा’मा देखिने उनै चर्चित पात्र जमदार बाकी प्रिय छोरी तिमीलाई के खाऊँ, के लाऊँ भन्ने कहिल्यै चिन्ता भएन, मात्र आफ्नो पढाइमा कसरी उत्कृष्ट हुने भन्नेमा तल्लीन रह्यौ।
त्यसकै फलस्वरूप विद्यालयको पढाइ सकेर इन्जिनियरिङ पढेर सानै उमेरमा इन्जिनियर बनी आफ्नै खुट्टामा उभिएकी तिमीले कलाकारिता क्षेत्रमा पाइला बढाएको सुनेर खुसी लागेको थियो। किनकि कलाका पुजारी बाबुकी छोरी तिमी कला क्षेत्रमै आयौ। काभ्रे जिल्लाको इज्जत बढायौ।
२०५३ सालमा एसएलसी परीक्षा दिएर सहर छिरेपछि मेरो आफ्नै व्यक्तिगत कारणले गाउँ पातलो जान थालेँ र तिमीसँग भेट हुन सकेन। एकैचोटि मेरो भेट तिमीसँग २०६६ सालमा काठमाडौंमा भयो, जति बेला तिमीले सिनेजगत्मा आफ्नो नाम स्थापित गरिसकेकी थियौ।
यो भेटमा तिमीले रक्षा नेपालले चालेको कदमप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै संस्थाको सदस्यता लियौ र यौनजन्य हिंसापीडित/प्रभावित दिदीबहिनीको पक्षमा उभिने प्रण गर्यौ। सानै उमेरमा तिमीभित्र आएको त्यो व्यावहारिक परिपक्वता, सादा जीवन अनि सधैंको हँसिलो मुहारले तिमीलाई भेट्दा छुट्टै आनन्द पाउँथेँ म।
तर, त्यो हँसिलो मुहारमा एक्कासि छाएको कालो बादलले म पनि मर्माहत भएकी छु। हुन त हामीले सोचेजस्तो जीवन हुँदैन भन्ने थाहा छ तर यो मन कहिलेकाहीँ अबुझ बन्ने रहेछ। श्रीमान्को असामयिक वियोगमा रहेकी तिमीलाई भेट्ने तीव्र चाहनाअनुसार श्रीकृष्णको स्वर्गारोहण भएको सातौं दिनमा मात्रै साहस बटुलेर तिम्रो घरतिर पाइला बढाएँ।
मनमा अनेक कुरा तँछाडमछाड गर्दै रहे। मेरो मनले भन्दै थियो, ‘मेरी प्रिय बहिनी सेतो कपडा बेरेर एउटा कुनामा बसेकीहोलिन्, त्यो दृश्य कसरी हेर्नु?’ खै किन हो कुन्नि, म जीवनमा सबै कुराको सामना गर्न सक्छु तर बाध्यतावश एउटी महिलाले शिरदेखि पाउसम्म सेतो पहिरेको हेर्न सक्तिनँ।
त्यसैले तिम्रो घरको आँगनमा पुग्नेबित्तिकै मन ढक्क फुलेको थियो। मुटुको ढुकढुकी पनि बढिरहेको थियो। एकजना दाइको सहारामा सरासर तिमी बसेको कोठामा गएँ। तिम्रो हालत उस्तै थियो, भेट्न आउनेको घुइँचो थियो तर तिम्रो शरीरमा सेतो कपडा रहेनछ। त्यो देख्नेबित्तिकै मलाई छुट्टै खुसी मिल्यो। द्रूत गतिमा बढिरहेको मेरो ढुकढुकी कम भयो।
विविधतामा एकता भएको हाम्रो मुलुकमा एक सयभन्दा बढी जातजाति तथा भाषाभाषी छन्। उनीहरू सबैको आफ्नै संस्कार छ। हुन त मलाई कुनै पनि जातजाति र भाषाभाषीको रीतिरिवाज, संस्कार तथा परम्पराका बारेमा पूर्ण रूपमा जानकारी छैन।
सबै भाषा, जात, लिंग, धर्मलाई म हृदयदेखि नै सम्मान गर्छु तर त्यो दिन तिमीलाई छुन पाउँदा, सँगै अँगालेर बस्न पाउँदा अनि तिम्रो शरीरमा सेतो पहिरन देख्नु नपर्दा साँच्चै खुसी लाग्यो अनि नेवार समुदायको संस्कारप्रति गर्व पनि लाग्यो।
त्यो दिन केही क्षण बसेर छुट्टिएको मैले आजसम्म तिमीलाई फोन गर्ने वा भेट्ने आँट गरेको छैन। अन्य सर्वसाधारण नेपालीजस्तै तिम्रोबारेमा मिडियामा छाएका खबरबाट नै अपडेट हुँदैछु।
म तिमीले अश्रुधारा बगाएको तस्बिर हैन, पहिलेजस्तै गरी मस्त हाँसेको मुहार हेर्न आतुर छु अनि एक्लाएक्लै रोएर घरभित्रै बस्ने श्वेता हैन, शोकलाई शक्तिमा बदलेर ऊर्जाका साथ कर्मक्षेत्रमा समर्पित बनी अन्य महिलाका लागि समेत प्रेरणादायी बन्नसक्ने बहिनीको पर्खाइमा छु।(लेखिका रक्षा नेपालका अध्यक्ष हुन्।)
काठमाडौ, आश्विन ३० – यस वर्ष सुरु हुने भनिएको प्राविधिक एसएलसी तयारीमा रहेका झन्डै पाँच हजार विद्यार्थी अन्योलमा परेका छन् । उनीहरूले फारम भरिसके पनि यससम्बन्धी ऐन संशोधन नहुँदा समस्या देखिएको हो ।
प्राविधिक क्षेत्रमा जान चाहने विद्यार्थीहरूलाई ९ कक्षाबाटै त्यसतर्फ लैजान विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) ले यो अवधारणा ल्याएको हो । नियमित ८ सय र प्राविधिक एसएलसी हजार पूर्णाङ्कको हुन्छ । सरकारले सञ्चालन गरेको एसएसआरपी कार्यक्रममा उल्लेखित उक्त अवधारणा कार्यान्वयन गर्न त्यसअनुकूल ऐन संशोधन गर्नुपर्ने थियो ।
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले भने परिमार्जित ऐन संसद्मा पेस गर्ने अन्तिम तयारीमा रहेको बताए । ‘शिक्षा ऐन संशोधित विधेयकका रूपमा तयार छ,’ उनले कान्तिपुरसित भने, ‘छिट्टै संसद्मा पठाउँदैछौं । त्यसपछि यी यावत समस्याले निकास पाउने छन् ।’
पहिलो पटक देशभरिका ९९ विद्यालयका विद्यार्थीले प्राविधिक एसएलसी परीक्षा दिनेछन् । यो वर्षदेखि १० कक्षाका प्राविधिक विद्यार्थीले कृषिअन्तर्गत पशुविज्ञान र बाली विज्ञान, इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ विषय पढ्दै आएका छन् । नयाँ संरचनाअनुसार प्राविधिक विषयतर्फका विद्यार्थीले दिने एसएलसीको प्रमाणपत्र कुन आधारमा रहने भन्ने प्रश्न पनि उब्जिने छ । मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले भने शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम परिमार्जन तथा परीक्षा समितिले यसको निकास दिने बताए । उनले भने, ‘प्राविधिक एसएलसी दिने विद्यार्थीलाई कुनै कानुनी समस्या पर्ने छैन ।’
मन्त्रालयले सन् २००९ देखि प्रस्तावित रूपमा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गरेको हो । त्यसअनुसार विद्यालय संरचना कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक तह हुनेछ । तर, ऐन संशोधन नहुँदा यसले हालसम्म वैधानिकता पाएको छैन । विद्यमान शिक्षा ऐनले कक्षा १ देखि ५ लाई प्राथमिक, ६ देखि ८ लाई निम्नमाध्यमिक, ९ र १० माध्यमिक तह कायम छ । उच्च माध्यमिक शिक्षा ऐनअन्तर्गत ११ र १२ सुचारु छ ।
नयाँ संरचनाअनुसार हालसम्म कक्षा १० पछि लिइने एसएलसी परीक्षा बोर्ड र उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको परीक्षा बोर्डलाई गाभेर ‘राष्ट्रिय परीक्षा बोर्ड’ कायम हुनुपर्नेछ । त्यसैगरी शिक्षकको योग्यतासमेत फरक पर्नेछ ।
आधारभूत तह पढाउन कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णले मात्र माध्यमिक तहमा पढाउन पाउने छन् । माध्यमिक तहको प्रधानाध्यापकले स्नातकोत्तर हासिल गरेकै हुनुपर्नेछ ।
शिक्षक सेवा आयोग विद्यालय शिक्षक पदपूर्ति गर्ने एकमात्र निकाय हो । ऐन संशोधन नहुँदा पुरानै व्यवस्थाअनुसार १२ हजारभन्दा केही बढी दरबन्दीमा हालै शिक्षक पदपूर्ति भएको छ । चालू आर्थिक वर्षमा समेत रिक्त दरबन्दीमा पदपूर्ति गर्ने योजना रहेको आयोगका अध्यक्ष उदयराज सोतीले जनाए ।