सर्जक शिव सुवेदीको ‘खोइ हाम्रो दिलमा त घामै लाएन’ (फोटो सहित)

काठमाण्डौ । नेपाली जनताको लागि नेताहरुले केही गर्न सकेनन् भन्ने आवाज जताततैबाट उठिरहेको अवस्थामा सर्जक शिव सुवेदीले ‘खोइ हाम्रो दिलमा त घामै लाएन’ बोलको गीत बजारमा ल्याउनेभएका छन् ।

नेपाली लोक गीतसंगीतका १० जना सफल गायक–गायिकाहरुसँग सहकार्य गरेर तयार पारिएको सो गीतले समसामायिक घटनालाई उत्थान गर्न सफल भएको छ ।

लोकतन्त्र गणत्रन्त्र जे भने नि भन,
देश हाक्न खोज्नेहरु अलि सचेत बन
मिलाउन पर्ने बेलाँ स्वर माथि स्वर
चार तिर फर्केका छौ यै राजनीति हो र ?

खोइ हाम्रो दिलमा त घामै लाएन
जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन !!!!!

गीतमा गायक पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्रि पंगेनी, रामजी खाँड, कुलेन्द्र बि.क., खुमन अधिकारी, पुस्कल शर्मा र प्रकाश सपुत बि.क.ले आवाज दिएका छन् भने गायिकाद्धय जुना श्रीस मगर र शान्ति श्री परियारले कोरस आवाजमा साथ दिएका छन् ।

गीतको भिडियो समेत छाँयाङकन काठमाण्डौको खुल्लामन्चमा गरिएको छ । भिडियोमा गीतमा स्वरबद्ध गरेका १० गायक–गायिका लगायत गायिका सम्झना लामिछाने, अन्य व्यक्तिहरुलाई समेत देख्नपाइनेछ । भिडियोमा खुल्लामन्चदेखि संविधानसभाको भवन अगाडीका दृश्यहरु देख्न पाइनेछ ।

मंगलबार भिडिया छाँयाङकन गर्ने दिन उनीहरु काठमाडौँको खुल्लामन्चमा सहभागि भएका थिए । उनिहरु कुनै राजनीतिक कार्यक्रमको लागि नभई माथीे संयुक्त रुपमा गाएको गीत ‘खोइ हाम्रो दिलमा त घामै लाएन’ को शुटिंगको लागि उनिहरु जम्मा भएका थिए । उत्तः गीतलाई विगत एक दशक देखि गीतसंगीतमा कलम चलाउदै आएका गीतकार तथा संगीतकार शिब सुवेदीले तयार पारेका हुन् ।

सँधै माया प्रितिका गीत गाउनु भन्दा देशको अबस्थाको बारेमा चेतना जगाउने र गलत सँस्कारलाई खबरदारी गर्ने गीत गाउँदा भिन्नै प्रकारको आनन्द आउने गायक पशुपति शर्माले बताए । जनताका गायकको रुपमा आफ्नो छुट्टै परिचय बनाइसकेका गायक बद्रि पंगेनीले पनि यो गीतले साँच्चिकै जनताको आवाज बोलेको बताए ।

ffhj

प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियो अब केही दिनमा पुष्पान्जली म्युजिक मार्फत बजारमा आउँदैछ ।

रोयल्टी समाजमा पनि आबद्ध रहेका सुबेदीको घामजस्तो चम्किलो जुन हुदैन , भुमरीमा परे भने म , घामले नि पोल्दियो , भुल्ने भयो धौ , आमा तिम्रो दुधको भार, किन यस्तो हुन्छ लगायात गीतहरु अझै चर्चामा रहेका छन् ।

Leave a comment