भारतीय प्रधानमन्त्री मोदी जापानमा

 

जापान अगस्ट ३० – भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी जापान आई पुगेका छन् । जापानको पाँच दिने भ्रमणको लागी उनी आज जापान आई पुगेका हुन् । एयर ईण्डीयाको बिशेष बिमानवाट उनि आज जापानको ओसाका बिमानस्थल उत्रीएका हुन् । उनि बिमानस्थलवाट बिशेष कार मार्फत क्योटो सहर पुगेका छन् । उनीसंग भेट गर्न जापानका प्रधानमन्त्री सिंजो आबे पनि क्योटो सहर पुगेका छन् ।image

आजै दुई देशका प्रधानमन्त्री बिच आपसी हितको बिसयमा छलफल हुने कार्यक्रम छ । मोदीको जापान भ्रमणलाई भारत र जापानमा बिशेष महत्वका साथ हेरीएको छ । मोदीको भ्रमणको बखत भारतमा बुलेट ट्रेन निर्माणमा भारतीय पक्षले जापानको सहयोगको अपेक्षा गरेको भारतीय संचार माध्यहरुले जनाएका छन् । मोदी सगै भारतका मुख्य ब्यबसायी मुकेश अम्बानी लगायत औद्योगी ब्यबसायीहरु रहेकाले महत्व पुर्ण ब्यापारीक सम्झौता समेत हुने बताईएको छ । भारतीय मिडीयाहरुले मोदीको जापान भ्रमणलाई चिन संग पनि जोडेर चर्चा गरिरहेका छन् ।

 

 

 

 

Leave a comment