पाइलटले जब बाटो देखेनन्

काठमाडौं,भदौ १८–के नेपाल छिर्ने आतंकवादी भारतीय मात्रै हुन्छन ? तिनीहरुले दक्षिणकै र सरकारी जहाज मात्र पञ्योग गर्छन्  ? गत साता मुजाहिद्दिन आतंकवादी नेपाल पसेर अर्को जहाज अपहरण गर्न लागेको सुचनाका आधारामा त्रिमुवन अन्तर्रािष्ट्रय विमानस्थलस्थित सुरक्षा संयन्त्रले भुटानको सरकारी विमान सेवा ड्रक एयर ,भारतको एयर इन्डिया र निजी क्षेत्रका केही जहाजमात्र सतर्कता पुर्जी जारी गरेपछि यस्तो प्रश्न उठेको हो ।
नरेन्द्र मोदी पशुपति जाँदा त्यहाँबाट २ जना बंगलादेशी नागरिक पक्रउा परेका थिए । कलबाइपास लगायतका धेरैजसो गलत धन्दामा बंगलादेशी र पाकिस्तानी समातिने गरेका छन् तर भुटानकै निजी क्षेत्रको विमान सेवा भूटान एयर र विमान वंगलादेशलाई चाहिँ ‘यात्रुमाथि निगरानी बढाउनु’ भनिएन ।काठमाडौं विमानस्थलको दुरावस्थाबारे कतार,फ्लाई दुबईलगायत खाडी राष्ट्रका बायुसेवा कम्पनीले गुनासो पत्र पठाएका छन् ।
एयरपोर्टमा सामान्यतयाः ३ प्रकारका बत्ति हुन्छन् । रनवे लाइट,ट्याक्सी वे लाइट र पापी लाइट । पापी लाइट भनेको ४–५ वटा बत्ति एकैठाउँमा गुज्मुज्ज राखिने बत्ति हो । रनवेको अबस्था त माथिबाट देख्न सकिन्छ तर जहाज अबतरणपछि पार्किङमा जाँदा बत्तीको संकेत पछ्याउनुपर्ने हुन्छ । विमानस्थलमा अस्ट्रेलियन प्रोजेक्टले करोडौं लगाएर बत्ती फेरेको केही वर्ष वितेको छैन । भर्खरै पनि नागरिक उड्डयन प्राधिकरणले ८–९ करोड खर्च गरेर बत्ति जोगाड गरेको हो तर त्यस्ताबत्तिलाई घाँसले छोपेपछि पाइलटले ‘हामीले बाटो देख्दैनौ’ भनी गुनासो गरेका हुन्,आजको जनआस्था साप्ताहिकमा खबर छ ।
 
 

Leave a comment