गर्भावस्थामा खुसीसँगै पीडा

विवाहपछि धेरै महिलामा आमा बन्‍ने रहर हुन्छ। यसो हुनु स्वाभाविक पनि हो। आमा बन्‍ने महिलाका लागि सबैभन्दा सुखद पक्ष मानिन्छ। तर आमा बन्ने प्रक्रिया अर्थात् गर्भावस्थामा हुने पीडा र त्यसप्रति सजगता अपनाउन नसक्दा कतिपय महिलाको जीवन जोखिममा पर्नुका साथै उनीहरूको आमा बन्ने रहरसमेत पूरा नहुन सक्‍छ।

यसै विषयलाई लिएर धेरै महिला गर्भावस्थामा चिन्तित बन्‍ने गरेको पाइन्छ। गर्भावस्थामा के गर्ने, के नगर्ने अनि के खाने, के नखाने भन्‍नेमा धैरे महिला दोधारमा पर्ने गर्छन्। कतिपपय महिलालाई त गर्भावस्थाको प्राराम्भिक चरणमा गर्भ रहेको नरहेको पत्ता लगाउन हम्मेहम्‍मे नै पर्छ।

चिकित्सकका अनुसार गर्भाधारणपछि गर्भवती महिलाले विभिन्‍न समस्यासित लड्नुपर्ने हुन्छ। यसका लागि उनीहरूले मनसँगै तन पनि बलियो बनाउनुपर्छ। यतिबेला अपनाइने केही सावधानी र हेरचाहले सुरक्षित तरिकाले गर्भावस्थाको जटिलता कम गर्न सकिन्छ।

गर्भाधारणको पहिलो लक्षणमा महिनावारी रोकिनु हो। यतिबेला आलस्‍य आउने, वाकवाकी लाग्‍ने, पटक पटक पिसाब आउने, हल्‍का ज्‍वरो आउने, टाउको दुख्‍नेजस्ता लक्षण देखा पर्न सक्‍छन्। चिकित्‍सकहरु यस्ता लक्षणलाई स्वभाविक मान्‍ने गर्छन्। त्‍यसैले यस्तो बेला आत्तिएर कुनै औषधि सेवन गर्नु हुँदैन। 

र महिला एउटा स्वास्थ्य बच्चाको जन्म दिन सफल हुन्छिन्। गर्भावस्थामा नियमित स्वास्थ्यजाँचका साथै घरमा अपनाउने व्यवहार आफ्नो र बच्चाको स्वास्थ्यका लागि उचित छ कि छैन भन्‍नेमा गम्भीर हुनुपर्छ।

स्त्रीरोग विशेषज्ञ प्राडा चन्दा कार्की यतिबेला चिकित्सकको सल्लाह लिनु अन्त्यन्तै जरुरी हुने बताउँछिन्। चिकित्सकसँगको परामर्शपछि मात्र यसका लक्षण पनि सजिलै बुझ्न सकिन्छ।

गर्भवतीले ख्याल राख्‍नै पर्ने कुरा

गर्भाधारणको पहिलो लक्षणमा महिनावारी रोकिनु हो। यतिबेला आलस्य आउने, वाकवाकी लाग्ने, पटकपटक पिसाब आउने, हल्का ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन्। चिकित्सकहरू गर्भावस्थामा देखा पर्ने यस्ता लक्षणलाई स्वाभाविक मान्‍ने गर्छन्।

त्यसैले यस्तो बेला आत्तिएर कुनै औषधि सेवन गर्नु हुँदैन। महिनावारीपछिको करिब १४ दिनपछि ओवुलेसनको समय सुरु हुन्छ। यो समय गर्भधारणको लागि सबैभन्दा उत्तम समय भएको चिकित्सक बताउँछन्। पहिलो हप्तामा भन्दा दोस्रो हप्तामा थकाइ बढी लाग्ने, टाउको दुख्‍ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिने क्रम बढेर जान सक्‍छ।

हार्मोनमा परिवर्तन तीव्र गतिमा हुन्छ। भ्रूणले जीवनको रूप लिन सुरु गर्छ। पेट र खुट्टा दुवैमा कहिलेकाहीँ ऐठन पनि हुन सक्‍छ। बिस्तारै महिलाको पेट बढ्न थाल्छ र मूत्र थैली माथि दबाब बढी परेर पिसाब धेरै आउन थाल्छ। यतिबेला गर्भवतीहरूले भगवान् श्रीकृष्णको गीता पढ्ने गरेको पाइन्छ, खासगरी कृष्णको बाल्यकाल थाहा पाउन।

तेस्रो हप्ताको गर्भावस्थाले हरेक महिलालाई एउटा नयाँ अनुभव दिएर जान्छ। यतिबेला महिलाले धेरै कुरा सिक्ने मौका पाउँछन्। यतिबेला अगाडिको समयभन्दा बढी महिलामा फेरबदल हुने गर्छ। यतिबेला भ्रूण विकास पहिलेभन्दा तीव्र रूपमा हुन्छ।

भ्रूणको विकासमा यो चौथो हप्ता एकदम महत्त्वपूर्ण हुन्छ। यो हप्तामा भ्रूणले अन्डाकारको रूप लिन्छ। गर्भावस्थाको पाँचौं हप्ता आफू र आफ्नो बच्चालाई चाहिने सन्तुलित पौष्टिक आहार या जीवन शैलीमा अझ परिवर्तन ल्याउनु जरुरी हुन्छ।

भनिन्छ, यतिबेला बच्चा पाँचदेखि ६ मिमि लामो हुनुपर्छ। यसको साथसाथै मस्तिष्कको विकासको सुरुआत पनि हुन्छ। एस्ट्रोजोन र प्रोजोस्टेरोनको स्तर बढ्दै जान्छ। कहिलेकाहीँ कतै गर्भवतीमा दाग देखिने र ब्लिडिङ पनि हुन सक्छ र केही ऐठनको पनि अनुभव हुन सक्छ।

बाँकी समय गर्भवती महिलाका लागि अझ संवेदनशील हुन्छ। खानपानमा विशेष ध्यान दिने र केही समस्या देखिन थालेमा चिकित्सकको निरन्तर परामर्श लिनुपर्ने हुन्छ।

गर्भावस्थामा कस्तो खाना खाने ?

यतिबेला गर्भवती महिलाको शरीरमा हर्मोनको परिवर्तनसमेत सुरु हुने गर्छ, जसका कारण उनीहरूको व्यवहारमा समेत फेरबदल हुन सक्छ। गर्भ रहेको थाहा पाउनासाथ तुरुन्तै आफ्नो खानपानमा परिवर्तन गर्नुपर्छ।

यस्तो खानुपर्छ जसले आफूलाई मात्र होइन पेटभित्रको शिशुको लागि पनि फाइदा पुगोस्। यदि कुनै महिलाको जाँड, रक्सी, धूमपान गर्ने, चिया कफी बढी खाने बानी छ भने तुरुन्त हटाउनुपर्छ। यसो गरिएन भने त्यसको प्रत्यक्ष असर बच्चामा पर्न जान्छ।

खानामा भिटामिन, क्यालोरी र प्रोटिनको मात्रा दैनिक खाने खानामा समावेश गर्नुपर्छ। चिकित्सकको सल्लाह बिना भिटामिन ई र सी खानु हुँदैन। प्राडा कार्कीका अनुसार गर्भावस्थाको सुरुका दिनमा भिटामिन बी (फोलिक एसिड) को सेवन गर्नु जरुरी छ।

यसले दिमाग र मेरुदण्डमा हुने खराबबाट नवजात शिशुमा जोगिन सक्छन्। यो अवस्थामा भोक लाग्दैन नलागे पनि थोरैथोरै गरेर खाना खाइरहनुपर्छ, ताकि बच्चालाई पोषण मिल्न सकोस्। साथमा चिकित्सकको सल्लाहमा आफ्नो खानाको तालिका बनाउन बिर्सनु हुँदैन।

फलफूल, हरियो तरकारी र दूधजन्य पदार्थ दैनिक खानु राम्रो हो। तर चिसो, बासी खाना र काँचो दूध खाएमा त्यसको असरले बच्चाकै ज्यान जान सक्छ। गर्भावस्थामा माछा, मासु खान बन्द गर्नुपर्छ। खानै मन लागेमा पहिले चिकित्सकको सल्लाह लिनुपर्छ। यतिबेला दैनिक रूपमा हल्का शारीरिक अभ्यास गर्न छुटाउनु हुँदैन।

सकारात्मक सोचको विकास

गर्भावस्थामा शारीरिक अभ्यासको कमीले पनि थुपै समस्या देखिन सक्छ। दैनिक हल्का शारीरिक अभ्यास गरेमा महिलाको शरीर फूर्तिलो हुनुका साथै पेटमा रहेको बच्चालाई पनि त्यसले सहज वातावरण दिन्छ। तर व्यायामको नाममा धपेडीबाट भने गर्भवती महिला सदैव बच्नुपर्ने चिकित्सकको सुझाव छ।

गह्रुँगो भारी नउचाल्ने, कपडा धुनेलगायत निहुरिएर गर्ने काम गर्नुहुँदैन। गर्भावस्थामा सदैव खुसी रहने, सकारात्मक सोचाइमात्र राख्ने गर्नुपर्छ। एकैछिन पनि तनावमा बस्न हुँदैन। अगाडिको कुरा सोचेर चिन्ता गर्नु हुँदैन।

साथै यस्तो बेला राम्राराम्रा उपन्यास र किताब पढ्नुपर्छ। जसले मनोवल प्रदान गर्नुका साथै आनन्द प्रदान गर्छ। सकेसम्म एक्लै नबस्ने साथी आमा, दिदीबहिनीको साथमा समय बिताउनु उत्तम हुन्छ।

सरसफाइ र स्वच्छ वातावरण

गर्भवती महिला धुवाँ, धूलोबाट बच्नुपर्छ। शरीर सदैव सफा राख्ने, हातखुट्टामा नङ पाल्नु हुँदैन। नरम कपडामात्र लगाउनुपर्छ। पेटलाई असर पर्ने गरी कुनै शारीरिक अभ्यास गर्नुहुँदैन।

हल्का शरीर तन्काउने, हातखुट्टा चलाउने, बिहान चिसो हावामा केही समय हिँड्ने, सकेसम्म हरियो दूबोमा हिँड्ने गर्नुपर्छ। गर्भावस्थामा तपाईंले अपनाएको एक सजगताले पनि तपाईं र तपार्इंको जीवन सुखद हुनेछ।

 

 

 

Leave a comment