आधा रातमा भारतीय राजदूत किन पसे शीतलनिवास ?

कुटनीतिक मर्यादा उल्लंघन गर्दै राष्ट्रपति

काठमाडौं, भदौ १८ – कुनै पनि देशको राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री वा नेता र विदेशी राजदूतबीच भेटवार्ता गर्नुपर्दा निश्चित कुटनीतिक आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । परराष्ट्र मन्त्रालयमा यस विषयमा के गर्ने वा नगर्ने भन्ने विषय स्पष्ट उल्लेख छ । तर, यहाँ भने त्यो आचारसंहिता नेताहरुले बिरलै पालना गरेको पाइन्छ ।

Rambaran_Yadav_20120708082034हुँदा हुँदा देशको राष्ट्र प्रमुखको ओहदामा रहेका राष्ट्रपतिले समेत कुटनीतिक मर्यादालाई पालना नगरेको पाइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत भदौ ६ गते कुटनीतिक आचारसंहितालाई कुल्चिँदै भारतीय राजदूत राती ८ बजे शीतलनिवास प्रवेश गरेका छन् । त्यहाँ राष्ट्रपति र राजदूतबीच दुई घण्टा छलफल भएको थियो । राजदूत रे दश बजेपछि मात्र शीतलनिवासबाट फर्केका थिए ।

कुटनीतिक आचारसंहिता र मर्यादाको विषयमा जोडदार कुरा उठाउँदै आएका पूर्व परराष्ट्रमर्न्त्री नारायणकाजी श्रेष्ठ यस्तो व्यवहारले देश प्रतिष्ठामाथि नै आँच पुर्याउने बताउँछन् । राष्ट्रपतिबाट अहिले मात्र नभएर पहिले पनि यस्तै घटनाहरु हुँदै आएको थियो । म परराष्ट्रमन्त्री हुँदा पनि राष्टर्पति कार्यालय र स्वयं राष्ट्रपतिलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको थिएँ, उनले भने । त्यतिबेला राष्ट्रपतिले अब आइन्दा त्यस्तो कार्य नगर्ने भनेपनि उनले यस्ता भेटघाट दिउँसोको सट्टा राती राख्न थालेको बताउँछन् ।

श्रेष्ठ भारतीय राजदूतले यसरी गोप्य रुपमा राती राष्ट्रपतिलाई भेट्ने कुरा कुटनीतिक मर्यादामा मात्र सिमित नरहेको तर्क गर्छन् । यसरी भेट्नु भनेको भारत अझै पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खाजेको प्रष्ट देखिन्छ, श्रेष्ठ बताउँछन् ।

 

 

 

 

 

Leave a comment