पदनाहा बर्दिया, जहाँ राज्य छैन…(बर्दियाबाट फर्केपछि)

20140829_061916‘ट्याक्टरको आवाज सुन्ने वित्तिकै चामल लिएर कोही आए जस्तो लाग्छ ।’ पदनाहा रानीपूरका मायाराम थारुले भने ‘ घरको सबै बगाएर लग्यो, खाने अन्न छैन ।’ उनको बास त्रिपालको सहारामा हुने गर्दछ त्यो त्रिपाल कुनै एक संस्थाले दिएको हो । नाना, छाना र दाना बगाएको १५ दिन बिति सक्यो । तर राज्य त्यहा पुग्न सकेको छैन ।
१५ दिन अघि बबई नदिको बाढीका कारण बर्दियाको पदनाहा रानीपुर, घोरपिट्टा र गुरुवा गाउ“का अधिकांशको दिनचर्या यसरी नै बित्ने गरेको छ । सरकारले ध्यान नदिँदा उनीहरुको यो अवस्था बन्न पुगेको हो । ‘कहिलेकाहीँ एनजीओहरुले ३ किलो चामल दिन्छ ’ थारुले भने ‘त्यसैको भरमा यतिका परिवार कसरी चल्छ ।’
बाढी विस्थापीत उक्त क्षेत्रमा राहतको नाममा नेपाल सरकारले केही पनि दिएको छैन । एक एनजीओले केहि राहत दिए पनि हाल सम्म सरकारले भने केहि पनि रहत नदिएको पुर्व गाविस अध्यक्ष पुर्ण शर्माले बताए । ‘९ सय घर परिवारलाई राज्यले अहिले सम्म कुनै वास्ता गरेको छैन ।’ उनले भने ‘ राज्यले उद्दारमा केहि गरेन पछि घरबार विहिन हुदा पनि केहि गरेन ।’
‘हामीलाई अहिले सम्म सरकारले केहि पनि दिएको छैन । हामीसंग लगाएको लुगा बाहेके केहि पनि छैन ।’ बरबट्टाका बाढी पीडित मानबहादुर थारुले भने ‘ बस्ने बास बबइ नदिले लग्यो, खाने सामल लग्यो , राज्यको तर्फ बाट कुनै फुटेको कौडी पनि पाएका छैनौं ।’ उनले थपे ‘ विपतको बेला समेत राज्यले समेत केहि नगर्ने राज्यबाट के आशा गर्ने ?’
20140829_072619रानीपुरकै बाढी पीडित जयराम थारु आफुलाई भाग्य राज्य दुवैले ठगेको दुखेसो पोख्छन् । ‘सरकार भनेको दुःखको बेला चाहिने हो तर सबै चिज भाग्यमा हुन पर्दो रहेछ, हामीलाई भाग्यले ठग्यो ।’ उनले भने ‘अन्तैबाट आएको तीन किलो चामलले ८ जनाको परिवार कति समय चल्न सक्छ ? ’ उनी थप्छन् ‘कतै गाडीको आवाज आउँदा राहत आयो की भनेर छाती फुल्छ ।’
गाविस सचिव डिल्लाराम आचार्य खबर पाएर पनि जिल्लाले समेत केहि गर्न नसकेको स्विकार गर्छन । ‘खबर भएर पनि सरकारी तवरबाट हाम्रँे गाविसलाई केहि सहयोग नहुनु विडम्बना हो ।’ उनले भने हामीले तथ्याङ्क जिल्लामा पठाएका छौं, केही गैरसरकारी तवरबाट सहयोग आउने क्रम जारी छ तर प्रयाप्त आउन सकेको छैन ।’
रानीपुरकी स्थानीय राजुकुमारी चौधरी राज्यबाट बासको पाउने आशामा छिन । ‘हामीलाई बाढीले बास उठायो सरकारबाट हामीले बासको ग्यारेन्टी र गा“सको व्यवस्थाको आशा गरेका छौं ।’ उनले थपिन्, ‘संस्थाबाट आएको २ किलो चामलले १० जनाको परिवार एक छाक टर्दैन ।’
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा साउन ३० मा आएको बाढीका कारण ८० हजार जना विस्थापित छन् ।

20140829_065258 20140829_081527

Leave a comment