रुख ढलेर घर च्यापिदा २ जनाको मृत्यु

टीकापुर नगरपालिका वडा नम्वर ८ मा रुख ढलेर घर च्यापिदा २ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्। प्रहरीका अनुसार आज बिहानपख घरमा च्यापिएर २० बर्षिय कृष्ण कसराको घटनास्थलमै र १२ बर्षका समर कसराको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको हो। 
 
सो घटनामा ४५ वर्षीया मन्सरा कसरा, १४ वर्षीया निशा कसरा र ६ वर्षका साहेल कसरा घाईते भएका छन्। घाईते सवैको टीकापुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुर्यबहादुर चन्दले जानकारी दिएका छन्। 
 
उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ खैरेनी गाउँमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाईकल रुखमा ठोक्किदा चालक किरण पण्डित र सवार १४ वर्षिय बालक प्रभाकर पण्डित घाइते भएको प्रहरीले बताएको छ। 
 
घाइते दुबै जनालाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गरेको छ।

‘तीजको लहर आयो बरिलै…’

 

महिलाहरु बलिउड र कलिउडका गीतमा मस्त नशामा

हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप सहयोग पुर्‍याइरहेको छ ।

यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात हरितालिकाको दिन निरहार (पानी पनि नखाई) व्रत बसी भगवान शिवको पूर्जा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो (असल, गुणी, राम्रो) पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।

‘हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ”–धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनको भने । तीज पर्वको दिन देशभरका शिवालयका ठूलो मेला लाग्ने गर्दछ ।

महिलाहरुले सासुऔससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा साथी सङ्गीसँग यसरी गीतमार्फत गुनगुनाउने गर्दछन,     

‘तीजको बेलामा सबै जान्छन मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।’

महिलाले वर्षभरिको दुःख पीडा एक दिन तीजको पर्वका दिन आफ्ना साथीहरुलाई गीतमार्फत सुनाएर मन हलुका पार्ने दिनका रुपमा मनाउँदै आइरहेका छन् । खाली खुट्टा दिनरात काममा खटिदा पनि आफू दुई गास खान नपाएको महिलाले यसरी आफ्नो पीडा पोख्दछन् ।

‘पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आटोले’

 तीज पर्व महिलाहरुले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो, लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ लोकगायिका तथा सभासद् सिन्धु जलेसा । महिलाले सासु–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।

भगवान शिवलाई पति पाऊँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक विश्वास अनुसार तीज पर्वको सुरुवात भएको पाइन्छ । नेपाली महिलाहरुले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ । तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाहरुले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । विरामी, अशक्त मात्र नभई अन्य महिलाहरुले पानी, फलफूल, जुस  खाएर व्रत बस्ने गरेका छन् ।

  “व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने छैन”–संस्कृतिविद् डा टन्डनको सुझाव छ । त्यति मात्र होइन, व्रत बस्ने महिलाहरु पनि सबै पति र हुनेवाला पतिका लागि मात्र बस्दैनन् । उनीहरु परिवारको सुख शान्ति र स्वास्थ्यका लागि व्रत बस्दछन् भने कोही मुलुकको सुख शान्ति, विद्याका लागि, राम्रो बालीनालीका लागि समेत व्रत बस्ने गरेको महिलाहरुको भनाइ छ ।

तीज पर्वमा माइतीलाई सम्झेर गीत गाउने संस्कृतिको सुरुवात नेपालको लुम्बिनी र गण्डकी अञ्चलबाट आएको पाइन्छ । अन्यायका विरुद्व आवाज उठाउन, आफ्नो जीवनमा भोग्नुपरेका दुःख, पीडालाई विस्तारै अन्य क्षेत्रका महिलाहरुले पनि आ–आफ्नो लोकभाकामार्फत व्यक्त गर्न थालेका छन् ।

“चेलीले कर्म घरमा दुःख पाएको व्यथा गीतमार्फत पोख्ने संस्कृति पूर्वमा थिएन, नेपालको लुम्बिनी र गण्डकीबाट यो संस्कृतिको सुरुवात भएको हो”–नेकपा (एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारीले विगत स्मरण गरिन् । उनका अनुसार त्यो बेलामा महिलाले सासु, ससुरा र श्रीमानले दिने यातनाविरुद्ध गीत गाउनु भनेको मुहिला मुक्तिको लागि भएको हो ।  तीज पर्वमा महिलाहरुले खुलेर आफ्नो अन्याय र अत्याचारका विरुद्वमा आवाज उठाउन थालेका छन् ।

तीजका कतिपय गीतमा नारी सशक्तीकरणका कुरा समेटिएका छन् । महिला शिक्षा, महिला जागरका बारेमा कुरा उठन थालेका छन् । महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार तीज पर्वलाई समयअनुसार महिला मुक्तिको आन्दोलनका रुपमा अगाडि बढाउनुपर्छ ।   
महिलाहरुले वर्षभरि जीवनमा भोगेका तीता अनुभवलाई लय मिलाएर तीजका दिन साथी सङ्गीहरुबीच आपसमा वेदना साट्ने पर्वका रुपमा विकास भएको हो तीज संस्कृति । तर अहिले पहिरन, खाना, गरगहना र तीजका गीत बजारमा ल्याउनमा प्रतिस्पर्धाको मारमा यो पर्व परेको छ । पर्वका नाममा अनावश्यक तड्कभड्क बढेको छ । समाजमा नपच्ने खालको प्रतिस्पर्धा, देखासिकी बढ्दै गएको छ ।

संस्कृतिलाई कायम राखेर पर्व मनाउनुभन्दा पनि कस्ले कति महँगो सारी लगायो, कति तोलाको फेसनअनुसारका सुनका गहना लगायो भन्ने प्रवृत्तिले प्राथमिकता पाउन थालेको छ । तीज पर्व आउनु एक महिनाअघिदेखि नै दर खाने नाममा पार्टी प्यालेस, रेष्टुरेंन्टमा गएर खाना खाने, महङ्गा गहना लगाउने प्रवृति बढ्दै गएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव समेत रहेका डा गोविन्द टन्डनले पशुपति आउने महिलाहरुलाई महङ्गो गहना लगाउँदा चोरी हुनसक्ने भन्दै नलगाउन आग्रह गरिएको बताए ।
 केही वर्षदेखि बजारमा बिक्री गराउने र पैसा कमाउने लहरमा नेपाली लोक कलाकारहरुले पनि आफ्नो संस्कृतिलाई कुल्चेर सस्तो विकाउ गीतहरु बजारमा ल्याएको देखिन्छ । अधिकांश गीति क्यासेटहरु धेरै विक्री गराउने लोभमा तीजको मौलिकतालाई बिर्सेर छाडा खालका गीत र नृत्यले भरिएका छन् ।

वर्षपिच्छे तीज पर्वमा नयाँ प्रस्तुती लिएर आउने गायिका कोमल ओलीले यो वर्ष यस्तो गीत बजारमा ल्याएकी छिन् ।। ‘हल्ला भो शिवजी तिम्रो मरो माया पिरेमको’ यो गीतमा जसोतसो नेपाली समाजले पचाइरहेको छ तर यसअघि ‘पोइल जान पाम’ भन्ने उनको गीतले तीज पर्वको नाममा ठूलो प्रहार भोग्नुपरेको ८८ वर्षीया लीलामाया पोखरेलको गुनासो छ । तीजका गीतमा छाडा शब्द र छोटा–छोटा कपडाले लीलामायाको मन दुखाएको छ । 

आजभोलि सात डाँडापारि कर्म घर बनाएर पठाएकी चेलीको दुःख, कष्ट र पीरमर्का कुनै पनि गीतमा सुनिदैन । सूचना र प्रवधिको विकाससँग आएको इन्टरनेट सामाजिक सञ्जालमा महिलाको कर्म घरका बेदना कसैले पोखेको देखिदैन ।

अझ शहरी वातावरणमा हुर्केका महिलाले संस्कृतिको महत्वलाई बुझ्नुभन्दा पनि विकृतिलाई नै बढावा दिइरहेका छन् । पार्टी प्यालेस र होटलमा वियर, ह्विस्की र रमका बोतल हल्लाउदै बलिउड र कलिउडका गीतमा मस्त नशामा झुमेका देखिन्छन् । दरको खाने बाहनामा मदिरा पान गरी नेपाली सभ्यताको धज्जी उडाउने विकृतिलाई समयमै रोक्न सकिएन भने नेपाली मौलिकता हराउँदै जानेछ ।

भविष्य निर्धारण गर्ने आगामी १० दिन

 

संविधान निर्माण ‘नेगोसिएसन’ को अन्तिम चरणमा आइपुगेको छ। भदौ २१ गतेसम्म पनि सहमति भएन भने मतदानबाट विवाद टुंग्याउने संविधानसभाको कार्यतालिकामा उल्लेख छ। संविधान निर्माणको बेला कुनै पनि मुलुकका लागि आशा र भयले राज गर्ने कष्टप्रद समय हो। अरु मुलुकले यस्तै बेला भोगेको प्रश्रववेदनाबाट प्रेरणा लिने समय पनि हो यो।
 

 
आजभन्दा ठीक २ सय २७ वर्षअघि आजको महाशक्ति अमेरिका यही पिडाबाट गुज्रिँदै थियो। सन् १७८७ को अगस्टमा आइपुग्दा अमेरिकी प्रतिनिधिहरु संविधानको निर्णायक छलफलमा व्यस्त थिए। त्यही वर्षको सेप्टेम्बर १७ तारेख मस्यौदामा प्रतिनिधिहरुले अन्तत: मतदान गरेपछि संयुक्त राज्य अमेरिकाको पहिलो संविधान जारी भएको थियो।
 
त्यो संविधानमा प्रतिनिधिहरुले मतदान गर्ने दिन बेन्जामिन फ्र्यांकलिनले संविधान लेख्न भेला भएको सम्मेलनमा दिएको मन्तव्य उनको जीवनकै उत्कृष्ट मन्तव्यमध्ये मानिन्छ। सो मन्तव्यले संविधानमा सहमति जुटाउन कति कठिन भएको थियो भन्ने पनि देखाउँछ।
 
फिलाडेल्फियाका प्रतिनिधिका रुपमा संविधान लेख्न आएका फ्र्यांकलिन त्यो समयमा अमेरिकाभरि चिनिने थोरै राजनेतामध्ये थिए। तर उनी ८१ वर्षका भैसकेका थिए। रुग्ण र बूढा थिए। आफ्नो मन्तव्य पढ्न पनि सकेनन्, फिलाडेल्फियाका कुनै प्रतिनिधिले पढिदिए।
 
उनको मन्तव्यको सुरुआत नै मर्मस्पर्शी छ: मैले भन्नैपर्छ कि यो संविधानमा लेखिएका धेरै कुराहरु आजका दिनमा मलाई स्वीकार्य छैनन्। तर म सधैँ नै तिनका विपक्षमा रहन्छु भन्नेमा पनि म विस्वस्त छैन। यति लामो जीवन बाँचिसकेपछि मेरो अनुभवले के भन्छ भने मैले पहिले सही ठहर्‍याएका धेरै विषयमा थप सूचना र तथ्य मेरा सामु आएपछि र तिनमा मैले गहिरिएर विचार गरेपछि धेरैपटक मेरा पुराना धारणा बदलेको छु। मेरो उमेरसँगै म आफ्नो बुझाइ ठीक छैन कि भनेर शंका गर्न र अर्काको धारणको सम्मान गर्न सक्ने भएको छु। त्यसैले यी सबै कुरालाई मनन गरेर यो संविधानमा कमजोरी छन् भने पनि म यसलाई स्वीकार्ने निर्णयमा पुगेको छु।
 
आफ्नो मन्तव्यको बीचतिर फ्र्यांकलिन भन्छन्– हामीले संविधान लेख्न अर्को कुनै सम्मेलन बोलायौं भने पनि त्यसले योभन्दा राम्रो संबिधान लेख्ला भन्नेमा मलाई शंका छ। संविधान लेख्ने सम्मेलनमा फरक फरक पृष्ठभूमिका मानिसहरु ल्याएसँगै हामी उनीहरुका विवेक, भावनात्मक आवेग, त्रुटिपूर्ण बुझाइ, स्थानीय आकांक्षा, र निजी स्वार्थ पनि एक ठाउँमा ल्याउँछौं। म यसकारण चकित छु कि यस्तो सम्मेलनबाट पनि संविधान जारी गर्ने अन्तिम समयमा हामी आइपुगेका छौं. हाम्रा शत्रुहरुलाई पनि यसले चकित तुल्याउने छ।  
 
आफ्नो मन्तव्यको अन्तिममा उनी भन्छन्– यहाँ उपस्थित जोजो सदस्यहरुको संविधानको यो मस्यौदाप्रति विरोध छ, मलाई आशा छ, उनीहरुले पनि आफ्ना विचारहरु सधैँ सही छन् भन्नेमा मजस्तै थोरै शंका गर्नेछन् र यो संविधानलाई सहमतिका साथ पास गर्न हस्ताक्षर गर्नेछन्।
 
जुनबेला अमेरिकामा संविधान लेखिँदै थियो, त्यो समय अमेरिकाका चुनौतीहरु साना थिएनन्। अमेरिका ब्रिटिश साम्राज्यबाट भर्खरै मुक्त १३ उपनिवेशहरुको खुकुलो संघमात्रै थियो। केन्द्रलाई कर उठाउने अधिकार थिएन। केन्द्र आर्थिक रुपमा लगभग टाट उल्टेको अवस्थामा थियो। केन्द्रलाई कसैले टेर्दैन थिए, भर्खरै स्वतन्त्र भएका धेरै उपनिवेशहरु बलियो केन्द्र बनाउने पक्षमा थिएनन्। रोडस आइल्याण्डले त सम्मेलन नै बहिष्कार गर्‍यो, आफ्ना प्रतिनिधि नै पठाएन।
 
फ्र्यांकलिन स्वयम् पनि एउटामात्र संसद राख्नुपर्छ भन्ने पक्षमा थिए। सिनेट राख्नुहुन्न भन्ने उनको बलियो मत थियो। शक्तिशाली राष्ट्रपतिको पनि विपक्षमा थिए उनी। लामो घम्साघम्सी र लेनदेनपछि सम्मेलनले फ्र्यांकलिन आफूले चाहेकोभन्दा फरक संविधानको मस्यौदा बनाएको थियो। तर पनि उनले त्यसलाई सहजै स्विकारिदिए। अरुलाई पनि स्वीकार्न हौस्याए।
 
हामी पनि संविधान लेख्ने अन्तिम घडीमा आइपुगेका छौं। हामीले संविधान लेख्यौं भने एउटा युगको पटाक्षेप गर्ने छौँ। मुलुकलाई नयाँ युगमा लैजाने छौँ। त्यसैले अब आउने सात-दश दिन मुलुकको भविष्य निर्धारण गर्ने समय हो।
 
हामीले तीन कुरामा ध्यान दिनुपर्छ।
 
पहिलो, हामीमा फ्र्यांकलिनको जस्तै सहमतिको, सम्झौताको भावना हुनुपर्‍यो। आफ्ना विचार अन्तिम हैनन्, आफूले देखेको सत्य अन्तिम होइन भन्ने थोरै मात्र पनि आत्मज्ञान हुनुपर्‍यो। मुलुकलाई अगाडि लैजान, संविधान लेख्न सम्झौता आवश्यक छ भन्ने बुझ्नुपर्‍यो। सन् १७८७ मा संविधान लेख्न सकेकाले नै अमेरिका बन्न सम्भव भएको हो। अन्यथा आज त्यो अर्कै गुमनाम मुलुक पनि हुन सक्थ्यो। जुन धर्तीमा आज अमेरिका छ, त्यहाँ थुप्रै मुलुक पनि हुन सक्थे।
 
राजनेताहरुले, फुच्चे नेताहरुले पनि सम्झौता गर्न डराउनुहुन्न।
 
परिवारलाई, मुलुकलाई आवश्यक परेको बेला मुढोजस्तो भएर जिद्दी गर्नेको हैन, सम्झौता गरेर समाधान गर्नेको नाम स्थापित हुन्छ। संविधान सम्मेलन बहिष्कार गर्ने रोडस आइल्यान्डका प्रतिनिधिको नाम अमेरिकी इतिहासमा अंकित छैन, न त संविधानको मस्यौदा ठीक छैन भनेर सही नगर्नेहरुकै छ। आज नाम बेन्जामिन फ्र्यांकलिनकै छ जसले सम्झौतामार्फत अमेरिकी समाजलाई अघि बढाए।
 
दोस्रो, संविधान भनेको लोकतान्त्रिक अभ्यासको प्रारम्भिक विन्दु हो, अन्तिम लक्ष्य होइन।
 
पहिलो संविधानसभामा हामीलाई के लाग्यो भने यो संविधान नै अन्तिम अवसर हो। हामी सबैका इच्छा, आकांक्षा, आग्रह र अधिकार यसैपाली  समेटिनुपर्छ। सबै पार्टी र सबै समुदाय अधिक प्राप्त गर्ने दौडमा लाग्यौं। अन्तमा कसैले केही पाएनौँ। मुलुकलाई अरु केही वर्ष जहाँको तहिँ अड्कायौँ।
 
संविधान भनेको त्यो समयमा जे सम्भव छ, त्यसको लिखित दस्तावेज हो। तत्कालीन शक्ति सन्तुलनले जे सम्भव देखाउँछ, त्यसमै सम्झौता गर्ने हो। आजको शक्ति सन्तुलनले स्थापित गरेका चार मुख्य अवधारणा गणतन्त्र, संघीयता, समावेशी र धर्मनिरपेक्षता हुन्।
 
यी आफैंमा ठूला उपलब्धि पनि हुन्। प्रगतिशील र समावेशी समाजका मानक हुन्। संघीयताभित्र कति प्रदेश बनाउने, समावेशी अवधारणालाई कतिसम्म अघि बढाउनु ठीक हो भन्ने विषय हाम्रा आआफ्ना निजी आग्रहले मात्र तय हुँदैनन्। यसमा सम्झौता आवश्यक छ।
 
कसैलाई पाँच प्रदेश ठीक लाग्ला, कसैलाई १० वा कसैलाई १५। सहमतिमा जति प्रदेश बनाए पनि त्यसले तात्विक भिन्नता राख्दैन। थोरै प्रदेशले जनजातिको पहिचानको मुद्दालाई सम्बोधन गर्दैन भन्नेले यो मुलुकमा १ सयभन्दा बढी जातजाति बस्छन् भन्ने तथ्थलाई बुझ पचाउन खोजेका छन्।
 
पाँच/सात जातजातिलाई राज्य दिएर पहिचानको मुद्दा हल हुने छैन। जातीय हिसाबले राज्य/प्रदेश बनाउन थालियो भने त्यसले झन् समस्या बल्झाउने छ।
 
अर्कोतिर धेरै प्रदेश बनाउनु हुन्न, पाँच/सातभन्दा धेरै मुलुकले धान्न सक्दैन भन्ने तर्क गर्नेले यो मुलुक नै अहिले आर्थिक रुपले साँच्चै धानिएको छ कि छैन भन्ने हेक्का राखेका छैनन्। प्रदेशहरु धेरै भए खर्च धेरै हुन्छ भन्ने धारणा छ। प्रदेश साना भए प्रशासनिक खर्च पनि सानै हुन्छ भन्ने नभुलौं। हिजो ७५ जिल्ला, १४ अञ्चल र ५ विकास क्षेत्रका प्रशासनिक निकाय जसरी आर्थिक हिसाबले धानिएका थिए, प्रदेशहरु पनि त्यसरी नै धानिने छन्।
 
प्रदेशको संख्या ठूलो कुरा हैन। पछि थपघट हुन सक्छ। अमेरिकाको संविधान लेख्दा १७८७ मा बेलायतका १३ पूर्व कोलोनी सँगै थिए। पछि अरु राज्य अमेरिकामा मिसिए। भएका केही टुक्रिए र आज ५० भन्दा बढी राज्य मिलेर संयुक्त राज्य अमेरिका बनेको छ।
 
संविधानले मुलुकका सबै समस्या सधैँका लागि समाधान गर्ने पनि होइन। तत्कालका चुनौती सल्टाएर मुलुकलाई अगाडि बढाउने प्रस्थानविन्दु हो संविधान। दुर भविष्यको धेरै चिन्ता गर्नुपर्दैन। गरेर सम्भव पनि छैन।
 
२००७ सालमा १ सय वर्षका लागि टिक्ने र स्थायित्व दिने संविधान बनाउनुपर्छ भनेको भए त्यो आकर्षक नारा नै हुन्थ्यो। तर सत्य के हो भने २०४६ को संविधानले पनि तीव्र गतिले परिवर्तन भइरहेको हाम्रो समाजलाई धेरै धान्न सकेन। अमेरिकी समाजलाई पनि संविधानले गृहयुद्धबाट रोक्न सकेन। संविधान जारी भएको करिव ७० वर्षमा अमेरिका गृहयुद्धमा फस्यो। तर फेरि त्योबाट बाहिर निस्कियो। अगाडि बढ्यो।
 
मूल कुरो, मुलुकको घडीको सुई रोकिन्न। भविष्यमा आउने चुनौती बहन गर्न त्यही बेलाको पुस्ता सक्षम हुनेछ। मुलुक अब के हुन्छ भन्ने डर र त्रासले होइन, विश्वास र आसले अगाडि बढाउने हो। संविधान नै नभएको मुलुकलाई कसैले गम्भीरतापूर्वक लिन्न। लालु यादवलाई उनको निर्वाचन क्षेत्र पाटलीपुत्रबाट विधानसभामा हराएका बिहारी नेता रञ्जन यादव काठमाडौं आएका थिए। नेपाली कांग्रेसका नेता प्रदीप गिरीको उनीसँग संगत रहेछ। गिरीकै सम्बन्धको फेरो समातेर केही वर्षअघि उनीसँग कुरा गर्न हामी सोल्टी होटल पुगेका थियौं।
 
उनले भने, ‘देखिए, जिस देशका संविधान नहि होता, उसको कोही सिरियस्ली नहि लेता है।’ उनले हामीलाई झसंङ बनाईदिए। माओवादी ‘जनयुद्ध’ सुरु भएदेखि पछिल्लो झन्डै १८ वर्ष देश एक हिसाबले संक्रमणमा छ। त्यो संक्रमण अन्त्य नगरी हामीलाई कसैले गम्भीरतापूर्वक लिने छैन। दातृनिकाय र मुलुक संविधान पर्खेर बसेका छन्। विदेशी लगानीकर्ता संविधान पर्खेर बसेका छन्। स्वदेशी लगानीकर्ता कहिले संविधान बन्ला र संक्रमण अन्त्य होला भनेर बसेका छन्। हामीलाई अहिले चाहिएको सबैले मान्नसक्ने एक ‘थान’ संविधान नै हो।
 
तेस्रो महत्वपूर्ण विषय सबै पार्टीहरुबीच सहमति भएन भने के गर्ने भन्ने हो।
 
पहिलो संविधानसभामा हामीले गम्भीर भूल गर्यौं। अन्तरिम संविधानमा सबै काम पार्टीहरुबीचको सहमतिले गर्ने भनेर लेखिएको थियो। त्यो आदर्श भन्दा पनि टाढा कोरा भावना थियो। व्यवहारिक आर्दश त लोकतन्त्र नै हो। जहाँ विमतिहरु बहुमतले सुल्झाइन्छ। संविधानका विमति दुई तिहाइले सुल्झाइन्छ। 
 
अघिल्लो संविधानसभामा हाम्रो कोरा भावनाले मात्र काम सम्भव भएन। संविधान संशोधन गरेर साधारण बहुमतको सरकार बनाउनुपर्यो। तर संविधानसभा नियमावली संशोधन गरिएन। त्यसले मतदानबाट संविधान पास गर्ने अन्तिम मौका रोकिदियो। कांग्रेस एमाले त्यसैलाई देखाएर मतदानबाट पन्छिन पाए।
 
यसपालि भने पार्टीहरुले केही परिपक्वता देखाएका छन्। भाद्र २१ सम्म सहमतिका लागि प्रयास गर्ने, नत्र प्रक्रियामा (मतदानमा) लगेर टुङ्ग्याउने समझदारीका साथ संविधानसभाका तीसैवटा दलको सहभागितामा नियमावली बनेको छ।
 
लोकतन्त्रले सहमतिको ढोका बन्द गर्देन। सहमतिको कोरा भावनाले भने लोकतन्त्रको अभ्यासलाई रोक्छ। आगामी दश दिन पार्टीहरुबीच हाम्रो भविष्य निर्धारण गर्न सहमति गर्ने समय छ। सहमतिमा पुग्न नसक्ने विषय छैन। फेरि पनि भाँडभैलो गरेर संविधान नबन्नु कारण छैन। पार्टीहरुलाई अघिल्लो संविधानसभाको असफलताको कलंक मेट्ने मौका छ।

….यसकारण महिलाको वक्षस्थल हेर्छन् पुरुष

 
 

 
 

women breastके तपाईंलाई थाहा छ पुरुषहरु महिलाको स्तनमा किन अकर्षित हुन्छन् ? आखिर किन उनीहरुको यो बानीलाई मानिसहरुले कामवासनाको रुपमा हेर्ने गर्दछन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । आउनुहोस्, यो सँग सम्बन्धित केहि तथ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँः
स्पष्ट रुपमा पुरुषहरु कहिले पनि उनीहरु महिलाको स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन् ।
– जब पुरुषहरु महिलासँग कुराकानी गर्न थाल्छन् तब उनीहरुको आँखा महिलाहरुको आँखामा नभई बक्षस्थलमा हुने गर्दछ ।
– त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि मात्र आँखामा पुग्छन् । उनीहरु बिस्तारै बिस्तारै आफनो हर्मोनको आदेश अनुसार वक्षस्थलमा नियाल्न पुग्दछन् ।
– यस्तो ‘बडि ल्याङ्वेज’ भएका पुरुषहरुलाई महिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई कामवासना भएको पुरुषको संज्ञा दिने गर्दछन् ।
– यस्तो अवस्थामा प्रत्येक पटक पुरुषहरुको मानसिकता गलत हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषहरुले महिलाको वक्षस्थललाई नै हेर्ने कुरा पत्ता लागेको छ ।
– वास्तवमा पुरुषहरुलाई लाग्छ कि स्तन नै उनको नारित्वलाई सार्थक बनाउने एउटा वस्तु हो र सेक्सफीलको माध्यमले कनेक्सन स्थापित गर्दछन् ।
– यदि स्तन सानो र अत्यधिक ठूलो छ भने पुरुषहरु धेरै बेर स्तनतर्फ हेर्ने गर्दैनन् जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न हुने गर्दछ ।
– कुरा गर्दा पुरुषहरुको नजर त्यतिबेला स्तनमा धेरै पटक जाने गर्दछ जतिबेला स्तन सेक्सी र मध्यम साइजको हुन्छ ।
– जब लुगाबाट स्तन थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरु कुराकानी गर्ने क्रममा पटक पटक स्तनमा हेर्ने गर्दछन् ।
– यदि स्तन आकर्षक छ भने पुरुषहरु कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन् उनीहरुको मन–मस्तिष्कले उनीहरुलाई जबर्जस्ती स्तनतर्फ आकर्षित गराइरहेको हुन्छ ।
– त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पुरुषको नजर स्तनमा अडिग भइरहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले पुरुष कामुक भएको सोच्ने गर्दछन् ।
– अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा महिलाको छातीमा नै हुन्छ ।
– सम्भोगको दौरान पनि स्तनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सिमासम्म पुग्नका लागि स्तनले ठूलो मद्दत गर्दछ ।
– वास्तवमा धेरै पटक सेक्सको सुरुवातमा पनि यसबाट नै हुन्छ । अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्दछन् । (एजेन्सी)

 
 

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आज २९ लाख संकलन -कसले गरे कति सहयोग ?

काठमाडौं, भदौ ११

                           – विभिन्न संघ, संस्था र व्यक्तिहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा बुधबार झण्डै २९ लाख रुपयाँ सहयोग गरेका छन् । सो रकम ग्लोबल आइ.एम.ई,डब्ल्यु डब्ल्यु एफ, भीएसओ, मलेसियाका मन्त्री र कालीमाटी तरकारी बजारले सहयोग गरेका हुन् ।

sushil-kOiralaबुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमइ बैंक र आइएमइ ग्रुपका तर्फबाट अध्यक्ष चन्द्र ढकालले २० लाख रुपैयाको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष ढकालले देशमा विपत्ति आएको बेला सहयोग गर्नु मानवीय धर्म नै भएको र ग्लोबल बैंक र आइएमइ समूह जनताको सुख दुःखमा सधै साथ रहने भएकोले यो सहयोग प्रदान गरिएको बताए ।
सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले सहृदयी दाताहरुबाट प्राप्त रकमको सदुपयोग गरिने विश्वास दिलाएका थिए ।
यसैगरी प्रधानमन्त्री कोइरालालाई स्वर्ग पवित्र सत्य सुन्दर समाजका तर्फबाट अध्यक्ष ओम बहादुर क्षेत्रीले ३ लाख ३३ हजार रुपैयाको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए ।
यसैगरी नेपालमा कार्यरत भोलुन्टियर सर्भिस ओभरसिजले हालैको बाढी पहिरो पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा २ लाख रुपैया सहयोग गरेको छ । सहयोग रकम भीएसओका राष्ट्रिय निर्देशक अर्र्लिना सी महिनाएले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् भने विश्व बन्य जन्तु कोषका तर्फबाट १ लाख ८ हजार २ सय २२ रुपैया प्राप्त भएको छ ।
केही समय पहिले नेपाल भ्रमणमा आएका मलेसियाली मन्त्री मलेसियाका मानव संसाधन मन्त्री श्री रिचार्ड रोइत अनक जिमले मलेसियन एअरलाइन्सका नेपालस्थित प्रतिनिधि भोला थापामार्फत पठाएको १ लाख ५० हजार रुपैयाको चेक पनि आजै अनिल खनालले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका अधिकारीले जानकारी दिए ।
आजै कालिमाटी तरकारी तथा फलफूल बजार समितिका तर्फबाट राहतकोष संयोजक प्रल्हाद भण्डारीले १ लाख २ हजार ९ सय ६५ रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा आइ परेको प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार, राहत,पुनस्थापनाका साथै क्षतिग्रस्थ भौतिक संरचना पुनिर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै बाढी पहिरो पीडितहरुलाई सघाउन उदार मनले सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

इबोलाग्रस्त लाइबेरियाबाट १ सय १२ भारतीय र चार नेपाली भारत आइपुगे

एकलाई इबोलाको शंका
 

भदौ ११

               – ज्यानमारा इबोला भाइरस रोग प्रभावित क्षेत्र लाइबेरियाबाट मंगलबार ११२ भारतीय र चार नेपाली नागरिक भारत आइपुगेका छन् । इबोला रोगका कारण ६ सय भन्दा बढीको ज्यान गइसकेको लाइबेरियाबाट मंगलबार रातीसम्म प्राप्त सूचना अनुसार ७१ जना मुम्बाईमा र १७ जना दिल्लीमा अवतरण गरेका छन् । अन्य विभिन्न जहाजबाट भारत आउने क्रम जारी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ebolaदिल्लीमा आइपुगेका १७ यात्रुमध्ये एक जनालाई ज्वरो र घाँटी सुकेको लक्षण देखिएको थियो । यो इबोलाको प्राथमिक लक्षण हो । यस्तो लक्षण देखापरेपछि एयरपोर्ट स्वास्थ्य संगठनमा क्वारेन्टाइन गरिएको छ । स्वास्थ्य मन्त्रालयले इवोलालाई ध्यानमा राख्दै यसको स्थापना गरेको हो । इबोलाको शंका देखिएको व्यक्तिको बारेमा विस्तृत जानकारी दिइएको छैन ।

दुई महिला र एक बालकसहित अन्य ६ जनालाई पनि इबोलाको शंका गरिएपनि पछि परिक्षण गरेर त्यस्तो कुनै लक्षण नभेटिएपछि जान दिइएको थियो । सियेरा लियोन, गिनी र नाइजेरियाबाट पनि ५ यात्रु भारत आइपुगेका छन् ।

अवैधानिक बाटोबाट अफ्रिकी मूलुक पुगेका नेपालीहरु आउने बाटो भनेकै भारत हो । भारत उत्रेपछि उनीहरु स्थलमार्ग हुँदै नेपाल छिर्ने गरेका छन् ।

सरकारले एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरेपनि सीमा नाकाहरुमा आवश्यक कडाई गर्न सकेको छैन । सरकारले सबै सीमा नाका र जिल्लामा इबोालको तयारी पूरा गरेको दाबी गरे पनि विभिन्न जिल्ला र सीमा क्षेत्रबाट प्राप्त रिपोर्टका अनुसार अझै पनि इबोला रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चालिएको देखिएको छैन ।

काठमाडौं पछि धेरै हत्या हुने जिल्ला सुनसरी

 

दैनिक चार को हत्या
सुनसरी, भदौ ११ – पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले हालै सार्वजनीक गरेको तथ्याङ्कले काठमाडौं पछि धेरै हत्या हुने जिल्ला सुनसरीलाई देखाएको छ । गत आर्थिक वर्ष २०७० , ७१ मा काठमाडौंमा ४५ जनाको हत्या भएको छ भने सुनसरीमा २९ जनाको हत्या भएको जुन दोश्रो स्थानमा परेको प्रहरीको तथ्याङकले देखाएको छ ।
त्यस्तै प्रहरीको प्रतिवेदनमा पुर्वाञ्चलकै असुरक्षित जिल्लाको रुपमा मोरङ्गलाई जनाएको छ । मोरङ्गमा गएको वर्ष १ हजार २ सय ४० अपराधका घटनाहरु भएको जसमा २२ जनाको हत्या , ३२ जनाको हत्या प्रयास भएको तथ्याङकले देखाएको छ ।
सुनसरीमा भने गएको वर्ष १ हजार १ सय ६ वटा अपराधका घटनाहरु भएको जसमा २९ जनाको हत्या भएको छ भने ३३ जनाको हत्या प्रयास गरिएको प्रहरीको तथ्याङकले देखाएको छ ।
प्रहरीको तथ्याङकलाई हेर्ने हो भने पूर्वको अशुरक्षित जिल्ला मानिएको मारङमा भन्दा सुनसरीमा धेरै हत्याका घटनाहरु भएको देखिन्छ । तर मोरङमा ज्यान सम्बन्धिका मुद्दा धेरै ने रहेको पाइन्छ ।
त्यस्तै पूर्वमा तेश्रो अशुरक्षित जिल्लाको रुपमा झापा रहेको प्रहरीले सार्वजनिक गरेको तथ्याङकले देखाएको छ ।
झापा मानव हत्याको विषयमा भने पाँचौ स्थानमा परेको छ । झापा जिल्लामा गएको वर्ष २१ हत्या सहित १ हजार ७६ अपराधका घटनाहरु भएको तथ्यांकले देखाएको छ ।
पूर्वको सुनसरी , मोरङ्ग , झापा पछि , इलाम , ताप्लेजुङ्ग , सिरहा , सप्तरी र उदयपुरलाई समेत अशुरक्षित जिल्लाको रुपमा लिइदै आएको छ ।
यसरी अपराध बढदै जानुमा खुल्ला सिमामा हुने अवैध कामहरु , लागु औषध प्रयोगकर्ताहरु बढनु जस्ता रहेको पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका डिआइजी नवराज शिलवालले बताए ।
डिआइजी शिलवालले गएको वर्ष नेपालभर जम्मा १ हजार ३ सय ३२ जनाको हत्या भएको र यसलाइ दिनमा बिभाजन गर्दा नेपालमा दैनिक ४ जना सम्मको हत्या हुने गरेको समेत प्रस्ट पारे ।

वर्षाले विद्यालय भवन भत्किएपछि विद्यार्थीको बिचल्ली

udayapurउदयपुर, भदौ ११– जिल्लाको पहाडी गाविस जाँतेस्थित वडा नम्बर ३ मा हालै आएको वर्षाको कारण एक विद्यालयको भवन भत्किएपछि सम्बन्धित विद्यालयका विद्यार्थी बिचल्लीमा परेका छन् ।

केही दिनअघि आएको भीषण वर्षाको कारण पानीको कुलो विद्यालयमा प्रवेश गरेपछि जाँते– ३ को जनकल्याण प्राथमिक विद्यालय भवनको पर्खाल भत्किएपछि अहिले विद्यार्थी बिचल्लीमा परेको विद्यालयका शिक्षिका लक्ष्मी खड्काले बताइन् ।

वर्षाका कारण कुलोको पानी पूर्णरुपमा विद्यालयको कोठामा प्रवेश गरेपछि विद्यालयको पर्खाल पूर्णरुपमा भत्किएको शिक्षिका खड्काको भनाइ छ ।

करिब ११० विद्यार्थीको सङ्ख्या रहेको उक्त विद्यालयमा हाल कक्षा ३ सम्म पठनपाठन सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालसेर राईले बताए ।
उक्त विद्यालयमा हालसम्म पनि एक शिक्षक पनि सरकारी दरबन्दीमा नभएको र जिल्ला शिक्षा कार्यालय उदयपुरले दरबन्दी व्यवस्थापन नगर्दा निजी स्रोतका शिक्षक तथा शिक्षिकाले विद्यालयमा पठनपाठन गराउँदै आएको अध्यक्ष राईको भनाइ छ ।

सरकारी स्रोतको शिक्षक पनि नहुनु र सरकारी स्रोतको समेत सहयोग नभएको उक्त विद्यालयको आफ्नो भवनसमेत भत्किएपछि अहिले विद्यालयको अवस्था र विद्यार्थीको अध्ययन नै डामाडोल रहेको स्थानीय अभिभावकसमेत बताउँछन् ।

तिज कसरी मनाउने ?

दक्षिण कोरियामा भरखरै सम्पन्न तिज कार्यक्रममा छमछमी नाचेको दिदी बहीनीहरुको भिडियो हेरेर खुशी भएको मन तुरुन्तै फेशबुकमा दिल्लीमा नेपाली युवती सामूहिक बलात्कारको शिकार भइन भन्ने समाचार पढ्न पुग्दा अमिलो बन्यो ।
विदेशमा काम खोज्न पुगेकी ती युवती कामको लागि अन्तरवार्ता दिन जाँदा पशुत्वको शिकार बनिन् तर यता अर्को विदेशमा स्वादेशमा झै नाचिरहेको महिलाहरु कति भाग्मानी जस्तै लाग्यो । महिलाहरुकै पर्व तिजमा देश विदेशका महिलाहरु नाच्दै खुशी मनाइरहेको बेला उता एक महिला भने रोदनमा डुविरहेको छ । कतै खुशी कतै चित्कार

यो कस्तो संयोग । तिजको रमझममा रमाइरहेका महिलाहरुलाई प्रदेशमा एक नेपाली चेलीको यो चित्कारले कस्तो असर पार्ला ..? मनमा कौतुहल जागिरहयो ।
हिन्दु नारीको महान् पर्व तिज धार्मिक तथा सांस्कृतिक पर्व हुन् । दिनभर पानी समेत नखाई पति र परिवारको लागि एक महिलाले आरधाना गर्ने तिजको मुख्य धार्मिक विशेषता हुन । त्यस्तैसमाजमा महिलाले भोग्नु परेको पीडालाई गीत संगीत मार्फत प्रस्तुत गर्न पाउनु अर्को पक्ष हुन् ।विषेश गरी हिन्दु नारीहरुले सौभाग्यको प्रतिक रातो पहिरण र गर गहनामा सजिएर आरधाना गर्ने प्रचलन पुरानै हो । यसैलाई पछ्याउदै हाल तिजमा सबै महिलाहरुले रातो पहिरण र गरगहनामा सजिन थालेका छन् । निराहार ब्रत बस्नु पर्ने भएकाले अघिल्लो रातीसम्म विभिन्न मिष्ठान्न भोजन खाने चलन नै दरको रुपमा परिचित हो । त्यसैले तिज भन्नासाथ दर खाने ,रातो पहिरण र गहनमा सजिने र नाच गान भन्ने पहिचान नै बनेको छ अहिले ।

महिना अघिदेखि नै तिजकै बहानामा विभिन्न संस्थाले कार्यक्रम गरिदै आएकोलेयो पर्व अहिले पारिवारिक भन्दा पनि संस्थागत बन्न पुगेको छ । सामाजिक होस कि राजनीतिक हरेक संस्थाको वार्षिक कार्यक्रममध्ये तिज पनि एक पर्न थालेको छ आजकल । त्यस्तै गीत संगीतमा पनि यसको लय लोकप्रिय बन्दै गएको छ । यसमा महिलाको समस्यालाई शब्दमा उनेर हालिने भाकाले दिनप्रति दिन लोकप्रियताको शिखर चुम्न थालेपछि संगीतिक भूमि पनि फष्टाएको छ । संगीतकर्मीहरु पनि मौलाएकाछन् । त्यसैले पनिएक धार्मिक समुदायको यो पर्वलाई राष्ट्रव्यापि बनाउन मद्यत पुगेको छ ।गैर हिन्दू नारीहरु पनि यसको धार्मिक पक्षलाई नमाने पनि अन्य पक्षसंग मोहित हुदै तिजको समारोहमा सहभागि हुदै आएका छन् ।

पछिल्लो समय तिजमा महंगो र आकर्षक डिजाइनको साडी अनि बहुमूल्य गहाना प्रर्दनीमा महिलाहरुको होडबाजी नै चल्दै आएको छ । नजानिदो प्रतिस्पर्धा नै बन्दै आएको छ । नयाँ पुस्ताका युवतीहरु यसमा भड्किलो रुपमासमेत प्रस्तुत हुन थालेका छन् । गीत संगीतमा पनि विक्रिती देखिन थालेका छन् । जसलाई नियन्त्रण गर्नु सबैको कतव्य बन्दै आएको छ ।

विदेशमा त झन नेपाली संस्कृतीको पहिचान नै बन्ने गरेको छ तिज । हुन त विदेशमा यसको धार्मिक पक्षलाई अनुसरन गर्न सहज छैन । त्यसैले पनि यस्तैमा आफूलाई सहभागि गराउनु नै ठूलो उपलब्धी ठान्छन् महिलाहरु । वर्षमा एक दिन सधैको भन्दा फरक पहिरण साडी र गहनामा सजिनु , धेरै महिलाहरुसंग भेटघाट हुनु अनि नाच्न पाउनु नै मुख्य उपलब्धी हुन पुगेको छ तिज । सयम अभावका कारण धेरै संख्यामा भेला हुन नसक्ने महिलाहरु यस दिन भने समय मिलाएर भए पनि सहभागि हुन आइपुग्छन् । त्यसैले पनि संस्थागतरुपमा मनाउने तिज पर्वलाई अब सिर्जनशिल बनाउन आवश्यक छ ।

यो पर्वमा कपडा र गहना प्रदर्शन मात्रै हैन महिलामा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने अवसरको रुपमा पनि मनाउन पाए । प्रतिस्पर्धात्मक कार्यक्रम गरी महिलाको बौद्धिक तथा कलात्मक प्रतिभालाई बढाउन यो पर्व एक सही मौका बन्न सके । ठाउँ र समय अनुसार महिलाले भोग्ने पीडा फरक होलान त्यसलाई संगीत लगायत विभिन्न माध्यमबाट प्रस्तुत गर्न सके । राष्ट्रव्यापी बन्दै गएको यो पर्वलाई अब समय र स्थानअनुसार नयाँ आयम थप्दै जानुसक्नु पनि उत्सवको सार्थकता हुन्थ्यौ की ?

बहुविवाह गर्नेलाई एक वर्ष कैद र जरिवाना

इलाम, भदौ ११– जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा पक्राउ परेका साँखेजुङ–८ का अनुप गुरुङलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मङ्गलबार गुरुङलाई मुलुकी ऐन विवाहबारी महलको ९ बमोजिम कसुर गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

अनुपले गत वैशाख महिनामा सपना लिम्बूलाई दोस्रो विवाह गरेपछि जेठी श्रीमती सविनाले उनी विरूद्ध गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । रासस