रुख ढलेर घर च्यापिदा २ जनाको मृत्यु

टीकापुर नगरपालिका वडा नम्वर ८ मा रुख ढलेर घर च्यापिदा २ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन्। प्रहरीका अनुसार आज बिहानपख घरमा च्यापिएर २० बर्षिय कृष्ण कसराको घटनास्थलमै र १२ बर्षका समर कसराको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको हो। 
 
सो घटनामा ४५ वर्षीया मन्सरा कसरा, १४ वर्षीया निशा कसरा र ६ वर्षका साहेल कसरा घाईते भएका छन्। घाईते सवैको टीकापुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुर्यबहादुर चन्दले जानकारी दिएका छन्। 
 
उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ खैरेनी गाउँमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाईकल रुखमा ठोक्किदा चालक किरण पण्डित र सवार १४ वर्षिय बालक प्रभाकर पण्डित घाइते भएको प्रहरीले बताएको छ। 
 
घाइते दुबै जनालाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गरेको छ।

Leave a comment