इराकी गृहमन्त्रालयमै बम हमला, छ जनाको मृत्यु

बग्दाद, भदौ ७

– इराकी गृह मन्त्रालयमा शनिबार आत्मघाती बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ ।

शनिबार अपरान्ह एकजना आतमघाती हमलाकारीले बम हमला गरेका थिए । सो हमलामा परी छ जनाको ज्यान गएको र अरु ३२ जना घाइते भएका छन् ।

सो मन्त्रालयको पर्खाल अत्याधुनिक सुरक्षा व्यवस्थाका साथ बनाइएको र बाहिर सुरक्षामा बसेका सुरक्षाकर्मीहरुले पनि निकै नै रक्षात्मक उपायका साथ बसेका बताइएको थियो ।

तरपनि आत्मघाती हमलाकारीले जबर्जस्ती कार्यालयभित्र छिरी आफैमाथि बम पड्काएका थिए ।

उनले बोकेको सो विस्फोटक पदार्थ निकै शक्तिशाली भएकोले ठूलो क्षति हुन पुगेको बताइएको छ । रासस÷एएफपी

बन्ने भयो सुरुङ मार्ग

 
 
 

कुलेखानी हेटौंडा सुरुङ राजमार्ग निर्माणका लागि २८० मिलियन अमेरिकी डलर लगानी गर्न नेपाल पुर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी र क्यानेडियन कम्पनी इन्फ्राब्यांक्स कर्पोरेसनका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर गरेपछि तस्विर खिचाउँदै ।

NPBCL Master Agreement

 
 

पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा

काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ । यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ । हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १/३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ । यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् । टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् । स्रोतः मिरर अनलाइन