स्टेज कार्यक्रममा तताउँदै हमाल

yogeshरत्ननगर–८ बैरियाका योगेश हमाललाई आज भोली फुर्सद छैन । तिखो स्वरका धनी योगेशको मिठो स्वरले श्रोता तथा दर्शकलाई लठ्याउने गरेको छ ।

सबैले आफनो स्वरको तारिफ र गीतमा समावेस गरिएका शब्द मनपराउन थालेपछि उनले अहिले एल्बम समेत निकालेका छन । संसार खोज्दा तिम्लाई भेटाईन भन्ने वोलको लोकदोहोरी गीतलाई धेरैले मन पराए ।

तीज नजिकिदै गर्दा आज भोली उनी व्यस्त छन । तीजको कार्यक्रममा उनी जिल्ला भित्र मात्र होईन बाहिरी जिल्लामा गएर पनि आफनो प्रतिभा देखाईरहेका छन ।

अहिले मलाई फुर्सदै छैन उनले भने मेरो गीत धेरैले मन पराईदिनु भएको छ म त्यसैमा खुसी छु ।

सानै उमेर देखि गीत संगितमा रुची राख्दै आएका हमालले पहिले देखिनै विभिन्न एफएम स्टेशनमा गीत गाएर पुरस्कार जित्दै आएका थिए ।

संख्यात्मक रुपमा एल्वम कम रेकर्ड गरेको भएपनि पछिलो समय उनी स्टेज कार्यक्रममा व्यस्त छन । तीज लगतै अर्को एल्वम बजारमा ल्याउने तयारी गरेको उनले जानकारी दिए

Leave a comment