चिकित्सकको लापरवाहीले नावालकको ज्यान गयो

रौतहट,भदौ ८–जिल्ला अस्पताल गौरका चिकित्सकले एक नाबालकको ज्यान लिएको आरोप उनका आफन्तजनले लगाएका छन् । रौतहटको सदरमुकाम गौरको वडा नं.४ निवासी ललन भारतीका १० वर्षिय छोरा गोलु भारतीको शनिवार राति ८ बजे उपचारको क्रममा मृत्यु भएको छ । घरनजिकै खेल्दै गरेका गोलुलाई शनिवार साँमm ४ः३० बजे विषालु सर्पले टोकेपछि तुरुन्त परिवारजनले जिल्ला अस्पताल गौरमा पुरयाएका थिए । सर्पको टोकाई पश्चात एन्टि स्नेक भेनम नामक सुईको सट्टा उपचारमा सग्लन चिकित्सकले अर्को सुई गोलुलाई लगाएको परिवारजनले आरोप लगाएका छन् ।
चिकित्सकले सुई लगाएको केहि क्षणमै गोलुको स्थिति क्रमिक रुपमा खराब हँदै गएको र परिवारजनले यो कुरा पटक–पटक चिकित्सकलाई जानकारी गराए पनि चिकित्सकको आनाकानीले बालकको ज्यान गएको भन्दे आफन्तजन आक्रोसित भएका हुन् । चिकित्सकको लापरवाहिले नै गोलुको ज्यान गएको भन्दै स्थानियले करीब एक धन्टा अस्पताल परिसरमा हो–हल्ला गर्दै अस्पताल घेराउ समेत गरेका थिए ।‘चिकित्सकले समयमा सहि उपचार गरेको भए छोराको ज्यान जोगिने थियो,’बुवा ललनले आसुँ झार्दै भने ।
यसअघि पनि उक्त अस्पतालमासर्पको टोकाईबाट ल्याइएका एक एक विरामीको मृत्यु भए पछि अस्पताल तोडफोड भएको थियो । स्मरणीय छ ,१० जना दरबन्दी रहेको जिल्ला अस्पताल अहिले १ जना साधारण चिकित्सको भरमा सन्चालनमा रहेको छ भने प्रायःजसो बिरामीको उपचार अहेब कै भरमा हुने गरेको छ ।

Leave a comment