इराकी गृहमन्त्रालयमै बम हमला, छ जनाको मृत्यु

बग्दाद, भदौ ७

– इराकी गृह मन्त्रालयमा शनिबार आत्मघाती बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ ।

शनिबार अपरान्ह एकजना आतमघाती हमलाकारीले बम हमला गरेका थिए । सो हमलामा परी छ जनाको ज्यान गएको र अरु ३२ जना घाइते भएका छन् ।

सो मन्त्रालयको पर्खाल अत्याधुनिक सुरक्षा व्यवस्थाका साथ बनाइएको र बाहिर सुरक्षामा बसेका सुरक्षाकर्मीहरुले पनि निकै नै रक्षात्मक उपायका साथ बसेका बताइएको थियो ।

तरपनि आत्मघाती हमलाकारीले जबर्जस्ती कार्यालयभित्र छिरी आफैमाथि बम पड्काएका थिए ।

उनले बोकेको सो विस्फोटक पदार्थ निकै शक्तिशाली भएकोले ठूलो क्षति हुन पुगेको बताइएको छ । रासस÷एएफपी

Leave a comment