अछाममा दैनिक उपभोग्यका सामानको अभाव

अछाम, भदौ ८ – अछामको छब्बीस क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको छ । छब्बिस क्षेत्रको प्रमुख व्यापारिक केन्द्र मुजाबगर बजारमा दैनिक उपभोग्यका सामानको अभाव भएको हो ।

छब्बिस क्षेत्रमा पर्ने मलातिकोट, दर्ना, चाफामाडाँै, बाटुलासैन, सान्तडा, रामारोशन, सुतार लगायतका गाविसमा दैनिक उपभोग्य वस्तुको अभाव भएको मुजाबगर बजार व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीयलाई दैनिक उपभोग्यका सामान चामल, नुन, तेलको अभाव हुन थालेको स्थानीय डम्मर भण्डारीले बताए । असार महिनाबाट जयगढ–मुजाबगर सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन नचल्दासामान ढुवानी गर्न असजिलो भएको व्यापारी अनुराधा स्वारले बताए । बजारमा खोजेको सामान नपाइने र पाइए पनि अति महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीको गुनासो रहेको छ ।

Leave a comment