छुरा प्रहार गर्ने दुई युवक पक्राउ

इलाम, भदौ ८ – इलामको साँखेजुङ–३ निवासी ४३ वर्षीय रत्नबहादुर राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी विवादमा राईलाई छुरा प्रहार गर्ने सोही स्थानका सुजन लिम्बू, मानवीर लिम्बू, विमल लिम्बू, सबिन लिम्बूमध्ये सुजन र सबिनलाई प्रहरीले पक्राउ गरेको हो ।

दुई पक्षबीच भएको विवादमा गएराति ८ बजे उनीहरूले राईलाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गम्भीर घाइते राईको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसैबीच लक्ष्मीपुर–१ निवासी ५१ वर्षीया भीममती लिम्बू घाँस काट्न जाने क्रममा लडेर गम्भीर घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

ठेक्कापट्टा मध्यस्थतामा पुर्वप्रधानन्यायधीश

e0c08-काठमाडौं,भदौ ८–पुर्वप्रधानन्यायधीश अनुपराज शर्मा र सर्वोच्च अदालतका पुर्वन्यायधीसश बलराम केसीले ठेक्कापट्टामा मध्यस्थता गर्ने गरेका छन् । संविधानको मर्मविपरित उनीहरु मध्यस्थतामा सहभागि भएका हुन् ।
अन्तरिम संविधानले पुर्वप्रधानन्यायधीश र सर्वोच्चका पुर्वन्यायधीश राष्ट्रिय मानबअधिकार आयोगका अध्यक्षबाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि योग्य नहुने व्यवस्था गरेको छ । संविधानले उनीहरुलाई कुनै पनि अड्डा–अदालतमा उपस्थित भई बहस–पैरबीमा पनि रोक लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
‘संविधानले सरकारी नियुक्तिका लागि योग्य नुहुने व्यवस्था गरेको तर मध्यस्थता न्यायिक निरुपण भएको भन्दै उनीहरुले पद स्वीकार गर्दै आएका छन् ’ एक कानुन व्यवासायीले भने,‘प्रधानन्यायधीश भइसकेको व्यक्ति ठेक्कापट्टाको मध्यस्थतामा बस्नु संविधानको मर्म र भावनाविपरित हो ।’
मध्यस्थताको हैसियत जिल्ला न्यायधीसको हैसियत सरह हुन्छ । जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालतमा पुनरावेदन भएजस्तै मध्यस्थताको फैसला पनि पुनरावेदन अदालतमा मात्रै पुनरावेदन हुने कानुनी व्यवस्था छ ।

स्टेज कार्यक्रममा तताउँदै हमाल

yogeshरत्ननगर–८ बैरियाका योगेश हमाललाई आज भोली फुर्सद छैन । तिखो स्वरका धनी योगेशको मिठो स्वरले श्रोता तथा दर्शकलाई लठ्याउने गरेको छ ।

सबैले आफनो स्वरको तारिफ र गीतमा समावेस गरिएका शब्द मनपराउन थालेपछि उनले अहिले एल्बम समेत निकालेका छन । संसार खोज्दा तिम्लाई भेटाईन भन्ने वोलको लोकदोहोरी गीतलाई धेरैले मन पराए ।

तीज नजिकिदै गर्दा आज भोली उनी व्यस्त छन । तीजको कार्यक्रममा उनी जिल्ला भित्र मात्र होईन बाहिरी जिल्लामा गएर पनि आफनो प्रतिभा देखाईरहेका छन ।

अहिले मलाई फुर्सदै छैन उनले भने मेरो गीत धेरैले मन पराईदिनु भएको छ म त्यसैमा खुसी छु ।

सानै उमेर देखि गीत संगितमा रुची राख्दै आएका हमालले पहिले देखिनै विभिन्न एफएम स्टेशनमा गीत गाएर पुरस्कार जित्दै आएका थिए ।

संख्यात्मक रुपमा एल्वम कम रेकर्ड गरेको भएपनि पछिलो समय उनी स्टेज कार्यक्रममा व्यस्त छन । तीज लगतै अर्को एल्वम बजारमा ल्याउने तयारी गरेको उनले जानकारी दिए

पहिरोले पश्चिम म्याग्दीको जनजीवन प्रभावित

म्याग्दी, भदौ ८ – म्याग्दीको पश्चिमी क्षेत्रमा शनिबार राति गएको पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

दरवाङ र आसपासका क्षेत्रमा सडक, घोरेटोबाटो, खानेपानी र विद्युत् आयोजनामा पहिरोले क्षति पु–याउँदा जनजीवन प्रभावित बनेको हो । निस्कोट–३ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविद्युत् परियोजनाको ३० मिटर नहर पहिरोले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
दरवाङ, निस्कोट, रुम, ओखरबोट र देविस्थानका करिब ६०० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको रुम ओखरबोट सामुदायिक प्रकोप न्यूनीकरण इकाई समितिका अध्यक्ष भरत डगामी मगरले जानकारी दिए ।

यसैगरी पहिरोका कारण दरवाङदेखि बिम र ताकम जाने सडक तथा घोरेटो बाटो पनि बन्द भएको छ ।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले दरवाङमाथिका ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, बिम, मल्कवाङ र मराङ गाविसमा आवतजावत बन्द भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य मोतीराज गौतमले दरवाङबाट जानकारी दिए ।

दरवाङबजारमा ल्याइएको खानेपानीको पाइप पहिरोले बगाएपछि डेढ सय घरधुरीमा खानेपानी आपूर्ति बन्द भएको छ । सदस्य गौतमका अनुसार बस्ती माथिबाट पहिरोसँगै आएको बाढी पसेर दरवाङ–१ साउँबोटका पाँच घरपरिवारको राति नै भागाभाग भएको थियो । बस्तीमा बाढी पस्दा थप पाँच घरपरिवार प्रभावित बनेका छन् ।

यसैगरी देविस्थानको थापाचौरका रामलाल फगामीको घर पहिरोले तानेर खसालेको छ । निस्कोट–३ का धनप्रसाद सापकोटाको घर पछाडिबाट आएको पहिरोले भत्कने अवस्थामा पुगेपछि परिवार राति नै विस्थापित भएका अध्यक्ष डगामीले जानकारी दिए ।

निस्कोट–३ मा गोठमा बाँधेको अवस्थामा स्थानीय मानसिंङ सापकोटाको एउटा गोरु पुरिएको छ । ओखरबोट–१ फूलबारीको सिँचाइ आयोजनाको नहर पहिरोले भत्काएको छ । देविस्थान गर्जराका मनबहादुर किसान लगायतका केही घर पहिरोको जोखिममा परेका छन् भने सोही पहिरोका कारण फूलबारीको खरिबोटमा रहेको धान खेत र कोदोबारी पुरिएको छ ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले घटनाका बारेमा स्थलगत अवलोकन र क्षतिको विवरण सङ्कलनका लागि आज बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।

अछाममा दैनिक उपभोग्यका सामानको अभाव

अछाम, भदौ ८ – अछामको छब्बीस क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको छ । छब्बिस क्षेत्रको प्रमुख व्यापारिक केन्द्र मुजाबगर बजारमा दैनिक उपभोग्यका सामानको अभाव भएको हो ।

छब्बिस क्षेत्रमा पर्ने मलातिकोट, दर्ना, चाफामाडाँै, बाटुलासैन, सान्तडा, रामारोशन, सुतार लगायतका गाविसमा दैनिक उपभोग्य वस्तुको अभाव भएको मुजाबगर बजार व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीयलाई दैनिक उपभोग्यका सामान चामल, नुन, तेलको अभाव हुन थालेको स्थानीय डम्मर भण्डारीले बताए । असार महिनाबाट जयगढ–मुजाबगर सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन नचल्दासामान ढुवानी गर्न असजिलो भएको व्यापारी अनुराधा स्वारले बताए । बजारमा खोजेको सामान नपाइने र पाइए पनि अति महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीको गुनासो रहेको छ ।

रेखा थापाले निर्देशक श्याम भट्टराईसँग माफी मागिन्

निर्मात्री अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराईसँग माफी मागेकी छिन् ।

निर्माता संघका अध्यक्ष राजकुमार राईको रोहबरमा रेखाले श्यामसँग ‘हिम्मतवाली काण्ड’का लागि माफी मागेकी हुन् । रेखासँगै श्यामले पनि आइन्दा रेखाको विषयमा जथाभावी नबोल्ने सहमति गरेका छन् ।

निर्देशक श्याम भट्टराईले फेसबुकमा निर्माता संघका अध्यक्ष राजकुमार राईको रोहबरमा भएको सम्झौताको प्रतिलिपी पोष्ट गर्दै रेखासँगको सहमतिलाई सार्वजनिक गरेका हुन् ।
फिल्मीखवरकाrekha thapa अनुसार रेखा र श्यामको झगडा जसरी नाटकीय रुपमा बाहिरिएको थियो सहमति पनि त्यसरी नै अनपेक्षित रुपमा बाहिरिएको छ । किनकी केही दिन अघिसम्म पनि दुवै एक अर्कालाई सिध्याउने खेलमा जोड तोडले लागेका थिए ।

त्यसो त रेखाले कलाकार तथा निर्माता निर्देशकसँग झगडा गर्ने कुनै नयाँ कुरा होइन । रेखाको झगडालु स्वभावको बारेमा केही महिना अघि एउटा प्रतिष्ठित साप्ताहिक पत्रिकाले खबर नै छापेको थियो । र त्यसमा रेखाले झगडा गरेका व्यक्तिहरुको फेहरिस्त नै थियो ।
रेखाले झगडा गरेका व्यक्ति  मध्येको पछिल्लो लिस्टमा सामेल थिए निर्देशक श्याम भट्टराई । महेन्द्रनगरमा ‘हिम्मतवाली’ फिल्मको सुटिङबाटै श्याम भट्टराईलाई गलहत्याएर निकालेपछि  रेखा र श्यामको दन्तबझान सुरु भएको थियो जुन केही दिन अघि सम्म पनि जारी नै थियो । श्याम र रेखाको झगडाको पराकाष्ठा निर्देशक समाजको साधारण सभामा देखिएको थियो ।
श्याम भट्टराईले निर्देशक समाजले आफ्ना सदस्यको संरक्षणका लागि काम नगरेको आरोप लगाएपछि दिनेश डिसीले मञ्चबाटै रेखाले निर्देशक श्याम भट्टराईले महिला कलाकारमाथि दुव्र्यव्हार गरेको भिडियो सुरक्षित रहेको भनेका कारण कारवाही अगाडि बढाउन नसकेको स्पष्टिकरण दिएका थिए ।

त्यसको प्रतिउत्तरमा श्यामले आफू माथिको आरोप प्रमाणित भए कार्यक्रममा आत्महत्या गर्ने धम्की दिएका थिए ।
तर अचानक  १८० डिग्रिमा आएर भएको यो सहमतिले धेरैलाई उत्सुक बनाएको छ । माफी माग्नु र माफी दिनु संसारकै सुन्दर कुरा मध्ये एक हुन् ।

चिकित्सकको लापरवाहीले नावालकको ज्यान गयो

रौतहट,भदौ ८–जिल्ला अस्पताल गौरका चिकित्सकले एक नाबालकको ज्यान लिएको आरोप उनका आफन्तजनले लगाएका छन् । रौतहटको सदरमुकाम गौरको वडा नं.४ निवासी ललन भारतीका १० वर्षिय छोरा गोलु भारतीको शनिवार राति ८ बजे उपचारको क्रममा मृत्यु भएको छ । घरनजिकै खेल्दै गरेका गोलुलाई शनिवार साँमm ४ः३० बजे विषालु सर्पले टोकेपछि तुरुन्त परिवारजनले जिल्ला अस्पताल गौरमा पुरयाएका थिए । सर्पको टोकाई पश्चात एन्टि स्नेक भेनम नामक सुईको सट्टा उपचारमा सग्लन चिकित्सकले अर्को सुई गोलुलाई लगाएको परिवारजनले आरोप लगाएका छन् ।
चिकित्सकले सुई लगाएको केहि क्षणमै गोलुको स्थिति क्रमिक रुपमा खराब हँदै गएको र परिवारजनले यो कुरा पटक–पटक चिकित्सकलाई जानकारी गराए पनि चिकित्सकको आनाकानीले बालकको ज्यान गएको भन्दे आफन्तजन आक्रोसित भएका हुन् । चिकित्सकको लापरवाहिले नै गोलुको ज्यान गएको भन्दै स्थानियले करीब एक धन्टा अस्पताल परिसरमा हो–हल्ला गर्दै अस्पताल घेराउ समेत गरेका थिए ।‘चिकित्सकले समयमा सहि उपचार गरेको भए छोराको ज्यान जोगिने थियो,’बुवा ललनले आसुँ झार्दै भने ।
यसअघि पनि उक्त अस्पतालमासर्पको टोकाईबाट ल्याइएका एक एक विरामीको मृत्यु भए पछि अस्पताल तोडफोड भएको थियो । स्मरणीय छ ,१० जना दरबन्दी रहेको जिल्ला अस्पताल अहिले १ जना साधारण चिकित्सको भरमा सन्चालनमा रहेको छ भने प्रायःजसो बिरामीको उपचार अहेब कै भरमा हुने गरेको छ ।

इराकी गृहमन्त्रालयमै बम हमला, छ जनाको मृत्यु

बग्दाद, भदौ ७

– इराकी गृह मन्त्रालयमा शनिबार आत्मघाती बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ ।

शनिबार अपरान्ह एकजना आतमघाती हमलाकारीले बम हमला गरेका थिए । सो हमलामा परी छ जनाको ज्यान गएको र अरु ३२ जना घाइते भएका छन् ।

सो मन्त्रालयको पर्खाल अत्याधुनिक सुरक्षा व्यवस्थाका साथ बनाइएको र बाहिर सुरक्षामा बसेका सुरक्षाकर्मीहरुले पनि निकै नै रक्षात्मक उपायका साथ बसेका बताइएको थियो ।

तरपनि आत्मघाती हमलाकारीले जबर्जस्ती कार्यालयभित्र छिरी आफैमाथि बम पड्काएका थिए ।

उनले बोकेको सो विस्फोटक पदार्थ निकै शक्तिशाली भएकोले ठूलो क्षति हुन पुगेको बताइएको छ । रासस÷एएफपी