शिल्पासँग प्रेमको बात, आर्यनलाई मायालुको मात

lazza
छविराज ओझा निर्मित फिल्म ‘लज्जा’ को प्रोमो सार्वजनिक गरिएको छ । नवल नेपाल निर्देशित फिल्म ‘लज्जा’ मा आर्यन सिग्देल र शिल्पा पोरेलेको मुख्य भूमिका छ । कार्तिक ७ गते तिहारमा रिलिज गर्ने तयारी गरिएको चलचित्र लज्जाको युट्युब मार्फत प्रोमो सार्वजनिक गरिएको हो ।

lazza3
सेन्सरबाट युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्म ‘लज्जा’ को सार्वजनिक गरिएको प्रोमोले नारीको संवेदना, बाध्यता, पिडा र बदलाको भावना देखाउन खोजेको छ । चेतन सापकोटाको संगीत रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । क्यामेरा मदन कास्यप घिमिरेले चलाएका छन् । नृत्य निर्देशन कविराज गहतराजको छ ।

छविराज ओझाले ‘लोफर’ पछि अभिनेत्री रेखा थापा बिना नै फिल्म ‘लज्जा’ निर्माण गरेका छन् । रेखाले निर्माण गरेको फिल्म दशैंमा प्रदर्शन हुँदैछ भने छविको तिहारमा । रेखा र छविको फिल्ममध्ये कसले व्यापारिक सफलताको बाजी मार्ला ? फिल्म बजारमा यसकै चर्चा छ ।

यसरी पो खिचिदो रैछ ‘तितो सत्य’ । हेरौ आफैं ।

https://r2—sn-ox25auxaxjvh-cige.googlevideo.com/videoplayback?expire=1408454715&key=yt5&clen=193728116&id=o-AD8ZVL4Rs4J6qz_3TTtHfdKIbUTioDqet7C6ZH0V8xar&sparams=clen%2Cdur%2Cgir%2Cid%2Cinitcwndbps%2Cip%2Cipbits%2Citag%2Clmt%2Crequiressl%2Csource%2Cupn%2Cexpire&fexp=902408%2C906369%2C924617%2C927622%2C931014%2C931983%2C934024%2C934030%2C934601%2C940636%2C943409%2C946023%2C952803&mt=1408433064&itag=135&ip=49.244.186.212&ipbits=0&lmt=1404597207957474&mv=m&source=youtube&ms=au&signature=0FCFB6EBB10BDA40D1BB6A4A76A5FDEB47897421.94237F8447DC386DAEBD7F11A94CFCD7D71F13DE&dur=1417.760&sver=3&mws=yes&initcwndbps=120000&upn=hwcb1mUUJtI&gir=yes&requiressl=yes&mm=31

दीपक भए उज्ज्वल नक्षत्र

 
  • dipak sharma

    संगीतकार दीपक शर्मा यस वर्षको श्रुति उज्ज्वल नक्षत्र भएका छन् । श्रुति संगीत विद्यालयले आफ्नो ११ वर्ष प्रवेशको अवसर पारेर संगीतकार दीपक शर्मालाई उज्ज्वल नक्षत्रका रुपमा सम्मान गरेको हो । यस वर्षबाट सुरु गरिएको श्रुति उज्ज्वल नक्षत्रबाट दीपक शर्मालाई सम्मान गरिएको संगीतकार एवं श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीले बताएका छन् । विद्यालयमा अध्ययन गर्ने कुनै पनि विधाका उत्कृष्ट विद्यार्थीलाई यो सम्मानबाट पुरस्कार गरिने प्रेमीले म्यूजिक खबरलाई बताए । संगीतकार दीपक शर्मा श्रुति संगीत विद्यालयको उत्कृष्ट विद्यार्थी भएकोले उनको भविश्यलाई अझ उज्ज्वल बनाउनका लागि श्रुति उज्ज्वल नक्षत्र सम्मानबाट प्रोत्साहन मिल्ने प्रेमीले बताए । दीपक शर्मा पनि आफूले श्रुति संगीत विद्यालयमा अध्ययन गरेर एउटा संगीतकार बन्न सफल भएकोमा गर्वानुभूति भएको बताउँदै श्रुतिले उज्ज्वल नक्षत्रका रुपमा सम्मान गरेकोमा आभार प्रकट गरे । शर्माले श्रुतिकै कारण आज एउटा संगीतकारको रुपमा अरुले चिन्ने मौका पाएको स्मरण गर्दै श्रुतिले नै आफूलाई मार्गदर्शन गरेकोमा विद्यालयका अध्यक्ष एवं संगीतकार नरहरि प्रेमी धन्यवादको पात्र भएको बताए । दीपक शर्मा यतिबेला चलचित्र, आधुनिक एवं लोक संगीतको क्षेत्रमा नै उचाइ कायम गर्दै गरेका संगीतकारका रुपमा परिचित छन् । एकपछि अर्को गरेर उनका संगीतहरुले चर्चा पाउने क्रम जारी रहेको छ ।

सुन तस्करहरू किन पक्राउ पर्दैनन्?

 
gold

सिन्धुपाल्चोक, चीनसँगको एक मात्र भन्सार नाका तातोपानी भन्सारबाट हुने गरेका अबैध सुन तस्करीमा पक्राउ पर्ने अधिकांश सहयोगी हुने गरेका छन् । उनीहरुको सुन नेपाली नाका कटाए बापत केही रकम लिने गर्छन् । तर बास्तविक तस्कर पक्राउ पर्दैनन् ।

आजको नयाँ पत्रिका दैनिकको एक खबर अनुसार तातोपानी नाका हुँदै आएको सुन तस्करीमा संलग्न बास्तबिक नाइके पक्राउ नपरेको र सहयोगी मार्फत कारोबारका कारण भन्सार कार्यालय, सीमामा अवस्थित सुरक्षाबल तथा नेपाल प्रहरीका अधिकारी अनुसन्धानमै सीमित हुने अबस्था छ ।

तातोपानी नाकाबाट मंगलबार ४ किलो ६ तोला सुन सहित दोलखाकी माया शेर्पा पक्राउ परिन् । शंकास्पद रुपमा हिँडेको देखिएपछि भन्सार कर्मचारी र सशस्त्र प्रहरीको राजस्व गस्तीले नियमित जाँचका क्रममा उनलाई सुनसहित पक्राउ गरेको हो ।

चीनको तिव्वतबाट लुकाईछिपाई नेपाल भित्राउन लागिएको सुनसहित पक्राउ परेकी उनको हुलिया बास्तविक कारोवारी नभएको प्रहरीको भनाइ छ । शेर्पामाथि अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् ।
तस्करी मुद्दा हेर्ने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारी सुन तस्करी प्रकरणमा चिनियाँ वा नेपाली जो पक्राउ परे पनि भरिया मात्र भएको बयान दिने गरेको बताउँछन् ।

‘पक्राउ परेकाले भरिया मात्र भएको दाबी गर्छन्,तर खास कारोवारी खुलाउँदैनन्’ अधिकारीले भने,‘पक्राउ परेका सबैले चिनियाँले सुन दिएको र काठमाडौंमा पुगेपछि फोन गरी भेट्छु भन्ने गरेकाले खास कारोबारी पक्राउ नपरेका हुन् ।’
पक्राउ पर्नेले असली कारोबारी नचिन्ने बताउने हुँदा सुन तस्कर समुह ठुलै भएको अनुमान उनको अनुमान रहेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

काभ्रेली डन दावा लामा पक्राउ

काठमाडौं, एक वर्ष अघि फरार भएका डन दावा लामा दुई सहयोगी सहित पक्राउ परेका छन् । गुन्डागर्दी विरुद्ध अप्रेसन तीव्र पारेको महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकको एक समाचार अनुसार लम्बु भनिने वीरेन कुँवर र प्रवीण केसी सहित दावा पक्राउ परेका हुन् । उनको साथबाट लागुऔषध खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार व्यापारी राजन श्रेष्ठमाथि एक वर्ष अघि नख्खुमा खुकुरी हानेको तथा सुनिल अग्रवाललाई अपहरण गरेको मुद्दामा दावा फरार थिए ।

पैसा माग्दै दावा सहितको समूहले व्यवसायी श्रेष्ठलाई खुकुरी हानेको थियो । क्यासिनोमा पैसा लगानी गर्ने धन्दा पनि उनले चलाउँदै आएका थिए । काभ्रेली समूहका उनी नाम चलेका गुन्डा हुन् । पहिला गणेश लामाको सहयोगी रहेकोमा पछिल्लो समय उनीहरुबीच राम्रो सम्बन्ध थिएन भन्दै समाचारमा उल्लेख गरिएको छ ।