जितबहादुरको घरमा सुरक्षा

Modi-Jitbahadurनवलपरासी,साउन२०–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारु मगरलाई प्रहरीले कडा सुरक्षा दिएको छ ।
मोदीसँगै आइतबार काठमाडौं आएर ह्यात होटलमा पारिवारिक मिलन गरेपछि मोदीले उनलाई अव नेपालमा बस्छौ की म सँगै जान्छु भनेर सोधेका थिए । जवाफमा जितबहादुरले हजुरसँगै जान्छु भने ।
मोदीले त्यसपछि केहि दिन बसेर दिल्ली आउनु भनेकाले आफू घर आएको बताए ।उनी आइतबारराति कावासोती नगरपालिका १ स्थित घरमा आएका हुन् । उनले सोमबार बिहानैदेखि घरमा सर्वसाधारणको भिड लागेको सुनाए ।
उनको घरमा केही सञ्चारकर्मी,सुरक्ष निकाय अधिकारी,नगरपालिका पदाधिकारी र विभिन्न क्षेत्रका व्यक्ति आएका थिए । सुकुम्बासी बस्तीमा रहेको उनको सानो घरमा भीड लागेपछि सानो टेन्ट टाँगिएको थियो ।
सादा पोशाकका सुरक्षाकर्मी उनको सुरक्षामा खटिएका छन् भारतीष् प्रधानन्त्रीको विशेष विमानबाट नेपाल आएका जीतबहादुर साउन ३० गते दिल्ली फर्कनेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।