पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?
काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथ पुगेर विशेष पूजाआजा गरेका छन्। पूजाआजापछि उनले आगन्तुक पुस्तिकामा पशुपतिनाथको दर्शनले भावविभोर महसुस गरेको जनाएका छन्।
 

उनले आफ्नै हस्ताक्षरमा लेखेका छन् – बागमती तहस्थित पशुपतिनाथको यो मन्दिर आस्था र विश्वासको अद्वितीय केन्द्र हो। स्कन्द पुराणको हिमवत् खण्डमा भनिएको छ– काशी विश्वनाथ र पशुपतिनाथ एउटै रूप हुन्। साउन महिना, शुक्ल पक्षको अष्टमीको यो पावन तिथिमा यहाँ आएर मैले भावविभोर महसुस गरिरहेको छु। नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपा दुवै देशको जनमानसमा रहिरहोस्, यही मेरो कामना छ।

Leave a comment