मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ५ डिन सहित १४ लाई निलम्वन गर्न अख्तियारको सिफारिस

काठमाडौं-
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच जना डिन सहित १४ जना पदाधिकारीलाई निलम्वन गर्न अख्तियारले सिफारिस गरेको छ।विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण, खरिदप्रक्रिया, शिक्षक तथा कर्मचारी नियुक्ती र विश्वविद्यालयको कोष संचालनसमेतका अनयिमितता तथा भ्रष्टाचार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ। निलम्वन सिफारिसमा पर्नेहरुमा मानविकीतथा सामाजिक संकायका डीन पिताम्वर ढकाल, व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरम्जा, विज्ञान तथा प्रविधि संकायका डीन डा. केशर सिंह राना, इन्जिनियरिङ्ग संकायका डीन प्रा. रामचन्द्र अर्याल, शिक्षा विज्ञान संकायकाडीन लालमणि आचार्य रहेका छन्। यस्तै अन्य कर्मचारीहरुमा लेखा नियन्त्रक कमल के.सी., सहायक प्रशासक गगन सिंहबोहरा, उपप्रध्यापक गणेश बहादुर रावत, अनुगमन अधिकृत पारसराम गिरी, वरिष्ठसहायक गणेश बाहदुर के.सी., उपकुलपतिका निजी सहायक उप प्रध्यापक सुधन गौली, वरिष्ठ सहायक जीवन कुमार थापा, इन्जिनियर महेश शर्मा, वरिष्ठ सहायक सत्याथापा छन्। उनिहरु उपर अनुसन्धान भईरहेकोले पदमा बहालरहँदा अनुसन्धानमा बाधा ब्यबधान पुर्याछउन र आफु विरूद्धकोप्रमाणहरू नष्ट समेत गर्न सक्ने संभावना भएकोले उनिहरुलाई निलम्वन सिफारिस गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जनाएका छन्।302x80

 

 

कोसी विपदमा सहयोग गर्न चीन तयार

हङकङ- चीनका प्रधानमन्त्री ली खछ्याङले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट प्रभावित क्षेत्रमा सहयोग गर्न तयारी अवस्थामा रहेको जनाएका छन्।
 

‘आफ्नो क्षमताअनुसारको आर्थिक सहयोग सहित नेपालको विपद व्यावस्थापनमा सबै प्रकारका सहयोग गर्न चीन तयारी अवस्थामा बसेको छ’,प्रधानमन्त्री सुशील कोइरालालाई सोमबार पठाएको शोक सन्देशमा चीनका प्रधानमन्त्री लीले भनेका छन्।  

चीनको पीपुल्स डेलीका अनुसार प्रधानमन्त्री लीले सन्देशमा पहिरोमा परेर मारिएकालाई श्रद्धान्जली दिँदै पीडितप्रति समवेदना व्यक्त गरेका छन्।

शनिबार गएको पहिरोमा हराइरहेका नागरिकको खोजी कार्य भइरहेको छ भने पहिरोले थुनेको कोशी बाँध फुट्न सक्ने खतरा अझै बाँकी छ। पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन व्यापार ठप्प भएको छ। नेपाल चीनको स्वशासति प्रदेश प्रमुख व्यापार साझेदार हो भने तातोपानी नेपाल–चीनको मुख्य नाका हो।

भूकम्प पीडितलाई भेट्न ली युनान प्रान्तमा

चीनका प्रधानमन्त्री ली भूकम्प पीडितलाई भेट्न सोमबार दक्षिण पश्चिम चीनको युनान प्रान्त पुगेका थिए। युनानको लुडिनमा आइतबार दिउँसो गएको शक्तिशाली भूकम्बाट १२ हजार घर भत्किँदा अहिलेसम्म ३ सय ९८ जनाको मृत्यु भएको छ भने करिब दुई हजार घाइतेको उद्धार गरिएको छ।

यस्तो छ मोदीकाे सम्बोधन (भिडियोसहित)

यस्तो छ मोदीकाे सम्बोधन (भिडियोसहित)
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले व्यवस्थापिका संसदमा सम्बाेधन गरेका छन्। अाफ्नो सम्बोधनका क्रममा उनले नेपालको सडक र जलविद्युत विकासका लागि एक अर्ब अमेरिकी डलर सहुलियत ऋण दिने घोषणा गरेका छन् । नेपालीमा सम्बाेधन सुरु गरेका उनले पछि हिन्दीमा सम्बोधनलाई निरन्तरता दिएका थिए ।
 

यस्तो थियो उनकाे सम्बोधन – यो यस्तो यात्रा थियो, जुन म प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नेबित्तिकै गर्न चाहन्थेँ, किनकि हाम्रो नेपालसँगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्ये हो। म एक सय २५ करोड भारतीय जनताको माया, शुभकामना र सद्भावना लिएर आएको छु। भारत र नेपालको सम्बन्ध त्यति नै पुरानो छ, जति हिमालय र गंगाको छ। हाम्रो सम्बन्ध कागजको पानाबाट अघि बढेको छैन, हाम्रो सम्बन्ध मनको अन्तस्करणदेखि छ, जनजनको मनको प्रतिबिम्बका रूपमा रहेको छ। हामी एकै सांस्कृतिक बिरासतका धनी छौं। म मूलतः गुजरातको हुँ, सोमनाथको भूमि हो। सोमनाथको भूमिबाट हिँडेर राष्ट्रिय राजनीति विश्वनाथको छत्रछायाँबाट सुरु गरेँ। आज पशुपतिनाथको चरणमा उभिएको छु। यो यस्तो भूमि हो, जसले विश्वलाई अचम्मित पार्ने भगवान् गौतम बुद्धलाई जन्म दियो।
हामी एकै सांस्कृतिक बिरासतका धनी हौं। काशीमा एउटा मन्दिर छ, जहाँका पुजारी नेपाली छन्। र, नेपालमा पशुपतिनाथ छन्, जहाँका पूजारी हिन्दूस्तानी छन्। भारतका प्रत्येक व्यक्ति ५१ शक्तिपीठको दर्शन गर्ने चाहना राख्छ, ती ५१ शक्तिपीठमध्ये दुई शक्तिपीठ नेपालमा छन्। यतिमात्र होइन, हिन्दुस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन, जुन जितका लागि नेपालीको रगत नबगेको होस्। कुनै नेपालीले सहादात प्राप्त नगरेको होस्। भारतका लागि मर्न–बाँच्न तयार बहादुर नेपालीलाई म नमन गर्छु। भारतीय सेनाका फिल्ड मार्सलले महत्वपूर्ण कुरा भन्दथे – कोही सेनाका जवानले म मर्नबाट डराउँदिन भन्छ भने बुझ्नू कि त ऊ झुठो बोलिरहेको छ, कि त्यो गोर्खा हो।
आज लोकतन्त्रमा विश्वास राख्ने पूरै विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ। आशायुक्त नजरले हेरिरहेको छ। तपाईंलाई लाग्छ होला सदनमा बसेर संविधान निर्माणबारे चर्चा गरिरहेका छौं, भिन्न भिन्न धाराको चर्चा गरिरहेका छौं, समाजका भिन्न भिन्न वर्गको हितका कल्याणको चर्चा गरिरहेका छौं। यसलाई म फरक ढंगले हेर्छु। हामी जुन परम्परामा बाँचेका छौं, कहिले केही ऋषिले वेद निर्माण गरे, केहीले उपनिषद् निर्माण गरे, केहीले योगसंहिताको निर्माण गरे र जसको प्रकाशमा हजारौं वर्षदेखि हामी आफ्नो जीवन चलाउँदै आएका छौं, त्यसै परम्परामा तपाईंको जीवनमा देशको संविधानले पनि नयाँ संहिताको रूपमा जन्म लिन्छ। नयाँ युगलाई दिशा देखाउने काम संविधानमार्फत् हुन्छ। जुन कुनै जमानामा ऋषिहरुले वेदद्वारा, पुराणद्वारा, संहिताद्वारा गरेका थिए। यस प्रकारले तपाईंहरू नयाँ संहिता लेख्दै हुनुहुन्छ।
तर संविधान निर्माणका पूर्वसर्त हुन्छन्, संविधान निर्माण गर्न ऋषिमन हुनु जरुरी छ। त्यो मन जसले टाढासम्म देख्न सक्छ, त्यो मनले समस्याको अन्दाज गर्न सक्छन्, त्यो मनले सय वर्षपछि पनि समाजलाई सुरक्षित राख्न र आर्थिक विकास यात्रालाई अघि बढाउने कुरा आज शब्दमा अंकित गर्नसक्छ। त्यसैले तपाईं असाध्यै भाग्यमानी हुनुहुन्छ, म तपाईंहरूलाई नमन गर्न आएको हुँ, तपाईंहरूको अभिनन्दन गर्न आएको हुँ। तपाईंहरूको संविधान जुन बन्नेछ, त्यो नेपालका लागि मात्र होइन, विश्वका लागि एउटा स्वर्णिम पृष्ठ बन्नेवाला छ। किनभने, इतिहासको धरोहरमा हेर्ने हो भने एक सम्राट अशोक थिए, जो युद्धपछि शान्तिको खोजीमा निस्किए। युद्ध छोडेर बुद्धको शरणमा गए र एउटा नयाँ स्वर्णिम पृष्ठ लेखियो। म ती सबैलाई बधाइ दिन्छु जसले बुलेटको बाटो छाडेर ब्यालेटको मार्गमा अघि बढ्ने संकल्प गरे, नेपालको धर्तीमा पनि। म ती सबैलाई अभिनन्दन गर्छु, जो युद्धबाट बुद्धको बाटोमा गए।
तपाईंहरूले जब संविधान निर्माण गर्नुहुनेछ, त्यो शान्ति प्रक्रियाको गर्भबाट एउटा यस्तो उम्दा संविधानले जन्म लिनेवाला छ, जसले कोटिकोटि जनको आशा आकांक्षाको पूर्ति गर्नेछ। यसभन्दा अगाडि आज दुनियाँको प्रत्येक भूभागमा सानातिना केही गुट यस्ता जन्मिएका छन्, जो अझै हिंसामा विश्वास गर्छ। शस्त्रको माध्यमबाट सुख प्राप्त हुन्छ भन्ने बाटो उनीहरुले देखेका छन्। जब नेपाल संविधान लिएर आउनेछ, शस्त्रलाई छाडेर शास्त्रको सहायताले पनि जीवनमा परिवर्तन ल्याउन सकिन्छ भनेर विश्वास दिलाउन सकिन्छ। तपाईंहरुको प्रयोग सफल भयो भने विश्वलाई हिंसाबाट मुक्तिको नयाँ आधार बुद्धको भूमिबाट मिल्नेछ।
भारतले सुरुदेखि मान्दै आएको छ– हाम्रो काम तपाईंको काममा दख्खल दिनु होइन। भारतको काम तपाईंले जुन संकल्प गर्नुहुन्छ, तपाईंले जुन मार्ग छान्नुहुन्छ, त्यसमा हामी काममा आउन सक्नु नै हाम्रो काम हो। तपाईंलाई मार्ग देखाउनु हाम्रो काम होइन। तपाईंलाई लक्ष्यसम्म पुर्‍याउनु हाम्रो काम होइन। नेपाल एउटा सार्वभौम राष्ट्र हो। हाम्रो इच्छा यति हो, नेपालले हिमालयको उचाइँ प्राप्त गरोस् र पूरा विश्व नेपाललाई हेरेर गौरवान्वित होस्।
संविधान विवादबाट समाधानको बाटोमा लैजाने बलियो माध्यम हुनेछ। त्यसैले चाहे पहाड होस्, या तराई संविधानले जोड्ने काम गर्नेछ। संविधानमा हजारौं चिज राम्रो हुन्छ, तर एउटा अल्पविराम, एउटा पूर्णविराम कहीँ पनि यस्तो आयो, जुन तपाईंलाई थाहा नहोस्, लेखियो। तर ५० वर्ष, सय वर्षपछि अल्पविराम, पूर्णविरामका रूपमा आएका एकदुई चिज विषवृक्ष नबनोस्, विषवृक्षलाई जन्म नदियोस्, जसले नेपालको सपनालाई धूमिल पारोस्। यस अर्थमा भारत चाहन्छ, तपाईंहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो लिएर आजसम्म उपलब्धमध्ये सबभन्दा उत्तम मार्ग छान्नुभएको छ। भारत सधैं तपाईंको संघीय लोकतान्त्रिक गणतन्त्रको कल्पनाको पूरापूरा आदर गर्छ।
नेपाल र भारतको सम्बन्ध यस्तो छ कि थोरै मात्र हावा यताउता भयो भने शीतल हामीलाई पनि हुन्छ। आज घाम यहाँ चर्कियो भने गर्मी हामीलाई पनि लाग्छ। यस्तो अटुट नाता छ। यदि तपाईं चैनले सुत्नुभएको छैन भने हिन्दुस्तान पनि चैनले सुत्न सक्दैन। हिजो जब कोसीको घटना भयो, समाचार आयो, मेरो पूरा चासो रहिरह्यो, यति ठूलो घटना भयो, के भयो? यति ठूलो चट्टान झरेको छ, कोसी नदीको पानी रोकिएको छ। थाहा छैन कतिजना हराएका छन्, कतिको मृत्यु भएको छ? जति चिन्ताले तपाईंलाई सताउँथ्यो, त्यति चिन्ताले मलाई पनि सताउँथ्यो किन? जुन कष्ट तपाईको हो, त्यो मेरो पनि हो। यो आपत तपाईको हो भने मेरो पनि हो। हिन्दूस्तानको कुनै कुनामा जति शीघ्रतासाथ मद्दत पुर्‍याइन्छ, त्यति नै शीघ्रतासाथ सहयोग पुर्‍याउने उपाय मैले समाएँ।
नेपालमा जन्मिएका गौतम बुद्धले मनको अँध्यारोलाई हटाएजस्तै नेपाल जलसम्पदामा यस्तो धनी छ, जसले बिजुलीको माध्यमबाट हिन्दुस्तानको अँध्यारो हटाउन सक्छ। हामी बिजुली निःशुल्क चाहँदैनौं, हामी किन्न चाहन्छौं। हामी तपाईंको पानी पनि लैजान चाहँदैनौं। एउटा कहावत छ– पानी र जवानी यो कहिल्यै पहाडको काममा आउँदैन। पानी पहाडमा रहँदैन, बग्दछ। र, जवानी पनि अलिकति उमेर बढ्नासाथ रोजीरोटीको खोजीमा बाहिरिन्छ। त्यो जवानी पनि पहाडको काममा आउँदैन, पानी पनि आउँदैन। तर, यो कहावत हामीलाई बदल्नुछ। त्यो पानी पहाडको काममा कसरी आउँछ, त्यो जवानीले पहाडलाई कसरी नयाँ रौनक दिन्छ, त्यो दिशामा हामी अघि बढ्नुपर्छ। हामीले प्राकृतिक संशाधनको समुचित प्रयोग गरेर विकासको एउटा दिशा तय गर्दैनौं भने कसरी हुन्छ? भारत यसका लागि तपाईंसँग काँधमा काँध मिलाएर हिँड्न चाहन्छ। निर्णय तपाईंको हो। एउटा हिन्दुस्तानलाई मात्रै बिजुली बेचेर पनि नेपालले समृद्ध देशमा आफ्नो स्थान बनाउन सक्दछ।
जब लक्ष्मणजी मूर्छित भए हनुमानजी जडिबुटी लिन यहाँ आए। आज पूरा विश्वमा हर्बल हेल्थकेयरको चर्चा चलिरहेको छ। जडिबुटी हिमालयको गर्भमा अलपत्र छ। यदि त्यो जडिबुटीलाई हामीले हर्बल मेडिसनका रूपमा प्रोत्साहन दियौं भने नेपाल विश्वमा हर्बल मेडिसिनको सबभन्दा ठूलो निर्यातक किन बन्दैन? के छैन तपाईंहरुसँग? म तपाईंहरुसँग काँधमा काँध मिलाएर काम गर्न तयार छु।
तपाईंको छिमेकमा रहेका सवा सय करोड देशवासी कहिले न कहिले पशुपतिनाथ आएर आफ्नो शीर झुकाउन चाहन्छन्। भगवान बुद्धको समीप आएर शान्तिको सन्देश लिन चाहन्छन्। नेपालको पर्यटन त्यस रुपमा विकसित होस् ताकि भारतका ठूलो संख्यामा पर्यटक नेपाल आउन सकून। पर्यटन कमभन्दा कम पुँजीले ज्यादाभन्दा ज्यादा रोजगारी दिने क्षेत्र हो। पर्यटक आउँछन् भने चना बेच्नेले पनि कमाउँछ, बदाम बेच्नेले पनि कमाउँछ, अटो रिक्सा चलाउनेले पनि कमाउँछ, ट्याक्सीवालाले पनि कमाउँछन्, चिया बेच्नेले पनि कमाउँछन्। चिया बेच्नेवालाको कुरा आउँदा मलाई बडा आनन्द आउँछ।
अर्कोतिर, साहसिक पर्यटनका लागि हिमालयभन्दा बढी के हुन सक्छ? नेपालभन्दा राम्रो कुन ठाउँ हुन सक्छ? पूरै विश्वको युवालाई पागल बनाउने तागत तपाईंको धर्तीसँग छ। म तपाईंहरुलाई आह्वान गर्दछु– आउनुहोस्। तपाईं पूरा विश्वको युवालाई ललकार्न सक्नुहुन्छ, आउनुहोस्। कति ठूलो अवसर छ। हामीले संविधान निर्माण पनि गर्नुछ, हामीले नेपाललाई नयाँ उचाईमा पनि लैजानुछ। त्यसका लागि एउटा छिमेकीको धर्म निर्वाह गर्नका लागि हामी प्रतिबद्ध छौं।
मेरो मनमा आयो– नेपाललाई हिट गरौं। मैले यस्तो शब्द प्रयोग गर्दा तपाईंलाई नराम्रो लाग्न सक्छ। यो को हो हिट गर्ने? तर म जब हिट गर्ने कुरा गर्छु मेरो मनमा तीन प्रमुख कुरा आउँछ– एचआइटी। पहिलो हाइवेज, दोस्रो आइवेज र तेस्रो ट्रान्सवेज। नेपाललाई भारतले जति चाँडो यो उपहार दिन्छ, हाइवेज दिओस्, आइवेज– इफर्मेनस वेज, पूरा विश्वमा नेपाल पछाडी पर्नु हुन्न। नेपाल पनि डिजिटल बन्नुपर्दछ। नेपाल विश्वसँग जोडिनुपर्दछ। र ट्रान्सवेज – ट्रान्समिसन लाइन्स। आज हामी जति बिजुली नेपाललाई दिइरहेका छौं, त्यसको दोब्बर दिने मेरो चाहना छ, यसका लागि जतिसक्दा चाँडो ट्रान्समिसन लाइन जोड्नुहुन्छ, अहिले हामी नेपालको अँध्यारो हटाउनेछौं, एक दशकपछि हिन्दूस्तानको अँध्यारो नेपालले हटाउनेछ – यो हाम्रो नारा हो। यसैले मैले भने एच – हाइवेज, आइ– इन्फर्मेसन वेज र टि – ट्रान्समिसन वेज। यो म हिट गर्न चाहन्छु। र तपाईं पनि चाहनुहुन्छ, यो हिट चाँडै होओस्।
यदि महाकाली नदीमा पुल बन्यो भने मेरो र तपाईंको दुरी कति कम हुन्छ। हामी एकअर्काको नजिक आइपुग्छौं। आज हामीलाई घुमेर जसरी आउनुपर्दछ, महाकालीमा पुल बन्यो भने हाम्रो दुरी कम हुन्छ। हामी यो कुरालाई जोड दिएर अघि बढ्न चाहन्छौं। त्यस्तै प्रकारले हाम्रो लागि सीमा जुन छ, त्यो अवरोध बन्न सक्दैन, त्यो पुल बन्नुपर्छ। भारत र नेपालको सीमा यसप्रकारले चालु होस्, ताकि तपाईंको विकास होस्, र तपाईंसँग जोडिएको भारतका राज्यहरू छन् तिनको पनि विकास होस्। एउटा योजना आज मैले प्रधानमन्त्रीलाई भनेँ – यति ठूलो प्राकृतिक सम्पदा छ, भारतले यसमा काम सुरु गरेको छ। नेपालमा पनि यसमा अघि बढोस्। हामीले मिलेर हिमालयको शक्ति मानवजातिका लागि कसरी आउन सक्दछ, त्यसको बाटो र साधन के हुन सक्छ? त्यसको सामर्थ्यलाई हामीले पहिचान गरौं। विज्ञानको नयाँ रहस्यलाई हामीले खोलौं। मानवजातिको कल्याणको दिशामा हामी काम गरौं, हामी प्रयास गर्न चाहन्छौं।
कहिलेकाहीँ म अचम्ममा पर्छु– अमेरिका टेलिफोन गर्नुपर्‍यो भने सस्तो पर्छ, तर नेपाल फोन गर्नुपर्‍यो भने महँगो पर्छ। यो के अचम्म हो। नेपालका लाखौं मानिस भारतमा छन् र उनीहरू त्यहाँबाट कुरा गर्न चाहन्छन् तर नमस्ते गरेर फोन राखिदिन्छन्। म यो स्थिति बदल्न चाहन्छु। यो दुई देशमा जति पनि सेवा प्रदायक छन्, उनीहरुसँग भेटेर म कुरा गर्छु, तपाईंहरु पनि कुरा गर्नुहोस् – यो सम्पर्क यस्तो हुनु हुँदैन। असाध्यै आरामसँग चाहेजति कुरा गर्न पाइयोस्, यसैले त नाता जोडिन्छ।
हामी सार्कका देशहरू मिलेर गरिबीविरुद्ध अघि बढ्न सक्छौं। गरिबीविरुद्धको लडाइँमा हामी सबै सार्क राष्ट्र एकअर्कालाई मद्दत गरौं। भारतको दायित्व हो, हाम्रा जति पनि भाइहरू छन्, उनको विकास यात्रामा हामीले मद्दत गरौं। यसैले मैले भर्खरै घोषणा गरेको छु, हाम्रो स्पेस टेक्नोलोजीको लाभ सार्कराष्ट्रहरूले पाउनुपर्छ। यसका लागि भारतको तर्फबाट एउटा सार्क सेटेलाइन लन्च गरिनेछ, यसको लाभ स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रका लागि सार्क राष्ट्रलाई मिलोस्, नेपाललाई मिलोस् त्यो दिशामा हामीले कदम उठाएका छौं।
हामी यति नजिकै छौं, धेरै दुरी छैन। तर आउँदाआउँदै १७ वर्ष लाग्यो। यो उचित होइन। म वाचा गर्दछु, अब यस्तो हुनेछैन। म त केही महिनामै फेरि आउँदैछु सार्क सम्मेलनका बेला। मैले त्यतिबेला तय गरेको छु, त्यतिबेला आउँदा राजा जनकलाई पनि नमन गर्न जान्छु, भगवान बुद्धलाई पनि नमन गर्न जान्छु। यो खुसीको कुरा हो, पञ्चेश्वर परियोजना धेरै पहिले तय भएको हो। लागत बढ्यो। तर अब प्राधिकरणको निर्माण दुवै देशमा भएको छ। म मान्दछु एक वर्षभित्र ५६०० मेघावाटको यो आयोजना सुरु हुनेछ। आज नेपालसँग जति बिजुली छ, त्यसको लगभग पाँच गुणा बिजुली, सानो कुरा होइन। विकासले कति नयाँ उचाइ पाउन सक्छ। यसका लागि भारत तपाईसँग काम गर्न तयार छ।
अर्को कुरा, जसरी मैले भने हर्बल मेडिसिन। यो एकदमै ठूलो क्षेत्र हो। यसै पनि अर्गानिक फार्म विश्वमै एउटा ठूलो बजारका रुपमा देखिएको छ। जुन सामान रुपैयाँमा बिक्दछ, यदि अर्गानिक छ भने डलरमा बिक्न थाल्दछ। नेपाल एउटा यस्तो भूमि हो, जहाँ यो सम्भव छ। भारतमा सिक्किम एउटा राज्य हो, जसले आफूलाई अर्गानिक राज्य बनाएको छ, जसले गर्दा विश्वमा एउटा नयाँ बजार खडा भएको छ। यदि नेपाल त्यो दिशामा अघि बढ्न चाहन्छ भने तपाईंहरुलाई सहयोग गर्न मलाई खुसी लाग्नेछ।
म यो पनि घोषणा गर्न चाहन्छु – भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ सहुलियत ऋण दिने निर्णय गरेका छौं। यो ऋणको उपयोग नेपालले आफ्नो प्राथमिकता आधारमा गर्नेछ। हामी चाहन्छौं यो रकम जलविद्युत, संरचना निर्माण आदि क्षेत्रमा लगाउनुहोस्। यो पहिलो दिएको भन्दा थप हो।
म फेरि एकपटक विश्वास दिलाउनु चाहन्छु – दुनियाँको दृष्टि तपाईंहरुतिर छ, विश्वले आशापूर्ण नजरले तपाईंहरुलाई हेरिरहेको छ किनभने शस्त्रबाट मुक्तिको मार्ग संधिवानको माध्यमबाट आज शस्त्रको बाटोमा हिँडिरहेका मानिसहरुलाई फिर्ता ल्याउने काम नेपालको सफलतासँग जोडिएको छ। तपाईं सफल हुनुभयो भने दुनियाँलाई फर्कने अवसर मिल्नेछ। शस्त्र छाड्ने प्रेरणा मिल्नेछ र मानिस प्रजातान्त्रिक व्यवस्थाबाट जनजनको आशा आकांक्षा पूर्ति हुने नयाँ विश्वास पैदा हुनेछ। त्यसैले तपाईंहरुले संधिवान निर्माणको यो कामलाई त्यो ढंगले हेर्नुहोस्। यो कुरा दोहोर्‍याएर भन्दछु, तपाईहरुको ऋषिमन सयवर्षपछि नेपाल कस्तो होस्, नेपालका मानिस कस्ता होऊन्, नेपालका मानिसलाई के मिलोस् भन्ने कुराको निर्णय तपाईंले गर्दै हुनुहुन्छ। त्यसमा तपाईंहरु सफल हुनुहुन्छ। भगवान् वुद्धको यो भूमिमा विचारको कुनै कमी हुनेछैन, इच्छाशक्तिको कुनै कमी हुनेछैन, संकल्पशक्तिको कुनै कमी हुनेछैन। यसैले जुन नयाँ इतिहास तपाईंहरुले रच्न गइरहनुभएको छ, त्यसबाट यति ठूलो लाभ मिल्नेवाला छ मलाई विश्वास छ। म सबैलाई यही भन्छु– हाम्रो जुन सम्बन्ध छ, भारत नेपाल मैत्री यो अमर रहोस्। युग युग बाँचोस्। सार्वभौम नेपाल राष्ट्र हिमालयको नयाँ उचाइमा माथि उठोस् यही शुभकामनासाथ तपाईंहरुबीच आउने अवसर मिल्यो फेरि एकपटक धेरै धेरै धन्यवाद।
(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा आइतबार दिएको सम्बोधनको सम्पादित अंश)

यस्तो छ मोदीको भोलिको कार्यक्रम

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे ९ बजे भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगी दर्शन र पूजाअर्चना गर्नेछन्।
त्यसपछि उनी ११:१५ बजे शीतल निवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आधा घन्टा कुराकानीपछि राष्ट्रपतिले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी ओली १:१५ बजे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १:४५ बजे, मधेसीवादी दलका नेता २:१५ बजे जानेछन्। मोदीले तीन बजेबाट आधा घन्टा ह्यातमै व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी ३:४५ बजे पाटन र भक्तपुर दरबारको अवलोकनमा निस्कने छन्। मोदीको सोमबार ५:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ।
 

‘बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो !’

 

'बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो !'
काठमाडौं- सिन्धुपाल्चोक, जिरे ड्याम बजारका ५१ वर्षीय दिलबहादुर श्रेष्ठलाई सँगै सुतेका नाति र श्रीमती शनिबारको पहिरोमा परेर बेपत्ता भएको अहिलेसम्म थाहा छैन। ‘नाति, बूढी र म त्यही कोठामा सुतेका थियौं, अहिले कता छन् थाहा छैन,’ शनिबारदेखि टिचिङ अस्पतालमा उपचारार्थ उनले नागरिकसँग भने।
 

शुक्रबार राति भुइँचालो आएझैं भएर बाहिर निस्केपछि त्यही आँगनमै पहिरोले छोपेको उनी बताउँछन्। ‘पहिला भुइँचालो आएझैं भयो, हत्तपत्त घरबाहिर निस्कँदा पहिरो र बाढी सँगै आएर पुर्योढ,’ उनले भने।
पहिरोमा पुरिएपछि उनले उद्धारका लागि हारगुहार गरे। कोही आएनन्। कराउँदा–कराउँदा बेहोस भए। भोलिपल्ट शनिबार घटनास्थल पुगेको सशस्त्र प्रहरी र नेपाली सेनाले उनको उद्धार गरेको हो।
त्यही पहिरोमा परेर दिलबहादुरका नाति र श्रीमतीको मृत्यु भइसकेको उनका आफन्तले जनाएका छन्। छातीको करङ भाँचिएका उनलाई गम्भीर चोट लागेकाले आफन्तले घटनाबारे जानकारी नगराएका हुन्।
सिन्धुपाल्चोकको पहिरोमा परेका जिरे राम्चेका ३४ वर्षीय श्रीबहादुर तामाङ र उनकी १५ वर्षीया जेठी छोरी सन्जु गम्भीर घाइते भएका छन्। दस वर्षअघि चट्याङले श्रीमती गुमाएका तामाङ परिवारमा शुक्रबारको पहिरो अर्को प्राकृतिक विपत्ति बनेर आयो। ‘बाँच्छु भन्ने थिएन, खै कसरी बाँचियो,’ उनले भने।
रातिको साढे १२ बजे भुइँचालोकै रूपमा आएको पहिरोले पुरेपछि एउटै कोठामा सुतेका छोरी र तामाङ पुरिएका हुन्। ‘थर्केर आयो, छोरीले ड्याडी भन्दै थिई, सम्हालिन नभ्याउँदै थिचिहाल्यो,’ उनले भने। 
छोरी सन्जुको ढाडमा गम्भीर समस्या छ भने श्रीबहादुरको देब्रे खुट्टा तीन ठाउँमा भाँचिएको छ। पहिरोमा परेपछि निस्कन प्रयास गरे पनि ठाउँ नपाएपछि कराउँदा–कराउँदै बाबुछोरी बेहोस भएका थिए। पहिरोले पुरेर सास फेर्ने ठाउँ नपाएपछि मुख सुकेर ढलेको उनले सुनाए। ‘मुख सुक्यो पानी पाइनँ, कराउँदै एक मुठ्ठी माटो नै चाटेछु,’ उनले भने। 
भोलिपल्ट बिहान सात बजे आफन्तको सहयोगमा उनको उद्धार भएको हो। श्रीमतीको मृत्युपछि उनले आफ्ना साना नानीहरूलाई ससुरालीमा हुर्काएका हुन्। सासूसँग सुतेका एक छोरी र छोरा भने सकुशल छन्। सामान्य चोटपटक लागेकाले सासूसहित उनीहरूको बाह्रबीसे अस्पतालमा उपचार भइरहेको छ। छोरी सन्जुको अहिलेसम्म राम्रोसँग होस खुलेको छैन। 
http://www.topupnepal.wordpress.com
स्थानीय भोटेकोशी जलविद्युत आयोजनामै मजदुरी ठेक्कासमेत गर्दै आएका श्रीबहादुरलाई आयोजनाले आइतबार डेढ लाख रुपैयाँ दिने भनेको थियो। पहिरोले सबै कुरा अधुरो भएको उनले सुनाए। ‘आयोजना नै बगाएपछि अब पैसा कसले दिन्छ र?’ उनले भने।
टिचिङ अस्पतालमै उपचार गराइरहेकी ४२ वर्षीया कमला पराजुलीको छाती, खुट्टा र अनुहारमा गम्भीर चोट लागेको छ। उनको ढाड भाँच्चिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छोरा सन्तोषले बताए। ड्याम बजारमै पसल गर्दै आएकी पराजुलीको पति पनि घाइते भएर धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। परिवारका अन्य सदस्य भने बजारदेखि अर्को गाउँको घरमा बसेकाले बच्न सफल भएका छन्। 
टिचिङ अस्पतालका अनुसार अहिलेसम्म पहिरोका १४ जना घाइतेले उपचार लिएका छन्। त्यसमध्ये एकजना गम्भीर, तीनजना मध्यम र बाँकी सामान्य घाइते छन्।

एसएलसी पूरक परीक्षा आजबाट सुरु

भक्तपुर- परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सञ्चालन गरेको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ।
 

 विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए।

परीक्षाका लागि देशभर कुल २३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी हुने छन्।

त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन्। परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन्।

प्रमाणपत्रको पैसा दिन नसक्दा विद्यार्थीले पढ्न पाएनन्

जाजरकोट- यहाँका माविहरूले चारित्रिक प्रमाणपत्र लिएको रु पाँच हजार असुल्दा विद्यार्थी मारमा परेका छन्। जिल्लाका अधिकांश माविले चर्को पैसा असुल्दा विद्यार्थी सो तिर्न नसकी खाली हात पर्कने गरेको बताउँछन्।
 

चारित्रिक प्रमाणपत्रको रु पाँच हजार असुल्नेमा शिवशङ्कर उच्चमावि जगतिपुर, पञ्च भयार मावि खगेनकोट जिकुवा, जानकी मावि खगेनकोट मैदे र पजारु मावि रहेका छन्।

यी विद्यालयहरूले आफूखुसी चर्को शुल्क असुलेपछि विद्यार्थी प्रमाणपत्र लिनबाट वञ्चित भएका छन्। रु पाँच हजार नतिरेसम्म कसैलाई पनि प्रमाणपत्र नदिएपछि विद्यार्थी माथिल्लो कक्षामा पढ्नबाट वन्चित भएका छन्।

यसैबीच चर्काे पैसा असुलेको भन्दै शिवशङ्कर उच्च मावि जगतिपुरविरुद्ध सोमबार जिल्ला शिक्षा कार्यालय जाजरकोट, जिल्ला प्रशासन कार्यालयमा विद्यार्थीले उजुरी दिएका छन्। भारी शुल्क असुल्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कारबाहीका लागि माग पनि गरिएको छ। जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले तत्काल ती विद्यालयलाई कारबाही गरिने बताएका छन्।

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?
काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथ पुगेर विशेष पूजाआजा गरेका छन्। पूजाआजापछि उनले आगन्तुक पुस्तिकामा पशुपतिनाथको दर्शनले भावविभोर महसुस गरेको जनाएका छन्।
 

उनले आफ्नै हस्ताक्षरमा लेखेका छन् – बागमती तहस्थित पशुपतिनाथको यो मन्दिर आस्था र विश्वासको अद्वितीय केन्द्र हो। स्कन्द पुराणको हिमवत् खण्डमा भनिएको छ– काशी विश्वनाथ र पशुपतिनाथ एउटै रूप हुन्। साउन महिना, शुक्ल पक्षको अष्टमीको यो पावन तिथिमा यहाँ आएर मैले भावविभोर महसुस गरिरहेको छु। नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपा दुवै देशको जनमानसमा रहिरहोस्, यही मेरो कामना छ।

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?

पशुपतिको आगन्तुक पुस्तिकामा नरेन्द्र मोदीले के लेखे?
काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथ पुगेर विशेष पूजाआजा गरेका छन्। पूजाआजापछि उनले आगन्तुक पुस्तिकामा पशुपतिनाथको दर्शनले भावविभोर महसुस गरेको जनाएका छन्।
 

उनले आफ्नै हस्ताक्षरमा लेखेका छन् – बागमती तहस्थित पशुपतिनाथको यो मन्दिर आस्था र विश्वासको अद्वितीय केन्द्र हो। स्कन्द पुराणको हिमवत् खण्डमा भनिएको छ– काशी विश्वनाथ र पशुपतिनाथ एउटै रूप हुन्। साउन महिना, शुक्ल पक्षको अष्टमीको यो पावन तिथिमा यहाँ आएर मैले भावविभोर महसुस गरिरहेको छु। नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपा दुवै देशको जनमानसमा रहिरहोस्, यही मेरो कामना छ।

रोइदिने पनि बाँकी रहेनन्

रोइदिने पनि बाँकी रहेनन्
ड्यामसाइट (सिन्धुपाल्चोक)- सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ (कालु) हरेक शुक्रबार घर आउँथे।
दुई रात परिवारसँग बिताएर फर्कन्थे। दस वर्ष यसैगरी बित्यो।
त्यो शुक्रबार भने उनी घर फर्कन पाएनन्।
‘गाडी पाइएन, आज घर आउन नसक्ने भएँ,’ कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने।
‘कोदो रोप्नु छ, भोलि (शनिबार) बिहानसम्म त जसरी भए पनि आउनू,’ कान्छीले आग्रह गरिन्।
‘ल ल हुन्छ, आउँला,’ कालुले आश्वासन दिए।
 

शनिबारको घाम नउदाउँदै कालु जन्मेहुर्केको आँगनमा यस्तो प्राकृतिक विपत्ति आयो, सारा परिवारलाई एकसाथ चुँडेर लग्यो। ४१ वर्षीय कालु एक्ला भए। त्यही फोनवार्ता नै कालु र उनकी श्रीमती कान्छीको अन्तिम कुराकानी हुन पुग्यो।
कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो।
छेवैको कान्ले खोलाले घर बगाएर एक किलोमिटर तल सुनकोसी नदीमा मिलाइदिँदा कालुका बाबुआमा, चार छोराछोरी, श्रीमती र सानैदेखि सँगै बस्दै आएका भान्जासहित ८ सदस्य पहिरोमा बेपत्ता भएका छन्।
मान्छे जिन्दगीभर बाँच्नकै लागि संघर्ष गर्छ, तर कहिलेकाहीँ जिन्दगी मृत्युभन्दा भयंकर हुँदो रहेछ। गाडी नपाएर आफू बाँचेकोमा रौं बराबर चैन छैन कालुलाई। बरु सबै गुमाएर एक्लै बाँच्नु पर्दा पश्चाताप छ, ग्लानी छ। भयानक वेदनाले छाती पोलेको छ।
‘एक्लै बाँच्न लेखेको रहेछ,’ तीन दिनदेखिको रुवाइले सुन्निएका आँखाको डिल पुछ्दै उनले सोमबार नागरिकसँग भने, ‘सम्हालिएर बाँच्ने पो कसरी?’
त्यस दिन श्रीमतीको बचन राख्न तातोपानीबाट बाह्रबिसे आइनपुग्दै उनले सुनकोसी थुनिएको सुनेका थिए। आफ्नो जीवनमा यति ठूलो पहिरो आउला भन्नेचाहिँ सोचेकै थिएनन्। ‘सुनकोसीले बर्खामा कुनै न कुनै समस्या ल्याउने भएकाले सामान्य सोचेको थिएँ। यति ठूलो विपतको कल्पना गरेको थिइनँ,’ सुनकोसीमा आफन्त खोजिरहेका कालुले भक्कानिँदै भने।
३६ वर्षीया कान्छी केटाकेटीको लालनपालन, वृद्ध सासू–ससुराको स्याहार गरेर घरव्यवहार चलाउँथिन्। कालु तातोपानीमा मजदुरी गरी कमाइ गरेर घर पठाउँथे। उनका १० देखि १४ वर्षका तीन छोरा अजय, विजय र मिलन सुनकोसी ड्यामस्थित बनसाँघु माविको कक्षा ५ मा पढ्थे। १६ वर्षीया जेठी छोरी लालमाया ५ कक्षापछि पढाइ छाडेर घरको काम सघाउँदै थिइन्।
‘मेरा केटाकेटी त्यहाँबाट यहाँ पढ्न आउँथे,’ पहिरोले बगाएर चट्टानेभीरमा बदलिएको गाउँ र उछिट्टिएर सुनकोसी डिलमा पुगेको विद्यालयको छत देखाउँदै उनले भने। 
उनले परिवार जीवितै भेटिने आस मारिसकेका छन्। तैपनि उनलाई घटना सपनाजस्तै लागिरहेको छ। सुरक्षाकर्मीसँगै खटिएर पहिरोमा बेपत्ता परिवार खोजिरहेका उनी कहिले उजाड चट्टाने पहाड बनेको काबुने गाउँ हेर्छन्, कहिले सुनकोसी थुनिएर बनेको बाँधतिर टोलाउँदै खुइय सुस्केरा छाड्छन्।
‘सास नभेटे’नि लास भेटे हुन्थ्यो,’ उनको पिडादायी चाहना।
ड्यामका रामबहादुर लामाको जीवनमा पनि शुक्रबार कान्ले पहिरोले विछोडको बिगुल फुक्यो। १२ जनाको दुई परिवार पहिरोले सुलुत्त लग्यो। उनीहरू अझै पहिरोमा हराइरहेका छन्। अरनिको राजमार्गको ड्याममा रहेको पक्की घरमा उनका बाबुआमा, श्रीमती, दुई केटाकेटी र भाइको पाँच सदस्यीय परिवार बस्दै आएको थियो। पहिरोबाट कोही फुत्कन सकेनन्। घर बगेर कता पुग्यो पत्तो छैन। त्यो दिन बाह्रबिसेमा रहेकाले उनी पहिरोमा पर्नबाट जोगिए भने एक छोरा काठमाडौंमा बस्दै आएकाले बाँचे।
‘कुन आधारले बाँचौं गृहमन्त्रीज्यू?’ आइतबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आएका गृहमन्त्री वामदेव गौतमसँग उनी भक्कानिए। 
बाँचेर पनि कालु र रामबहादुरको खुसी सधैंका लागि हराएको छ। कान्ले पहिरो र सुनकोसी थुनिएर बनेको बाँधले मांखा र टेकानपुर गाविसका तीन गाउँ नदीमा विलय हुँदा धेरै कालु र रामबहादुर जस्तै बनेका छन्। धेरै एक्ला भएका छन्, सहारा खोसिएको छ, खुसी लुटिएको छ, बाँच्ने आधार भत्किएको छ। सपरिवारै बेपत्ता हुने पनि कम छैनन्। रोइदिनेसम्म कोही छैन उनीहरूको। शव भेटिए काजकिरिया गर्ने आफन्त छैनन्।
‘दैव एकैचोटि हामीमाथि खनियो। यस्तो विपत्ति कसैलाई नपरोस्,’ पहिरोमा हराएका छिमेकीको लगत संकलन गरिरहेका स्थानीय तथा मांखा गाविस पूर्वसचिव हरिगोपाल कार्कीले भने। 
पहिरोमा मांखा, राम्चे र टेकानपुरका ६१ घरपरिवार बेपत्ता छन्। डेढ सयजना पहिरोमा हराइरहेका छन्। आफन्त सम्पर्कमा आउने क्रम जारी रहेकाले बेपत्ताको संख्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए।
गाविस सचिवमार्फत संकलन गरिएको लगतअनुसार पहिरोले मांखा कागुने गाउँका २४, इटिनीका १५, ड्यामका १९, टेकानपुरको दाबी गाउँको १५, ड्याम नजिक राम्चेका तीन घर बगाएको छ। ती घरका एक–दुईबाहेक सबै बगेको अनुमान छ। रोजगारी र पढाइले बाहिर बसेकाले ती बाँचेका हुन्। कागुनेका केही आफन्त हराएको भन्दै सम्पर्कमा आए पनि २४ जना बेपत्तामध्ये अहिलेसम्म कोही फेला परेका छैनन्। धेरैका परिवारका ५–८ सदस्य हराइरहेका छन्।
सम्पर्कमा आउनेमा ड्यामका बढी छन्। ड्यामका मात्र ८४ जना पहिरोमा बेपत्ता छन्। केही भाडामा बस्ने पनि छन्। स्थानीय निर्मल श्रेष्ठले आफ्नो घरमा भाडामा बस्ने एकै परिवारका पाँचजना हराइरहेको बताए। निर्मलको उनीसहित तीनजनाको परिवार भने भागेर बाँचेको थियो। उनको परिवार अहिले प्रहरीचौकीमा शरण लिएर बसेको छ।
‘एकैपटक भुइँचालो आएजस्तो मात्र के भएको थियो, लेदोपानीको छाल सुतिरहेको कोठामै पस्यो। कसरी भगियो सपनाजस्तो लागिरहेको छ। त्यो क्षणको वर्णन शब्दमा गर्न सकिँदैन। अझै डर लागिरहेको छ,’ उनले भने।

सिन्धुपाल्चोकमा पहिरो

आ-आफ्नै घरमा भेटिए २३ शव

landslide

सिन्धुपाल्चोकको पहिरो गए ठाउँमा सोमबार एक्जाभेटरले उत्खनन गरी पुरिएकाहरूको खोजी गरिँदै।

राम्चे (सिन्धुपाल्चोक), श्रावण २० – भीषण पहिरोमा परेर बेपत्ता भएकामध्ये सोमबार तीन बालबालिका, १४ महिलासहित २३ जनाको शव फेला परेको छ। तीन दिनपछि एक्जाभेटर र डोजर लगाएर उत्खनन गर्दा उनीहरूमध्ये धेरैजसो आ-आफ्नै घरमा पुरिएको अवस्थामा फेला परेका थिए। मृत्यु हुनेको संख्या अब ३३ पुगेको छ।

कतिपय शवहरू आमाले बच्चा च्यापेको र श्रीमान्-श्रीमती अंगालो हालेको अवस्थामा भेटिएका थिए। ‘कुन-कुन घर कहाँ-कहाँ थिए अन्दाज गरेर उत्खनन सुरु गर्दा एकै घरका परिवार सबै एउटै स्थानमा भेटिए,’ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने, ‘ती घरमा पहिरोले ह्वात्तै पुरेको र महिला/केटाकेटी भाग्न नसकेको देखियो।’

डोजरले एकै परिवारका शवहरू धमाधम एकैथलोबाट निकालेको थियो। उद्धारमा सेना, नेपाल र सशस्त्र प्रहरीले सहयोग गरेका थिए। शवहरू गन्हाएका र टुक्रा भएकाले उत्खननमा कठिनाइ भएको थियो। पुरिएर मृत्यु हुनेमा माङ्खा १ का गणेश श्रेष्ठ, उनकी श्रीमती चन्द्रमाया, धनबहादुरकी सासू (नाम नखुलेकी), सोममाया श्रेष्ठ र उनको तीन महिनाका छोरा, पुनम श्रेष्ठ, जया श्रेष्ठ, रजनी खत्री, लालकुमारी बुढाथोकी, रमिता खत्री, मिठु खत्री, मिथिला दनुवार, राजु थामी, उनका दुई छोरा र श्रीमतीलगायत छन्।

उत्खननबाट पाइएका शव आफन्तलाई बुझाइएको छ। शव निकाल्दा आफन्तको रुवाबासी चलेको थियो। छोरीको फोटो देखाएर रुँदै खड्गबहादुर श्रेष्ठले भने, ‘दैवले किन यस्तो गरायो?’ उनले छोरीको फोटो खल्तीमा बोकेर ल्याएका थिए। ‘यस्तो पीडा त कसैलाई नपरोस्,’ स्थानीय रामचन्द्र पराजुलीले भने। हुन पनि प्रेमलाल तामाङ र खड्गबहादुर तामाङको पूरै परिवार बेपत्ता छ।

यसैबीच बेपत्ता भएका माङ्खा १ का पदमबहादुर भण्डारीको कुशको शव बनाएर सुनकोसीमा दाहसंस्कार गरिएको छ। टेकानपुरवासीले पनि बेपत्ताको कुशको शव बनाएर दाहसंस्कार गरेका थिए। डीएसपी भरतबहादुर बोहराका अनुसार पहिरोबाट प्रभावित माङ्खा, धुस्कुन र राम्चेका १ सय १७ जना अझै बेपत्ता छन्। पहिरोबाट ४ सय ३६ जना विस्थापित भएका छन्।

पानीको मात्रा बढाइने

पहिरोले सुनकोसी थुनेर बनेको तालको अवस्था स्थिर रहेपछि भूगर्भविद्, मौसमविद् र जलउत्पन्न प्रकोपको सल्लाहबमोजिम मंगलबार पानीको निकासको मात्रा बढाइने छ। विषयगत विज्ञहरूले तालको निरीक्षण गरेपछि यस्तो सल्लाह दिएको जानकारी प्रजिअ पराजुलीले दिए।

तालको पानी थारै मात्र घटेको छ। त्यसको निकास बढाउन सेनाले तालको दक्षिणतिरको भागमा दुई पटक विस्फोट गराएको थियो। तर निकास खासै बढेको छैन। एकै पटक पानीको मात्रा बढाउँदा तालको तल्लो भागलाई बढी खतरा हुने प्राविधिक टोलीको भनाइ छ। ‘पानी नबढाउँदा ताल सुकाउन सकिँदैन,’ प्रजिअ पराजुलीले भने, ‘विस्तारै निकास दिने प्रयत्न गरिरहेका छौं।’ ताल फुट्ने भयले स्थानीयवासीमा बढेको त्रास भने रोकिएको छैन। राजमार्ग आसपासका बजारबाट अन्यत्र विस्थापित हुने क्रम रोकिएको छैन। जिल्ला प्राकृतिक प्रकोप उद्धार समितिले मृतक र विस्थापितको परिवारलाई राहत दिन सुरु गरेको छ। प्रत्येक मृतकका परिवारलाई ४० हजारका दरले प्रदान गरिएको छ।

वैकल्पिक सडक बनाउने

सरकारले तातोपानी नाका जोड्ने वैकल्पिक सडक निर्माण गर्न तत्काल सर्वेक्षण सुरु गर्ने भएको छ। यसका लागि पहिरो गएको खण्ड राम्चे हुँदै बाह्रबिसे वा खाडीचौरबाट सिलढुंगा, तौथली टेकानपुर, धुस्कुन हुँदै बाह्रबिसे जाने सडक बनाउन सडक विभागका अधिकारीले पहिरो निरीक्षणपछि जानकारी दिएका छन्। अरनिको राजमार्गको ड्यामसाइटदेखि जुरेसम्मको करिब अढाई किलोमिटर भाग पहिरोले पूरै क्षति पुर्‍याएको छ। करिब १ किलोमिटर बगाएको छ। डेढ किमि तालले छोपेको छ। प्राविधिकका अनुसार पहिरो गएको स्थानबाट अस्थायी सडक बनाउने अवस्था देखिँदैन। सुख्खा पहिरो र्झन नरोकिँदा खतरा सधैं कायम रहेको जानकारी सडकका प्राविधिकले दिएका छन्। विभागका महानिर्देशक देवेन्द्र कार्कीको टोलीले पहिरो स्थल निरीक्षण गरेको थियो।