बलात्कृतलाई सामाजिक बहिष्कार

*** बोलचाल र भारोपर्म मात्र रोकेनन्, मलामी समेत टुटाए ***

धादिङ, असार १९ – सात महिनाअघि आफन्तबाटै बलात्कृत ढोला-२ की एकल महिला समाजमा बहिष्कृत भएकी छन् । बलात्कार मुद्दा फिर्ता लिन दबाब दिँदै छिमेकीहरूले पीडितमाथि बहिष्कार थपेका हुन् ।

जिल्ला अदालतमा मुद्दा दर्ता भएदेखि नै बोलचाल र भारोपर्म रोकेका छिमेकीहरू बुधबार उनकी सासू बित्दासमेत शव उठाउन गएनन् । ‘कोही छिमेकी शव उठाउन आएनन्,’ उनले भनिन्, ‘पल्लो गाउँ र मेरो पक्षमा बोल्ने ९/१० जना मिलेर अन्त्येष्टि गरिदिए ।’ गाउँमा मर्दापर्दा कम्तीमा ५० जना जम्मा हुनु सामान्य हो । बिहान ६ बजे उनकी सासू बितिन् । पल्लो गाउँका मानिसहरू आएर शव उठाउँदा १ बजिसकेको थियो ।

स्थानीय प्राथमिक विद्यालयमा ६ वर्षदेखि कार्यालय सहयोगी बसेकी २७ वर्षीया पीडित महिलाले मुद्दा फिर्ता नलिएकै कारण गत चैतमा जागिर गुमाउनुपर्‍यो । त्यसमा उनले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला अधिकारकर्मी गुहारिन् तर सुनुवाइ भएको छैन ।

२०७० मंसिर ८ गते राति स्थानीय २४ वर्षीय सन्दीप सिम्खडाले उनलाई बलात्कार गरेको मुद्दाको मिसिलमा उल्लेख छ । उनले १० गते प्रहरीमा उजुरी दिएर मुद्दा दर्ता गराएकी थिइन् । ‘फिर्ता नलिएको भनेर मेलापात बन्द गरे,’ उनले कान्तिपुरसँग टेलिफोनमा भनिन्, ‘सासू मर्दा मलामी पनि आएनन् ।’ पहिलेदेखि पुज्दै आएका पण्डितले सासूको अन्तिम कर्म गर्न नमानेपछि अर्कै खोज्नुपर्‍यो । जागिर खोसिएपछि ४ कक्षामा पढ्ने ९ वर्षीया छोरी र ८ वर्षीय छोरालाई विद्यालय नै फेर्नुपर्‍यो ।

मुद्दाकै कारण कुलदेवताको पूजा गर्नबाट समेत वञ्चित गरेको उनले दुखेसो गरिन् । ‘गाउँका दुई/चार घर मात्रै मेरो पक्षमा छन्,’ उनले भनिन् ।

समाज भाँड्न खोजेको आरोपमा गाउँमा उनीसँग कमैले बोलचाल गर्छन् । ‘गाउँका केही टाठाबाठाले सुरुदेखि नै मुद्दा दर्ता गर्नु हुँदैन, गाउँघरको कुरा गाउँघरमै मिलाउनुपर्छ भनेका थिए,’ उनले भनिन्, ‘मैले नमानेपछि एक्ल्याए ।’

मलामी नजान स्थानीय बलराम सिम्खडा र मनबहादुर सिम्खडाले उर्दी गरेको एक स्थानीयले जानकारी दिए । ‘सिंगो गाउँलेको विरुद्धमा लागेर एउटी महिलाको पछि लाग्न सकिन्न,’ उनले भने । एकल महिलाले न्याय माग्दा समाजले क्रूर र अमानवीय व्यवहार गरेको महिला अधिकारकर्मी राधिका सापकोटाले बताइन् । पीडित महिलाका पतिको २०६५ सालमा मृत्यु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालले द्वन्द्व बढ्दै गएपछि गाउँलेकै सुझावमा उनलाई जागिरबाट हटाइएको प्रतिक्रिया दिए । आरोपी सन्दीप फरार छन् । आरोपी फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए ।

यसैबीच पर्सा संवाददाताका अनुसार नाबालिका करणी आरोपमा प्रहरीले धनुषा जिथिलेश्वर ७ का ३७ वर्षीय सन्तोषकुमार साह सुढीलाई पक्राउ गरेको छ । उनले वीरगन्ज १५ की बालिकालाई ललाइफकाई डेरामा ल्याएर करणी गर्दै आएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सूचनापछि उनलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

सुदीप कैनी – Kantipur
प्रकाशित मिति: २०७१ असार १९ १०:४८
बलात्कृतलाई सामाजिक बहिष्कार *** बोलचाल र भारोपर्म मात्र रोकेनन्, मलामी समेत टुटाए *** धादिङ, असार १९ – सात महिनाअघि आफन्तबाटै बलात्कृत ढोला-२ की एकल महिला समाजमा बहिष्कृत भएकी छन् । बलात्कार मुद्दा फिर्ता लिन दबाब दिँदै छिमेकीहरूले पीडितमाथि बहिष्कार थपेका हुन् । जिल्ला अदालतमा मुद्दा दर्ता भएदेखि नै बोलचाल र भारोपर्म रोकेका छिमेकीहरू बुधबार उनकी सासू बित्दासमेत शव उठाउन गएनन् । ‘कोही छिमेकी शव उठाउन आएनन्,’ उनले भनिन्, ‘पल्लो गाउँ र मेरो पक्षमा बोल्ने ९/१० जना मिलेर अन्त्येष्टि गरिदिए ।’ गाउँमा मर्दापर्दा कम्तीमा ५० जना जम्मा हुनु सामान्य हो । बिहान ६ बजे उनकी सासू बितिन् । पल्लो गाउँका मानिसहरू आएर शव उठाउँदा १ बजिसकेको थियो । स्थानीय प्राथमिक विद्यालयमा ६ वर्षदेखि कार्यालय सहयोगी बसेकी २७ वर्षीया पीडित महिलाले मुद्दा फिर्ता नलिएकै कारण गत चैतमा जागिर गुमाउनुपर्‍यो । त्यसमा उनले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र महिला अधिकारकर्मी गुहारिन् तर सुनुवाइ भएको छैन । २०७० मंसिर ८ गते राति स्थानीय २४ वर्षीय सन्दीप सिम्खडाले उनलाई बलात्कार गरेको मुद्दाको मिसिलमा उल्लेख छ । उनले १० गते प्रहरीमा उजुरी दिएर मुद्दा दर्ता गराएकी थिइन् । ‘फिर्ता नलिएको भनेर मेलापात बन्द गरे,’ उनले कान्तिपुरसँग टेलिफोनमा भनिन्, ‘सासू मर्दा मलामी पनि आएनन् ।’ पहिलेदेखि पुज्दै आएका पण्डितले सासूको अन्तिम कर्म गर्न नमानेपछि अर्कै खोज्नुपर्‍यो । जागिर खोसिएपछि ४ कक्षामा पढ्ने ९ वर्षीया छोरी र ८ वर्षीय छोरालाई विद्यालय नै फेर्नुपर्‍यो । मुद्दाकै कारण कुलदेवताको पूजा गर्नबाट समेत वञ्चित गरेको उनले दुखेसो गरिन् । ‘गाउँका दुई/चार घर मात्रै मेरो पक्षमा छन्,’ उनले भनिन् । समाज भाँड्न खोजेको आरोपमा गाउँमा उनीसँग कमैले बोलचाल गर्छन् । ‘गाउँका केही टाठाबाठाले सुरुदेखि नै मुद्दा दर्ता गर्नु हुँदैन, गाउँघरको कुरा गाउँघरमै मिलाउनुपर्छ भनेका थिए,’ उनले भनिन्, ‘मैले नमानेपछि एक्ल्याए ।’ मलामी नजान स्थानीय बलराम सिम्खडा र मनबहादुर सिम्खडाले उर्दी गरेको एक स्थानीयले जानकारी दिए । ‘सिंगो गाउँलेको विरुद्धमा लागेर एउटी महिलाको पछि लाग्न सकिन्न,’ उनले भने । एकल महिलाले न्याय माग्दा समाजले क्रूर र अमानवीय व्यवहार गरेको महिला अधिकारकर्मी राधिका सापकोटाले बताइन् । पीडित महिलाका पतिको २०६५ सालमा मृत्यु भएको थियो । विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालले द्वन्द्व बढ्दै गएपछि गाउँलेकै सुझावमा उनलाई जागिरबाट हटाइएको प्रतिक्रिया दिए । आरोपी सन्दीप फरार छन् । आरोपी फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए । यसैबीच पर्सा संवाददाताका अनुसार नाबालिका करणी आरोपमा प्रहरीले धनुषा जिथिलेश्वर ७ का ३७ वर्षीय सन्तोषकुमार साह सुढीलाई पक्राउ गरेको छ । उनले वीरगन्ज १५ की बालिकालाई ललाइफकाई डेरामा ल्याएर करणी गर्दै आएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सूचनापछि उनलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

राज्यको बेवास्थाका कारण नेपाली संगीत उद्योग ओरालोमा : अध्यक्ष अधिकारी

काठमाडौं , १८ असार । संगीत रोयल्टी संकलक समाजका नव निर्वाचित अध्यक्ष सुरेश अधिकारीले, संगीत उद्योग र यसको रोयल्टी संकलनकै बारेमा बुझेकाहरुको असहयोगका कारण रोयल्टी संकलनमा समस्या भइरहेको बताउनु भएको छ । अध्यक्ष अधिकारीले कुनै पनि व्यक्तिको बर्थडे, बिवाह, पार्टी–समारोह, यातायातका साधनहरुमा गीतसंगीत बजाएबापत रोयल्टी नतिर्ने प्रचलनले ठुलो समस्या आइपरेको बताउनु भएको हो ।
राष्ट्रिय लोक संचारकर्मी नेपालको संयोजनमा आज काठमाण्डौको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा सम्पन्न पाँचवटा लोकगीतको सामुहिक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, संगीत उद्योगको राष्ट्रिय गार्हथ्य उत्पादनमा समेत योगदान रहने प्रचुर सम्भावना भएपनि, राज्य र सम्बन्धित निकायको बेवास्थाका कारण, नेपाली संगीत उद्योग ओरालो लागेको तर्क गर्नु भयो । साथै उहाँले अबदेखि कुनै पनि यातायातका साधन, सञ्चार गृहहरुले नविकरणको लागि सिफारिस लिएर आउँदा रोयल्टी तिरे–नतिरेको रसिद बुझेर मात्र नविकरण स्वकृत गर्न एउटा कार्यक्रम नै तय गरेर पहल गर्ने बताउनु भएको छ ।

नेपाली संचारमाध्यमका लगानिकर्ताले पनि, रोयल्टी संकलनमा असहयोग गरेको उहाँको आरोप छ । सो कार्याक्रममा रंगकर्मी भोला अधिकारीको प्ुर्वेली गीति संग्रह पुर्वै मोरङको, कुमारी गुरुङ लमजुङको सालैजो, तथा मध्यपहाडी बस ब्यवसायी संघ र अर्जुन खत्रीको मध्य पहाडी लगायतका गित सार्वजनिक गरिएको थियो । कार्यक्रममा नयाँ गीत बजारमा ल्याएका सर्जकहरुले, नेपाली सांगितीक क्षेत्रमा गरिएको लगानी बालुवामा पानी सरह भएपनि, संगीत उद्योग सुध्रने आसमा सांगितीक यात्रा निरन्तरता दिएको बताएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालले श्रष्टाको परिश्रमको सम्मानका लागि रोयल्टी संकलनकमा सहयोग गर्न राष्ट्रिय लोक संचारकर्मी नेपालले सक्दो सहयोग गर्ने बचन दिनु भएको छ । त्यस्तै नेपाल संगीत उद्योग संघका उपाध्यक्ष सुर्य मगरले पनि, नेपाली सांगितीक बजारको सुधारका लागि एक हुने बेला आएको बताउनु भयो । संगित ब्यवसायि तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले, संगित उद्योगमा लगानी गरेर टिक्ने अबस्था नरहेको गुनासो गर्नुभयो ।

पुरुष र महिलामा कसलाई बढी यौन ईच्छा हुन्छ ?

ठ्याक्कै मापन गर्न कठिन भएको बताउँछ यौन स्वास्थ्य विज्ञानले । तरपनि, समग्रतामा बराबरी नै हुन्छ । मानिस बसेको समाजिक बनावट, संस्कार, पेशा, वातावरण आदिले गर्दा व्यक्तिमा भर पर्दछ । त्यो कुनै ठाउँमा महिलालाई र कनै अवस्थामा पुरुषलाई बढी यौन इच्छा हुनसक्दछ । लैङ्गिक दृष्टिकोणले पनि बराबरी हुन्छ भनिएको छ । मानिस कुन वातावरणमा बसेको छ ? आर्थिक समाजिक अवस्था कस्तो छ ? आदि मुद्धाले पनि फरक पार्न सक्दछ । त्यसको अलावा मानसिक अवस्था कसको कस्तो छ भन्ने कुरा चाहिं सबै भन्दा महत्वपूर्ण हुन्छ । तनाव पीडा, डर, कामको अत्यान्तै व्यस्तता आदि अवस्थामा यौन इच्छा स्वभाविक रुपमा कम भएको हुन्छ । मानिसले सधै गर्ने चिन्तनले पनि यौन इच्छमा भर पर्दछ । यौनसम्पर्कमा सधैं आसक्ती भइरहने मानिसलाई अलिबढी पनि हुनसक्दछ । किनकि उसको त्यसैमा बढी सोचिरहने समय हुन्छ । यौनसम्पर्क जीवन चक्रको धेरै पणाली मध्ये एउटा हो र यसलाई धेरै सहस्यको रुपमा नलिएर सामान्य रुपमा लिने हो भने तिब्र इच्छा नहुन पनि सक्दछ ।

शरीर विज्ञानको दृष्टिकोमा हेर्दा अलि फरक पायन्छ । यौन जन्य वा यौनलाई प्रभाव पार्ने रसायन (विभिन्न किसिमका हर्मनहरु) वा यौन रागरसहरूको उत्पादन र त्यसको प्रभावले गर्दा यौन ईच्छाको स्तर भने फरक परेको हुन्छ । यौन सम्पर्कको आकर्षण, उपलब्धता र तयारीको अवस्थाले पनि चाहनामा फरक पार्दछ । झट्ट बुझिँदा यौन चाहना बढी हुने महिला भन्दा पुरुनै भएको देखिन्छ किनकि प्राय ठाउँहरुमा पुरुषले यौन सम्पर्कको प्रस्ताव राखेको हुन्छन र कतिपय बेलामा पुरुषले महिलालाई यौनसम्पर्कको लागि दबाव दिएका हुन्छन् । जसलाई बढी चाहना हुन्छ उसले नै बढी दवाव दिने हो भन्ने दृष्टिकोणले पुरुषमा बढि भएको जस्तो देखिन्छ । तर, यसको सबै सत्यता हुँदेन किनकि यौनका बारेमा कुरा गर्न पुरुषलाई अलि बढी छुट दिने साह्रै पुरानो परम्परा भएकाले यसको प्रभाव परेको हो । महिलाले पहिला यौन प्रस्ताव राख्दा पुरुषले उ प्रति असाध्यै नकरात्मक दृष्टिकोण बनाउँदछ । त्यसम पनि विवाहित जोडीमा त श्रीमानले अनेको शंका गर्न सक्दछ ।

‘भन्न नसकेको मात्रै हो महिलालाई बढी यौनसम्पर्कको चाहना हुन्छ’ भन्ने महिलालाई अपहेलना वा लाञ्छना लागाउँने गरिन्छ । यो पनि पुरुषले महिला माथि गरेको अपहेलना हो । पुरुष प्रधान समाज भएकाले अधिकांश महिलाले आफ्नो यौन चाहना दवाएर राख्न बाध्य पारिएको छ । यस्ता किसिमका अनेको धारणाहरु समाजमा अझै पनि पाइन्छ । अलि बढी रसिक स्वाभावका वा स्पष्ट कुराकानी गर्ने महिलाई पनि कतिपय समाजमा यौन चाहना बढी भएको महिलाको दृष्टिकोणले हेरिने गरेको छ । त्यस्तै, उहि समाजमा कम बोल्ने स्वभावका महिलालाई पनि त्यस्तै आरोप लगाएका हुन्छन उखान टुक्का जोडेर जस्तैः ‘कुराउटेले गाल पार्छ, घुसघुसेले ताल पार्छ ।’

समाजमा यस्ता अनेकौ किसिमका धारणहरु छन तापनि कहिले यौनजोडीहरु उत्तिकै सक्रिय हुन्छन् त कहिले महिला वा पुरुष अगाडी तयार भइ यौन सम्पर्क गर्छन तर आनन्दका लागि दुबैको सहमति र समान सहभागिता महत्वपूर्ण हुन्छ । प्राय ग्रामिण श्रमिक किसान परिवारका अधिकांश श्रमतिहरु आफ्नो इच्छा बेगर पनि श्रीमानहरुको दवावमा यौनसम्पर्क गर्न पररहेको हुन्छ । किनकि प्राय महिला दिन भरिको कामको थकाई भएको बेलामा यौन इच्छा कम हुन्छ ।

यौन इच्छा समान हुन्छ समय, जोडिको यौन व्यवहार र वातावरण अनुसार पनि समान हुनु आवश्यक छ ।

समाचार छापिएपछि इन्भेस्टमेन्ट बैंकका सिइओसँग भने, ‘कसले दियो समाचार ?’

काठमाडौं, असार १८ – विवादास्पद व्यवसायी अजय सुमार्गीले व्यापक मात्रामा राजश्व छली गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले सुमार्गीका विभिन्न कम्पनीबाट धमाधम फाइल मगाउन थालेको छ । सुमार्गी अब राजश्वको घेरामा परेका छन् । रातोपाटीले सुमार्गीबारे समाचार छापेपछि राजश्व सक्रिय बनेको हो ।
कुनैबेला हेटौंडा सिमेन्ट उद्योगमा केमीकल र बोरा सप्लाई गर्ने ठकेदार सुमार्गी पछिल्ला वर्षमा रातारात अर्बौंको मालीक भएपछि राजश्वले उनको सम्पत्तीको स्रोतलाई लिएर गम्भीर छानविन थालेको हो । राजस्वको उच्च स्रोतले भन्यो, ‘सुमार्गीले व्यापक मात्रामा राजश्व छलेको पाइयो । त्यसैले उनका कम्पनीबाट फाइल मगाएर अनुसन्धान थालेका छौं ।’
पानी, टेलीफोन, क्रसर उद्योग, घर जग्गा कारोबारलगायतमा हात हालेका सुमार्गीले विभिन्न कम्पनीका नाममा धन्दा चलाउँदै आएका छन् र विभिन्न तिकडम अपनाएर राजश्व छल्दै आएका छन् । सत्ता र शक्तिको आडमा नक्कली कागजात बनाई सुमार्गीले कर छलेका प्रमाणहरु भेटीएपछि राजश्वले सुमार्गीलाई कारवाहीको घेरामा पारेको हो ।
सुमार्गीका हेटौंडा एकेडमी, हेटौंडा मेनरोडको सुमार्गी कम्प्लेक्स, थाहा एफएम, भैरव रोडमा लाखौंको घडेरी, फाइनान्समा शेयर, एभरेष्ट मिनरल र क्रसर उद्योग, काठमाडौं बबरमहलमा ‘सुमार्गी कम्प्लेक्स ए र बि’, नयाँ बानेश्वर मुक्ती टावर, नेपालगञ्जमा सिमेन्ट कारखाना, सुमार्गी एयर र हेलो मोबाइललगायतका कम्पनी छन् । राजश्वले ति सबैबाट आम्दानी र खर्चलगायत हरेक हिसाबको फाइल मगाएर अनुसन्धान थालेको बुझिएको छ ।
सुमार्गी सिइओसँग क्रुद्ध
रातोपाटीले समार्गीका नाममा विदेशबाट पठाइएको अवैध रकम राष्ट्रबैंकले रोक्का गरेको समाचार प्रकाशीत गरेपछि तिलमिलाएका सुमार्गीले बैंकका सिइओलाई हप्काएको बुझीएको छ । विदेशी लगानीका नाममा कालो धनलाई सेतो बनाउन झिकाइएको करीब तिन अर्ब रुपैयाँ नेविल र इन्भेस्टमेन्ट बैंकमा जम्मा भएको थियो । सो रकम झिक्न खोज्दा राष्ट्र बैंकले रोक्का गरिदियो । त्यो खबर रातोपाटीमा प्रकाशीत भएकै भोलीपल्ट विहानै इन्भेस्टमेन्ट बैंकमा गई सिइओ ज्योती पाण्डे र डिजिएम लगायतलाई थर्काउँदै भने, ‘कारोबार गोप्य राख्न नसक्नेले किन बैंक खोल्ने ? मेरो पैसा रोक्का भएको खबर रातोपाटीलाई दिने को हो ? त्यसलाई कार्वाही गर्नुस् ।’

ओलीलाई पाण्डेको प्रश्न, ‘बलात्कारीलाई लिएर कसरी पार्टी चलाउनुहुन्छ ?’ खनालले नेपाललाई विशेष पास दिएर जिताउने दाबी

काठमाडौं, असार १८ – एमाले नेता सुरेन्द्र पाण्डेले केपी ओली पक्षले पैसाको प्रलोभन देखाएर र धम्की दिएर प्रतिनिधिहरुलाई प्रभावित पार्न खोजेको अरोप लगाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले त्यस्तो प्रलोभन र धम्कीको प्रभावमा नपरी नेपालको स्वरुप परिवर्तन गर्नका लागि माधव नेपाललाई अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन् ।
पाण्डेले भने, ‘पैसामा सबै कुरा मोलतौल गर्ने व्यक्तिले कसरी पार्टीको नेतृत्व लिन सक्छ ? तपाईंहरु नडराउनुहोस् र माधव नेपाललाई विजयी गराउनुहोस् ।’ उनले आफूहरुसँग तीन पुस्ते नेता रहेको र विचार पोख्न नेतृत्व रहेकोले आफ्नो विजय सुनिश्चित भएको दाबी गरे ।
पाण्डेका अनुसार वर्तमान अध्यक्ष झलनाथ खनाल पनि आफूहरुकै पक्षमा रहेको दाबी गरे । उनले भने, ‘अघिल्लो महाधिवेशनमा खनाललाई अध्यक्ष बनाउने यही विचार समूहमा छन् । त्यसैले खनाल कता छन् भन्ने सबैलाई थाहा छ ।’ खनालले महाधिवेशनको मैदानमा नेपाललाई विशेष पास दिएर जिताउने दाबी गरे ।
पाण्डेले केपी ओली पक्षले महिलालाई बलात्कार गर्ने संरक्षण गरेको आरोप लगाएका छन् । उनले भने, ‘बलात्कारी ओली गुटमा छ । पीडितले हामीलाई उजुरी दिएकी छिन् । यसरी न्याय कसरी दिनुहुन्छ ? बलात्कारीलाई लिएर पार्टी कसरी चलाउनुहुन्छ ?’ पाण्डेले बलात्कारीहरुलाई कुनै हालतमा महाधिवेशनमा छिर्न नदिने चेतावनी दिए ।

‘एक भिलेन’ले दियो सक्सेस पार्टी । फस्ट विकेन्डमा ५० करोड कमायो

त शुक्रबार रिलिज भएको रोमान्टिक लभस्टोरी हिन्दी फिल्म ‘एक भिलेन’ले बक्सअफिसमा उच्च कलेक्सन गरे पछि सक्सेस पार्टी दिएको छ । फिल्मले पहिलो विकेन्ड अर्थात सुरुवाती ३ दिनमा नै ५० करोड ओभरको विजनेस गरेको हो । पार्टीमा बलिउडका नाम चलेको कयौ सेलेब्रेटीहरुको उपस्थिति रहेको थियो ।salman-jyaklin-in दवंग सलमान खान आफ्नो नयाँ फिल्म ‘किक’ को हिरोइन ज्याकलिन फर्नान्डेजसँगै पुगेका थिए । ‘एक भिलेन’को हिरो सिद्धार्थ मल्होत्राको घरमै आयोजित पार्टीमा थुप्रै फिल्मकर्मीहरुले अझै राम्रो होस भन्दै शुभकामना समेत दिएका थिए ।
शुक्रबार करिब २६०० पर्दामा लागेको फिल्मले शुक्रबार १६.७२ करोड, शनिबार १६.५४ करोड र आइतबार १७.४४ करोड कलेक्सन गरेको थियो । यसरी फिल्मले फस्ट विकेन्डमा ५०.७० करोड कमाएपछि सक्सेस पार्टी दिइएको हो । बालजी मोशन पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई मोहित सुरी ले निर्देशन गरेका हुन । फिल्ममा सिद्धार्थ मल्हात्रा, रितेश देशमुख र श्रद्धा कपुरको लिड अभिनय रहेको छ । फिल्मको कलेक्सनको रफ्तार हेर्दा सजिलै सय करोडको आँकडा पुग्ने बलिउड फिल्म बिश्लेषकहरुको भनाई छ ।
यता फिल्मले नेपालका विभिन्न मल्टिप्लेक्स हलमा पनि राम्रो कलेक्सन गरेको बताइएको छ । फिल्मले सुरुकै दिन नेपाली बजारबाट ६० लाख उठाएको थियो ।

घरबिहिन बने गायक रामकृष्ण ढकाल ।

यो कुनै काल्पनिक कथा होइन, गीतको शब्द होइन, फिल्मको दृश्य होइन । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको वास्तविक जीवन नै घरबिहिन हुन पुगेका छन । आइतबार उनले सैबुस्थित श्रीमति निलम शाहको नाममा रहेको घर एक सहकारी संस्थालाई बुझाएपछि उनी घरबिहिन भएका हुन । ललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी सँस्था लि. ले ढकालले लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि सार्वजनिक सुचना जारी गरेको थियो । तर सो सुचनाको पनि बेवास्ता गर्दै सम्पर्कमा नआएपछि ढकालको घर सहकारीले जफत गरेको हो ।
यता गायक ढकाल भने घर फिर्ता गरिदिनका लागी मन्त्रिदेखि उच्च सरकारी सचिवसम्मको शरणमा पुगेको समाचार बाहिरीएको छ । उनी बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्र धाइरहेको बताइन्छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागी पहल गरेपनि सफल नभएको बुझिएको छ ।
गायक ढकालले भने आफ्नो बदनाम गर्नको लागी सहकारीले यस्तो गरेको गुनासो गरे । आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताए ।
ढकाल नेपाली सुगम संगीतमा एकछत्र राज गरेका चर्चित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रमा पनि स्वर दिइसकेको छन । त्यस्तै उनले विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन ।ramkrishna-dhakal-nepal-sandeshललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी सँस्था लि. ले ढकालले लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि सार्वजनिक सुचना जारी गरेको थियो । तर सो सुचनाको पनि बेवास्ता गर्दै सम्पर्कमा नआएपछि ढकालको घर सहकारीले जफत गरेको हो ।
यता गायक ढकाल भने घर फिर्ता गरिदिनका लागी मन्त्रिदेखि उच्च सरकारी सचिवसम्मको शरणमा पुगेको समाचार बाहिरीएको छ । उनी बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्र धाइरहेको बताइन्छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागी पहल गरेपनि सफल नभएको बुझिएको छ ।
गायक ढकालले भने आफ्नो बदनाम गर्नको लागी सहकारीले यस्तो गरेको गुनासो गरे । आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताए ।
ढकाल नेपाली सुगम संगीतमा एकछत्र राज गरेका चर्चित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रमा पनि स्वर दिइसकेको छन । त्यस्तै उनले विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन ।

राष्ट्रपतिले बाँडे ‘राष्ट्रिय चलचित्र पुरस्कार’ । आयोजकको गम्भीर गल्ती ।

विगत चार बर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार ले फेरी निरन्तरता पाएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति भवन शितल निवासमा एक भव्य समारोहको आयोजना गरी सम्पुर्ण चार बर्षको पुरस्कार एकैपटक बितरण गरियो । Film award-in-namastefilmyसम्माननीय राष्ट्रपति रामवरण यादवको हातबाट वितरण गरिएको अवार्डमा २०६७, २०६८, २०६९ र २०७० को उत्कृष्ट फिल्म, निर्देशक, नायक, नायिकालगायत अन्य विभिन्न विधा हरु समावेश थिए । राष्ट्रिय चलचित्र पुरस्कारका चार बर्षकै विजेताहरुको सुची हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौ ।

चलचित्र पुरस्कार पाउने चलचित्रकर्मीहरुः

राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन- २०६७ : श्री विपिन मल्ल (बाटो मुनिको फूल)
२. सर्वोत्कृष्ट कला निर्देशन – २०६७ : श्री निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
४. सर्वोत्कृष्ट छायांङ्कन- २०६७ : श्री सञ्जय लामा (बाटो मुनिको फूल)
५. सर्वोत्कृष्ट अभिनेता- २०६७ : श्री आर्यन सिग्देल (कोही… मेरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६७ : श्री रेखा थापा (बाटो मुनिको फूल)
७. सर्वोत्कृष्ट निर्देशन- २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
८. सर्वोत्कृष्ट चलचित्र- २०६७ : बाटो मुनिको फूल (श्री रिदम फिल्मस् प्रा.लि, श्री यश कुमार)

राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन- २०६८ : श्री सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन – २०६८ : श्री योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६८ : श्री कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायााङ्कन- २०६८ : श्री विष्णुकल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता- २०६८ : श्री सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६८ : श्री नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन- २०६८ : श्री उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट चलचित्र- २०६८ : मसान (श्री नीर सिनेमा प्रा.लि., श्री रुद्रार्थ राणा)

राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन- २०६९ : श्री वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार- २०६९ : श्री नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६९ : श्री देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन -२०६९ : श्री रजिना रिमाल (रिदम) गीतको बोल – पागल म बन्न सक्छु
५. सर्वोत्कृष्ट छायांङ्कन- २०६९ : श्री पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता- २०६९ : श्री विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री- २०६९ : श्री झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन- २०६९ : श्री दिनेश डि.सी. (मायाज् बार)
९. सर्वोत्कृष्ट चलचित्र- २०६९ : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि., श्री प्रज्ञा जोशी)
१०. साँस्कृतिक चलचित्र पुरस्कार- २०६९ : सुम्निमा (श्री एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी, श्री चन्द्र वाम्बुले)

राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन- २०७० : श्री लोकेश बज्राचार्य (कर्कश)
२. सर्वोत्कृष्ट छायांङ्कन- २०७० : श्री गौरिशंकर धुजु (शिरीषको फूल)
३. सर्वोत्कृष्ट गीत लेखन- २०७० : श्री कृष्णहरि बराल (नाई नभन्नु ल-२) गीतको बोलः मर्ने कसैलाई रहर हुँदैन
४. सर्वोत्कृष्ट सङ्गीतकार – २०७० : श्री वसन्त सापकोटा (नाई नभन्नु ल-२) गीतको बोलः यी आाखामा तिमी छौं
५. सर्वोत्कृष्ट लेखन (पटकथा)- २०७० : श्री विनोद पौडेल (साँघुरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०७० : श्री गरिमा पन्त (झोला)
७. सर्वोत्कृष्ट अभिनेता- २०७० : श्री शुशांक मैनाली (साँघुरो)
८. सर्वोत्कृष्ट निर्देशन- २०७० : श्री दीपा बस्नेत (अन्तराल)
९. सर्वोत्कृष्ट चलचित्र- २०७० : साँघुरो (श्री समीर मैनाली प्रोडक्शन, निर्माताः समीर मैनाली
१०. साँस्कृतिक चलचित्र पुरस्कार – २०७० : (कुसुम) श्री शेर्पा आदिवासी फिल्मस् प्रा.लि., निर्माताः श्री फारा डेण्डी शेर्पा र श्री निमा शेर्पा)Film award1-in-namastefilmyत्यस्तै बरिष्ठ फिल्मकर्मी यादव खरेललाई नगद ३ लाख एकाउन्न हजार एक सय एघार सहित दिर्घ साधना सम्मान गरिएको छ । राष्ट्रपतिकै हातबाट दिइएको उक्त सम्मानमा बरिष्ठ फिल्मकर्मी खरेललाई नगदको चेकसहित ताम्रपत्र दिइएको थियो ।
यसैबीच चलचित्र पुरस्कारप्रति केहि फिल्मकर्मीले खुलेरै बिरोध गरेका छन । चलचित्र मसानमा केकी अधिकारी शिर्ष भुमिकामा भएपनि सह नायिका निता ढुंगानालाई अवार्ड दिएपछि जुरीको निर्णयमा प्रश्न उठेको थियो । त्यस्तै अन्य केहि अवार्डमा पनि फिल्मकर्मीहरुले आपत्ति जनाएका थिए ।
यता विजेतालाई दिइएको सर्टिफिकेटमा नै त्रुटि भेटिएपछि आयोजक ले कतिसम्म लपारवाहि गरेको रैछ भन्ने छर्लङग भएको छ । पटकथा विधामा सर्वोत्कृष्ट सुरज सुब्बा नाल्बोलाई दिइएको सर्टिफिकेटमा गम्भीर त्रुटि पाइएपछि अवार्डकै बेइज्जत भएको फिल्म निर्देशक प्रसन्न पौडेलले बताए । यसरी सामन्य विषयमा पनि त्रुटि गर्नु आयोजकको गम्भीर गल्ती हो ।Film award2-in-namastefilmy

राष्ट्रिय चलचित्र पुरस्कार यस्तो छ फोटो कथामा……

चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति भवन शितल निवासमा एक भव्य समारोहको आयोजना गरी सम्पुर्ण चार बर्षको पुरस्कार एकैपटक बितरण गरियो । राष्ट्रपति भवन शितल निवासमा सोमबार चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र पुरस्कार बितरण कार्यक्रम फोटो कथामा यस्तो छ …

Film award1-in-namastefilmy

aaryan-award IMG_2425 (1) National Award National Award1 National Award2 National Award3 National Award4 National Award5 National Award6 National Award7 National Award8 National Award9 National Award10 National Award11 National Award12 National Award14 National Award15

Film award-in-namastefilmy

एकनारायण भण्डारी कै गीत बाट चर्चाको सिखरमा पुगेका गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा

एकनारायण भण्डारी कै गीत बाट चर्चा  को सिखरमा पुगेका गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा नारीहरुको महान् चाड तीज आउन केही  महिना बाँकी हुँदा कलाकारले तीजका लागि धेरैथरीका गीत रकेर्ड गरिसकेका छन्

तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुःखलाई एकआपसमा सट्ने चाडको रुपमा लिने गरिन्छ । तर यसपटकको  तीजमा भने गायिका देवी घर्ती मगरको तीजको गीत बिल्कुलै नौलो पाराको छ । पछिल्लो समय लोक, आधुनिक र फिल्मी क्षेत्रका गीतहरुमा शब्द कोर्न माहिर सफल सर्जक एकनारायण भण्डारीको लय शव्दमा तयार भएको सो गीत सुन्दा रमाइलो लागेपनि गीत देवी र राजु ढकालको आफ्नै वास्तविक जीवनमा आधारित छ ।तेसो त गायक राजु ढकाल एकनारायण भण्डारीकै गीत बर्ष दिन भो बाट चर्चा मा आउनु भयको हो उहाले गायक गीत हरु धेरै थिय बर्ष दिन भो बाट उहाको भाग्य खुलेको हो राजु बाहुन परिवारको र देवी मगर समुदायकी हुन् गीत बनाउनुको कारण खुलाउँदै भण्डारीले भने “अझै पनि हाम्रो समाजमा यस्तो सम्बन्ध पचाउन मुश्किल पर्छ त्यसैले सामाजिक चेतनाको लागि पनि यस्तो बनायको हुँ भनुहुन्छ  भण्डारी गीतमा भने जस्तै तनहूँ पुर्कोटका राजु ढकालले, पाण्डवखानी बाग्लुङकी देवी घर्तीलाई बिहे गरेका हुन् । लामो प्रेम सम्बन्धलाई यी जोडीले बिवाहमा परिणत गरका थिए 

 

अहिलेको गीत यस्तो छ

राती राती गाउँन थाले दोहोरी साँझमा गीत
त्यति बेलै भेट भएको राजु ढकाल सित
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले

 

नसुन दिदी बहिनी , दाजु भाईले सुन
काठमाण्डुमा छिरेकी म कलाकार हुन
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले

‘यो गीत नेपाल कै नम्बर यक बन्न सफल स्टुडियो मलाश्री रेकडिङ  स्टुडियो मा रेकड भयको हो भने यो गीत को सुटिङ  बालाजु बाईस धारमा भयको हो सुटिङलाई एक्सन कट भन्दै निर्देशक शंकर बि.सीले सूरु गरे । लोक गायिका देवि घर्ती र गायक राजु ढकालको जीवनसँग मेल खाएको उक्त गीतको रोमान्स दृश्य खिच्दै थिए छायांकार राजेश घिमिरेले भने मोडल थिय शंकर बि.सी र रश्मी तामाङ

एक्सन कट भन्दै निर्देशन गरिरहेका चर्चित म्युजिक भिडियो निर्देशक शंकर बि.सीलाई सघाइरहेकी थिइन् कोरियोग्राफर एवं निर्देशक स्मृति तिमिल्सीना (गुरुआमा)ले  निकै राम्रो अभिनय गर्नु भयको छ गीतकार एकनारायण भण्डारीको शब्द र लयमा तयार भएको उक्त तिज गीत सितारा म्युजिक कम्पनीबाट  बजारमा आउँदैछ