रोम विधान अनुमोदन गर्न पहल गरिने

रासस काठमाडौं, २ साउन अधिकारकर्मीले ‘न्याय सुनिश्चितता’का लागि ‘रोम विधान अनुमोदन गरिनुपर्ने’ माग गरेका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा बिहीबार आयोजित अन्तरक्रियामा उनीहरूले पुनःस्थापित प्रतिनिधिसभाले विधान अनुमोदनका लागि ९ साउन २०६३ मा सरकारलाई दिएको निर्देशन अझै कार्यान्वयन नभएकामा चिन्तासमेत व्यक्त गरेका छन् । एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा आयोजित ‘न्याय नभई शान्ति कसरी ?’ विषयक अन्तरक्रियामा उनीहरूले
‘विधान अनुमोदनपछि नेपालमाथि पर्ने दायिŒव र त्यसको असर सम्बन्धमा अध्ययन गर्न कार्यदलले प्रतिवेदन बुझाएपछि तत्कालीन सरकार र त्यसपछि बनेका सरकारले प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा चासो नदेखाएको’प्रति गुनासो गरेका हुन् । विधान अनुमोदन गरिए नेपालमा भविष्यमा हुने कुनै पनि आमनरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका दोषीलाई न्यायिक कठघरामा ल्याउन सकिन्छ । तर, अनुमोदनअघिको मानवताविरुद्धको अपराध घटनामा भने विधानले नछुने पनि उनीहरूको जिकिर छ ।
कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले रोम विधानका साथै, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी कानुन र अदालतको अपहलेनासम्बन्धी विधेयकसमेत जोडिएर
आएको बताए । ‘अहिले देश मानव अधिकार तथा लोकतन्त्र संरक्षणभन्दा माथि जान नसक्ने अवस्थामा छैन,’ उनले भने, ‘विकसित देशमा पनि यस्ता मानवताविरुद्धको अपराधमा फरक–फरक मापदण्ड छ ।’मन्त्री आचार्यले ‘नेपालजस्तो मुलुकका लागि भने यही मापदण्ड पनि पर्याप्त हुन सक्ने’ बताए । ‘सदनमा पेस अदालतको अपहेलनासम्बन्धी विधेयक सम्बन्धमा व्यापक चर्चा भएपछि छलफल अघि बढाइएको छ,’ उनले भने, ‘यसबाट राम्रा सुझाव पनि प्राप्त भएका छन्, रोम विधानमा पछि व्यापक छलफल गरेर अनुमोदनका लागि कार्य अघि बढ्नेछ ।’
नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनालीले ‘रोम विधानबारे नेताहरूले बुझ्न नसकेकै कारण अनुमोदनमा आशंका उत्पन्न भएको हुन सक्ने’ जिकिर गरे । उनले ‘सबै दलका प्रतिनिधिसम्मिलित अन्तरक्रिया गर्न’समेत सुझाव दिए । कांग्रेस नेता डा.शेखर कोइरालाले आङ्खनो दल, एमाले र अन्य राजनीतिक दल विधान अनुमोदनका लागि तयार देखिए पनि एमाओवादीलाई सहमत गराउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
पुनःस्थापित प्रतिनिधिसभामा विधान अनुमोदनका लागि प्रस्ताव पेस गरेका एमाले नेता पर्शुराम मेघी गुरुङले ‘बहुमतीय सरकार भएको कांग्रेसले प्रस्ताव पेस गर्न सक्ने’ बताउ“दै ‘त्यसमा कसले भाँझो हाल्छ, जनताले थाहा पाउन चाहेको’ सुनाए ।
विधान अनुमोदनका लागि सत्याग्रह गरेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले मानव अधिकार उल्लंघनका घटनामा कारबाही हुने बताए । ‘भविष्यमा पनि यस्ता घटना दोहो¥याउन पाइँदैन भनेर नै नेताहरूले विधान अनुमोदन नगरेका हुन्,’ उनको आरोप छ । इन्सेक अध्यक्ष सुबोधराज
प्याकुरेलले अवराध गरेपछि अपराधीलाई सजाय दिलाउन र सत्यलाई आत्मसात् गरी विधिको शासन अबलम्बन गर्न सुझाव दिए । आयोजक संस्थाका अध्यक्ष शम्भु ठाकुरलगायत सो संस्थाका अन्य पूर्वअध्यक्षले पनि रोम विधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

एक वर्षमा ४५ को दुर्घटनामा मृत्यु

चुरे मकवानपुर– जिल्लामा आर्थिक वर्ष ०७०÷७१ मा सवारी दुर्घटना परी ४५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा चैत महिनामा सबैभन्दा बढी १० जनाको मृत्यु भएको थियो ।
गत आवमा ३९ जनाको मृत्यु भएको थियो । त्यसैगरी यो वर्ष दुर्घटनामा ५९ जना गम्भीर घाइते भएका छन् भने ६२ जना सामान्य घाइते भएका थिए । अघिल्लो वर्षको तुलना गर्ने हो भने घाइतेहरूको संख्यामा करिब ५० प्रतिशतले कमी आएको छ । सवारी दुर्घटनामा २८ जना पुरुष, १० जना महिला, तीनजना बालक र चारजना बालिकाको मृत्यु भएको हो ।
आव ०६९÷७० मा ८५ ओटा दुर्घटना भएकामा यस आवमा ५२ ओटा दुर्घटना भएका छन् । यस आवमा यात्रुवाहक सवारीसाधन बढी दुर्घटना भएकाले मानिस मृत्युको संख्या बढेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदीप कार्कीले जानकारी दिए ।

सार्वजनिक रुपमा होच्याउने र खिल्ली उडाउने आसयमा- तीजको रन्को

स्रावण -३०
प्रेस बिज्ञप्ती
आज मिति २०७१ साल असार २९ गते राजधानी दैनिकको पृष्ठ ४ मा प्रकाशित समाचार शिर्षक ‘तीजको रन्को लोकगायिका’ समाचारप्रति हाम्रो गम्भिर ध्यान आर्कशण भएको छ । उक्त समाचार अनुसार साउने संक्रान्तिबाट टेलिभिजनमा रिलिज गर्ने उदेश्यले लोकगायिका देवीका केसीको स्वरमा रेकर्ड भएको र पशुपति शर्माको शब्द तथा संगीत रहेको मेरो छोराले कमीनी ल्यायो मेरी छोरी नि दमैसँग गई भन्ने शब्दको गीत प्रकाश भट्टको निर्देशनमा म्यूजिक भिडियो समेत छायांकन भएको कुरा समाचारमा छापिएको छ । यस गीतको शब्दमा ‘कामी’ ‘दमाई’ भन्ने उल्लेख गरिएको पाइएको हुनाले यसले उक्त जातिको मात्र नभई समग्र दलित सुमदायको आत्मसम्मानमा आघात पुरयाउनुका साथै सार्वजनिक रुपमा होच्याउने र खिल्ली उडाउने आसयमा प्रस्तुत गरिएकाले उक्त गीतको शब्दमाथि घोर भत्र्सना गर्दछौ ।
यस गीतका रचनाकार तथा उत्पादन समुहले सार्वजनीक आम सञ्चारमाध्यमा जातीय संवेदनशिलताप्रति कुनै ध्यान नराखी सार्वजनीक गर्नलागेको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन,२०६८ को धारा (४) को उपधारा (१२) ले गरेको व्यवस्थाको गम्भीर उलंघन गरेकाले उक्त शब्द रहेको बोलको गीतलाई कुनैपनि मिडियामा नआउदै प्रतिवन्ध गर्न सबै सरोकारवालाहरुको ध्यान आर्कषण गराउँदछांै । उक्त शब्दको गीतलाई रिलिज नगर्नु हुन सम्बन्धीत वितरक, प्रशारकहरुका साथै गायिका देवीका के.सी., निर्देशक प्रकाश भट्ट, शब्द तथा संगितकार पशुपति शर्मालाई समेतलाई सचेत गराउँदछौ । यदि कुनैपनि किसिमले कुनै माध्यमबाट उक्त गीत प्रकाशन, प्रशारण वा वितरण गरिएको जानकारीमा आएमा दलित समुदाय आन्दोलनका साथै कानून बमोजिम कारवाहीमा जान बाध्य हुने व्यहोरा सबैका लागी जानकारी गराउछौं । त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित गीतका उत्पादक, वितरण, प्रशारकहरुले नै व्यहोर्नुपर्ने अग्रीम जानकारी गराईन्छ ।
बोद्यार्थ ः
नेपाल सरकार गृह मन्त्रालय
राष्ट्रिय मानव अधिकार आयोग
राष्ट्रिय दलित आयोग
………………………