बजेट गुलियोले छोपिएको गोली : प्रचण्ड

३२ असार,काठमाडौं । प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्डले बजेट जनताका लागि गुलियोले छोपिएको गोली भएको टिप्पणी गरेका छन् ।

prachanda-in-caव्यवस्थापिका संसदमा बजेटमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले धनीलाई पोस्ने र विभेदमा परेकालाई प्रताडीत गर्ने गरी बजेट ल्याएको आरोप लगाए । शान्ति प्रक्रियालाई बाधा पुर्‍याउने खालबाट बजेट ल्याइएको भन्दै उनले यस पटकको बजेटले धनी र गरिबबीचको खाडललाई अझ चर्काउने दाबी समेत गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले संघीयता, शान्ति प्रक्रिया, कृषि क्षेत्रको विकास, आयात घटाउने र निर्यात बढाउनेतर्फ सम्बोधन नभए सत्तापक्ष र प्रतिपक्षको लक्ष्मण रेखाभित्र रहन नसक्ने चेतावनी दिए ।

उनले सत्तापक्षले बजेट ल्याउने, प्रतिपक्षले त्यसको आलोचना गर्ने र जनताको भावनालाई राख्ने स्वाभाविक प्रक्रिया भएको भन्दै सत्तारुढ दलकै सभासदहरुले बजेटको विरोध गरेकोमा आश्चर्य व्यक्त गरे ।

उनले भने-’सत्तापक्षले सत्तापक्षकै रुपमा, प्रतिपक्षले प्रतिपक्षकै भूमिकामा रहेर प्रस्तुत हुन आवश्य छ, जसले राजनीतिक दिशालाई एउटा सकारात्मक गतितर्फ उन्मुख गराउँछ । तर बजेटमाथिको छलफलमा त्यो देखिएको छैन, सत्ता पक्षबाटै विरोध भएको छ ।’

Leave a comment