समाचार छापिएपछि इन्भेस्टमेन्ट बैंकका सिइओसँग भने, ‘कसले दियो समाचार ?’

काठमाडौं, असार १८ – विवादास्पद व्यवसायी अजय सुमार्गीले व्यापक मात्रामा राजश्व छली गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले सुमार्गीका विभिन्न कम्पनीबाट धमाधम फाइल मगाउन थालेको छ । सुमार्गी अब राजश्वको घेरामा परेका छन् । रातोपाटीले सुमार्गीबारे समाचार छापेपछि राजश्व सक्रिय बनेको हो ।
कुनैबेला हेटौंडा सिमेन्ट उद्योगमा केमीकल र बोरा सप्लाई गर्ने ठकेदार सुमार्गी पछिल्ला वर्षमा रातारात अर्बौंको मालीक भएपछि राजश्वले उनको सम्पत्तीको स्रोतलाई लिएर गम्भीर छानविन थालेको हो । राजस्वको उच्च स्रोतले भन्यो, ‘सुमार्गीले व्यापक मात्रामा राजश्व छलेको पाइयो । त्यसैले उनका कम्पनीबाट फाइल मगाएर अनुसन्धान थालेका छौं ।’
पानी, टेलीफोन, क्रसर उद्योग, घर जग्गा कारोबारलगायतमा हात हालेका सुमार्गीले विभिन्न कम्पनीका नाममा धन्दा चलाउँदै आएका छन् र विभिन्न तिकडम अपनाएर राजश्व छल्दै आएका छन् । सत्ता र शक्तिको आडमा नक्कली कागजात बनाई सुमार्गीले कर छलेका प्रमाणहरु भेटीएपछि राजश्वले सुमार्गीलाई कारवाहीको घेरामा पारेको हो ।
सुमार्गीका हेटौंडा एकेडमी, हेटौंडा मेनरोडको सुमार्गी कम्प्लेक्स, थाहा एफएम, भैरव रोडमा लाखौंको घडेरी, फाइनान्समा शेयर, एभरेष्ट मिनरल र क्रसर उद्योग, काठमाडौं बबरमहलमा ‘सुमार्गी कम्प्लेक्स ए र बि’, नयाँ बानेश्वर मुक्ती टावर, नेपालगञ्जमा सिमेन्ट कारखाना, सुमार्गी एयर र हेलो मोबाइललगायतका कम्पनी छन् । राजश्वले ति सबैबाट आम्दानी र खर्चलगायत हरेक हिसाबको फाइल मगाएर अनुसन्धान थालेको बुझिएको छ ।
सुमार्गी सिइओसँग क्रुद्ध
रातोपाटीले समार्गीका नाममा विदेशबाट पठाइएको अवैध रकम राष्ट्रबैंकले रोक्का गरेको समाचार प्रकाशीत गरेपछि तिलमिलाएका सुमार्गीले बैंकका सिइओलाई हप्काएको बुझीएको छ । विदेशी लगानीका नाममा कालो धनलाई सेतो बनाउन झिकाइएको करीब तिन अर्ब रुपैयाँ नेविल र इन्भेस्टमेन्ट बैंकमा जम्मा भएको थियो । सो रकम झिक्न खोज्दा राष्ट्र बैंकले रोक्का गरिदियो । त्यो खबर रातोपाटीमा प्रकाशीत भएकै भोलीपल्ट विहानै इन्भेस्टमेन्ट बैंकमा गई सिइओ ज्योती पाण्डे र डिजिएम लगायतलाई थर्काउँदै भने, ‘कारोबार गोप्य राख्न नसक्नेले किन बैंक खोल्ने ? मेरो पैसा रोक्का भएको खबर रातोपाटीलाई दिने को हो ? त्यसलाई कार्वाही गर्नुस् ।’

ओलीलाई पाण्डेको प्रश्न, ‘बलात्कारीलाई लिएर कसरी पार्टी चलाउनुहुन्छ ?’ खनालले नेपाललाई विशेष पास दिएर जिताउने दाबी

काठमाडौं, असार १८ – एमाले नेता सुरेन्द्र पाण्डेले केपी ओली पक्षले पैसाको प्रलोभन देखाएर र धम्की दिएर प्रतिनिधिहरुलाई प्रभावित पार्न खोजेको अरोप लगाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले त्यस्तो प्रलोभन र धम्कीको प्रभावमा नपरी नेपालको स्वरुप परिवर्तन गर्नका लागि माधव नेपाललाई अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन् ।
पाण्डेले भने, ‘पैसामा सबै कुरा मोलतौल गर्ने व्यक्तिले कसरी पार्टीको नेतृत्व लिन सक्छ ? तपाईंहरु नडराउनुहोस् र माधव नेपाललाई विजयी गराउनुहोस् ।’ उनले आफूहरुसँग तीन पुस्ते नेता रहेको र विचार पोख्न नेतृत्व रहेकोले आफ्नो विजय सुनिश्चित भएको दाबी गरे ।
पाण्डेका अनुसार वर्तमान अध्यक्ष झलनाथ खनाल पनि आफूहरुकै पक्षमा रहेको दाबी गरे । उनले भने, ‘अघिल्लो महाधिवेशनमा खनाललाई अध्यक्ष बनाउने यही विचार समूहमा छन् । त्यसैले खनाल कता छन् भन्ने सबैलाई थाहा छ ।’ खनालले महाधिवेशनको मैदानमा नेपाललाई विशेष पास दिएर जिताउने दाबी गरे ।
पाण्डेले केपी ओली पक्षले महिलालाई बलात्कार गर्ने संरक्षण गरेको आरोप लगाएका छन् । उनले भने, ‘बलात्कारी ओली गुटमा छ । पीडितले हामीलाई उजुरी दिएकी छिन् । यसरी न्याय कसरी दिनुहुन्छ ? बलात्कारीलाई लिएर पार्टी कसरी चलाउनुहुन्छ ?’ पाण्डेले बलात्कारीहरुलाई कुनै हालतमा महाधिवेशनमा छिर्न नदिने चेतावनी दिए ।