‘एक भिलेन’ले दियो सक्सेस पार्टी । फस्ट विकेन्डमा ५० करोड कमायो

त शुक्रबार रिलिज भएको रोमान्टिक लभस्टोरी हिन्दी फिल्म ‘एक भिलेन’ले बक्सअफिसमा उच्च कलेक्सन गरे पछि सक्सेस पार्टी दिएको छ । फिल्मले पहिलो विकेन्ड अर्थात सुरुवाती ३ दिनमा नै ५० करोड ओभरको विजनेस गरेको हो । पार्टीमा बलिउडका नाम चलेको कयौ सेलेब्रेटीहरुको उपस्थिति रहेको थियो ।salman-jyaklin-in दवंग सलमान खान आफ्नो नयाँ फिल्म ‘किक’ को हिरोइन ज्याकलिन फर्नान्डेजसँगै पुगेका थिए । ‘एक भिलेन’को हिरो सिद्धार्थ मल्होत्राको घरमै आयोजित पार्टीमा थुप्रै फिल्मकर्मीहरुले अझै राम्रो होस भन्दै शुभकामना समेत दिएका थिए ।
शुक्रबार करिब २६०० पर्दामा लागेको फिल्मले शुक्रबार १६.७२ करोड, शनिबार १६.५४ करोड र आइतबार १७.४४ करोड कलेक्सन गरेको थियो । यसरी फिल्मले फस्ट विकेन्डमा ५०.७० करोड कमाएपछि सक्सेस पार्टी दिइएको हो । बालजी मोशन पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई मोहित सुरी ले निर्देशन गरेका हुन । फिल्ममा सिद्धार्थ मल्हात्रा, रितेश देशमुख र श्रद्धा कपुरको लिड अभिनय रहेको छ । फिल्मको कलेक्सनको रफ्तार हेर्दा सजिलै सय करोडको आँकडा पुग्ने बलिउड फिल्म बिश्लेषकहरुको भनाई छ ।
यता फिल्मले नेपालका विभिन्न मल्टिप्लेक्स हलमा पनि राम्रो कलेक्सन गरेको बताइएको छ । फिल्मले सुरुकै दिन नेपाली बजारबाट ६० लाख उठाएको थियो ।

घरबिहिन बने गायक रामकृष्ण ढकाल ।

यो कुनै काल्पनिक कथा होइन, गीतको शब्द होइन, फिल्मको दृश्य होइन । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको वास्तविक जीवन नै घरबिहिन हुन पुगेका छन । आइतबार उनले सैबुस्थित श्रीमति निलम शाहको नाममा रहेको घर एक सहकारी संस्थालाई बुझाएपछि उनी घरबिहिन भएका हुन । ललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी सँस्था लि. ले ढकालले लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि सार्वजनिक सुचना जारी गरेको थियो । तर सो सुचनाको पनि बेवास्ता गर्दै सम्पर्कमा नआएपछि ढकालको घर सहकारीले जफत गरेको हो ।
यता गायक ढकाल भने घर फिर्ता गरिदिनका लागी मन्त्रिदेखि उच्च सरकारी सचिवसम्मको शरणमा पुगेको समाचार बाहिरीएको छ । उनी बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्र धाइरहेको बताइन्छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागी पहल गरेपनि सफल नभएको बुझिएको छ ।
गायक ढकालले भने आफ्नो बदनाम गर्नको लागी सहकारीले यस्तो गरेको गुनासो गरे । आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताए ।
ढकाल नेपाली सुगम संगीतमा एकछत्र राज गरेका चर्चित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रमा पनि स्वर दिइसकेको छन । त्यस्तै उनले विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन ।ramkrishna-dhakal-nepal-sandeshललितपुरस्थित लालीगुराँस बहुद्देशीय सहकारी सँस्था लि. ले ढकालले लिएको ८० लाख ऋण नतिरेको भन्दै घर लिलामी गरिने बारेमा केहि दिनअघि सार्वजनिक सुचना जारी गरेको थियो । तर सो सुचनाको पनि बेवास्ता गर्दै सम्पर्कमा नआएपछि ढकालको घर सहकारीले जफत गरेको हो ।
यता गायक ढकाल भने घर फिर्ता गरिदिनका लागी मन्त्रिदेखि उच्च सरकारी सचिवसम्मको शरणमा पुगेको समाचार बाहिरीएको छ । उनी बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्र धाइरहेको बताइन्छ । समाचारअनुसार मन्त्रीहरुले घर फिर्ताको लागी पहल गरेपनि सफल नभएको बुझिएको छ ।
गायक ढकालले भने आफ्नो बदनाम गर्नको लागी सहकारीले यस्तो गरेको गुनासो गरे । आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताए ।
ढकाल नेपाली सुगम संगीतमा एकछत्र राज गरेका चर्चित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रमा पनि स्वर दिइसकेको छन । त्यस्तै उनले विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन ।

राष्ट्रपतिले बाँडे ‘राष्ट्रिय चलचित्र पुरस्कार’ । आयोजकको गम्भीर गल्ती ।

विगत चार बर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार ले फेरी निरन्तरता पाएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति भवन शितल निवासमा एक भव्य समारोहको आयोजना गरी सम्पुर्ण चार बर्षको पुरस्कार एकैपटक बितरण गरियो । Film award-in-namastefilmyसम्माननीय राष्ट्रपति रामवरण यादवको हातबाट वितरण गरिएको अवार्डमा २०६७, २०६८, २०६९ र २०७० को उत्कृष्ट फिल्म, निर्देशक, नायक, नायिकालगायत अन्य विभिन्न विधा हरु समावेश थिए । राष्ट्रिय चलचित्र पुरस्कारका चार बर्षकै विजेताहरुको सुची हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौ ।

चलचित्र पुरस्कार पाउने चलचित्रकर्मीहरुः

राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन- २०६७ : श्री विपिन मल्ल (बाटो मुनिको फूल)
२. सर्वोत्कृष्ट कला निर्देशन – २०६७ : श्री निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
४. सर्वोत्कृष्ट छायांङ्कन- २०६७ : श्री सञ्जय लामा (बाटो मुनिको फूल)
५. सर्वोत्कृष्ट अभिनेता- २०६७ : श्री आर्यन सिग्देल (कोही… मेरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६७ : श्री रेखा थापा (बाटो मुनिको फूल)
७. सर्वोत्कृष्ट निर्देशन- २०६७ : श्री सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल)
८. सर्वोत्कृष्ट चलचित्र- २०६७ : बाटो मुनिको फूल (श्री रिदम फिल्मस् प्रा.लि, श्री यश कुमार)

राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन- २०६८ : श्री सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन – २०६८ : श्री योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६८ : श्री कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायााङ्कन- २०६८ : श्री विष्णुकल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता- २०६८ : श्री सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०६८ : श्री नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन- २०६८ : श्री उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट चलचित्र- २०६८ : मसान (श्री नीर सिनेमा प्रा.लि., श्री रुद्रार्थ राणा)

राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन- २०६९ : श्री वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार- २०६९ : श्री नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) – २०६९ : श्री देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन -२०६९ : श्री रजिना रिमाल (रिदम) गीतको बोल – पागल म बन्न सक्छु
५. सर्वोत्कृष्ट छायांङ्कन- २०६९ : श्री पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता- २०६९ : श्री विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री- २०६९ : श्री झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन- २०६९ : श्री दिनेश डि.सी. (मायाज् बार)
९. सर्वोत्कृष्ट चलचित्र- २०६९ : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि., श्री प्रज्ञा जोशी)
१०. साँस्कृतिक चलचित्र पुरस्कार- २०६९ : सुम्निमा (श्री एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी, श्री चन्द्र वाम्बुले)

राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन- २०७० : श्री लोकेश बज्राचार्य (कर्कश)
२. सर्वोत्कृष्ट छायांङ्कन- २०७० : श्री गौरिशंकर धुजु (शिरीषको फूल)
३. सर्वोत्कृष्ट गीत लेखन- २०७० : श्री कृष्णहरि बराल (नाई नभन्नु ल-२) गीतको बोलः मर्ने कसैलाई रहर हुँदैन
४. सर्वोत्कृष्ट सङ्गीतकार – २०७० : श्री वसन्त सापकोटा (नाई नभन्नु ल-२) गीतको बोलः यी आाखामा तिमी छौं
५. सर्वोत्कृष्ट लेखन (पटकथा)- २०७० : श्री विनोद पौडेल (साँघुरो)
६. सर्वोत्कृष्ट अभिनेत्री- २०७० : श्री गरिमा पन्त (झोला)
७. सर्वोत्कृष्ट अभिनेता- २०७० : श्री शुशांक मैनाली (साँघुरो)
८. सर्वोत्कृष्ट निर्देशन- २०७० : श्री दीपा बस्नेत (अन्तराल)
९. सर्वोत्कृष्ट चलचित्र- २०७० : साँघुरो (श्री समीर मैनाली प्रोडक्शन, निर्माताः समीर मैनाली
१०. साँस्कृतिक चलचित्र पुरस्कार – २०७० : (कुसुम) श्री शेर्पा आदिवासी फिल्मस् प्रा.लि., निर्माताः श्री फारा डेण्डी शेर्पा र श्री निमा शेर्पा)Film award1-in-namastefilmyत्यस्तै बरिष्ठ फिल्मकर्मी यादव खरेललाई नगद ३ लाख एकाउन्न हजार एक सय एघार सहित दिर्घ साधना सम्मान गरिएको छ । राष्ट्रपतिकै हातबाट दिइएको उक्त सम्मानमा बरिष्ठ फिल्मकर्मी खरेललाई नगदको चेकसहित ताम्रपत्र दिइएको थियो ।
यसैबीच चलचित्र पुरस्कारप्रति केहि फिल्मकर्मीले खुलेरै बिरोध गरेका छन । चलचित्र मसानमा केकी अधिकारी शिर्ष भुमिकामा भएपनि सह नायिका निता ढुंगानालाई अवार्ड दिएपछि जुरीको निर्णयमा प्रश्न उठेको थियो । त्यस्तै अन्य केहि अवार्डमा पनि फिल्मकर्मीहरुले आपत्ति जनाएका थिए ।
यता विजेतालाई दिइएको सर्टिफिकेटमा नै त्रुटि भेटिएपछि आयोजक ले कतिसम्म लपारवाहि गरेको रैछ भन्ने छर्लङग भएको छ । पटकथा विधामा सर्वोत्कृष्ट सुरज सुब्बा नाल्बोलाई दिइएको सर्टिफिकेटमा गम्भीर त्रुटि पाइएपछि अवार्डकै बेइज्जत भएको फिल्म निर्देशक प्रसन्न पौडेलले बताए । यसरी सामन्य विषयमा पनि त्रुटि गर्नु आयोजकको गम्भीर गल्ती हो ।Film award2-in-namastefilmy

राष्ट्रिय चलचित्र पुरस्कार यस्तो छ फोटो कथामा……

चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति भवन शितल निवासमा एक भव्य समारोहको आयोजना गरी सम्पुर्ण चार बर्षको पुरस्कार एकैपटक बितरण गरियो । राष्ट्रपति भवन शितल निवासमा सोमबार चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र पुरस्कार बितरण कार्यक्रम फोटो कथामा यस्तो छ …

Film award1-in-namastefilmy

aaryan-award IMG_2425 (1) National Award National Award1 National Award2 National Award3 National Award4 National Award5 National Award6 National Award7 National Award8 National Award9 National Award10 National Award11 National Award12 National Award14 National Award15

Film award-in-namastefilmy

एकनारायण भण्डारी कै गीत बाट चर्चाको सिखरमा पुगेका गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा

एकनारायण भण्डारी कै गीत बाट चर्चा  को सिखरमा पुगेका गायक राजु ढकाल फेरी चर्चा बटुल्ने क्रम्मा नारीहरुको महान् चाड तीज आउन केही  महिना बाँकी हुँदा कलाकारले तीजका लागि धेरैथरीका गीत रकेर्ड गरिसकेका छन्

तीज बिशेषगरी नारीले बर्षभरी पाएका दुःखलाई एकआपसमा सट्ने चाडको रुपमा लिने गरिन्छ । तर यसपटकको  तीजमा भने गायिका देवी घर्ती मगरको तीजको गीत बिल्कुलै नौलो पाराको छ । पछिल्लो समय लोक, आधुनिक र फिल्मी क्षेत्रका गीतहरुमा शब्द कोर्न माहिर सफल सर्जक एकनारायण भण्डारीको लय शव्दमा तयार भएको सो गीत सुन्दा रमाइलो लागेपनि गीत देवी र राजु ढकालको आफ्नै वास्तविक जीवनमा आधारित छ ।तेसो त गायक राजु ढकाल एकनारायण भण्डारीकै गीत बर्ष दिन भो बाट चर्चा मा आउनु भयको हो उहाले गायक गीत हरु धेरै थिय बर्ष दिन भो बाट उहाको भाग्य खुलेको हो राजु बाहुन परिवारको र देवी मगर समुदायकी हुन् गीत बनाउनुको कारण खुलाउँदै भण्डारीले भने “अझै पनि हाम्रो समाजमा यस्तो सम्बन्ध पचाउन मुश्किल पर्छ त्यसैले सामाजिक चेतनाको लागि पनि यस्तो बनायको हुँ भनुहुन्छ  भण्डारी गीतमा भने जस्तै तनहूँ पुर्कोटका राजु ढकालले, पाण्डवखानी बाग्लुङकी देवी घर्तीलाई बिहे गरेका हुन् । लामो प्रेम सम्बन्धलाई यी जोडीले बिवाहमा परिणत गरका थिए 

 

अहिलेको गीत यस्तो छ

राती राती गाउँन थाले दोहोरी साँझमा गीत
त्यति बेलै भेट भएको राजु ढकाल सित
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले

 

नसुन दिदी बहिनी , दाजु भाईले सुन
काठमाण्डुमा छिरेकी म कलाकार हुन
लाहुरेसँग बिहे गर्दिन्छु भन्थे दाजुले, मलाई आफ्नो बनाए गायक राजुले

‘यो गीत नेपाल कै नम्बर यक बन्न सफल स्टुडियो मलाश्री रेकडिङ  स्टुडियो मा रेकड भयको हो भने यो गीत को सुटिङ  बालाजु बाईस धारमा भयको हो सुटिङलाई एक्सन कट भन्दै निर्देशक शंकर बि.सीले सूरु गरे । लोक गायिका देवि घर्ती र गायक राजु ढकालको जीवनसँग मेल खाएको उक्त गीतको रोमान्स दृश्य खिच्दै थिए छायांकार राजेश घिमिरेले भने मोडल थिय शंकर बि.सी र रश्मी तामाङ

एक्सन कट भन्दै निर्देशन गरिरहेका चर्चित म्युजिक भिडियो निर्देशक शंकर बि.सीलाई सघाइरहेकी थिइन् कोरियोग्राफर एवं निर्देशक स्मृति तिमिल्सीना (गुरुआमा)ले  निकै राम्रो अभिनय गर्नु भयको छ गीतकार एकनारायण भण्डारीको शब्द र लयमा तयार भएको उक्त तिज गीत सितारा म्युजिक कम्पनीबाट  बजारमा आउँदैछ