रोम विधान अनुमोदन गर्न पहल गरिने

रासस काठमाडौं, २ साउन अधिकारकर्मीले ‘न्याय सुनिश्चितता’का लागि ‘रोम विधान अनुमोदन गरिनुपर्ने’ माग गरेका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा बिहीबार आयोजित अन्तरक्रियामा उनीहरूले पुनःस्थापित प्रतिनिधिसभाले विधान अनुमोदनका लागि ९ साउन २०६३ मा सरकारलाई दिएको निर्देशन अझै कार्यान्वयन नभएकामा चिन्तासमेत व्यक्त गरेका छन् । एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा आयोजित ‘न्याय नभई शान्ति कसरी ?’ विषयक अन्तरक्रियामा उनीहरूले
‘विधान अनुमोदनपछि नेपालमाथि पर्ने दायिŒव र त्यसको असर सम्बन्धमा अध्ययन गर्न कार्यदलले प्रतिवेदन बुझाएपछि तत्कालीन सरकार र त्यसपछि बनेका सरकारले प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा चासो नदेखाएको’प्रति गुनासो गरेका हुन् । विधान अनुमोदन गरिए नेपालमा भविष्यमा हुने कुनै पनि आमनरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका दोषीलाई न्यायिक कठघरामा ल्याउन सकिन्छ । तर, अनुमोदनअघिको मानवताविरुद्धको अपराध घटनामा भने विधानले नछुने पनि उनीहरूको जिकिर छ ।
कानुन न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले रोम विधानका साथै, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी कानुन र अदालतको अपहलेनासम्बन्धी विधेयकसमेत जोडिएर
आएको बताए । ‘अहिले देश मानव अधिकार तथा लोकतन्त्र संरक्षणभन्दा माथि जान नसक्ने अवस्थामा छैन,’ उनले भने, ‘विकसित देशमा पनि यस्ता मानवताविरुद्धको अपराधमा फरक–फरक मापदण्ड छ ।’मन्त्री आचार्यले ‘नेपालजस्तो मुलुकका लागि भने यही मापदण्ड पनि पर्याप्त हुन सक्ने’ बताए । ‘सदनमा पेस अदालतको अपहेलनासम्बन्धी विधेयक सम्बन्धमा व्यापक चर्चा भएपछि छलफल अघि बढाइएको छ,’ उनले भने, ‘यसबाट राम्रा सुझाव पनि प्राप्त भएका छन्, रोम विधानमा पछि व्यापक छलफल गरेर अनुमोदनका लागि कार्य अघि बढ्नेछ ।’
नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनालीले ‘रोम विधानबारे नेताहरूले बुझ्न नसकेकै कारण अनुमोदनमा आशंका उत्पन्न भएको हुन सक्ने’ जिकिर गरे । उनले ‘सबै दलका प्रतिनिधिसम्मिलित अन्तरक्रिया गर्न’समेत सुझाव दिए । कांग्रेस नेता डा.शेखर कोइरालाले आङ्खनो दल, एमाले र अन्य राजनीतिक दल विधान अनुमोदनका लागि तयार देखिए पनि एमाओवादीलाई सहमत गराउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
पुनःस्थापित प्रतिनिधिसभामा विधान अनुमोदनका लागि प्रस्ताव पेस गरेका एमाले नेता पर्शुराम मेघी गुरुङले ‘बहुमतीय सरकार भएको कांग्रेसले प्रस्ताव पेस गर्न सक्ने’ बताउ“दै ‘त्यसमा कसले भाँझो हाल्छ, जनताले थाहा पाउन चाहेको’ सुनाए ।
विधान अनुमोदनका लागि सत्याग्रह गरेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले मानव अधिकार उल्लंघनका घटनामा कारबाही हुने बताए । ‘भविष्यमा पनि यस्ता घटना दोहो¥याउन पाइँदैन भनेर नै नेताहरूले विधान अनुमोदन नगरेका हुन्,’ उनको आरोप छ । इन्सेक अध्यक्ष सुबोधराज
प्याकुरेलले अवराध गरेपछि अपराधीलाई सजाय दिलाउन र सत्यलाई आत्मसात् गरी विधिको शासन अबलम्बन गर्न सुझाव दिए । आयोजक संस्थाका अध्यक्ष शम्भु ठाकुरलगायत सो संस्थाका अन्य पूर्वअध्यक्षले पनि रोम विधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

एक वर्षमा ४५ को दुर्घटनामा मृत्यु

चुरे मकवानपुर– जिल्लामा आर्थिक वर्ष ०७०÷७१ मा सवारी दुर्घटना परी ४५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा चैत महिनामा सबैभन्दा बढी १० जनाको मृत्यु भएको थियो ।
गत आवमा ३९ जनाको मृत्यु भएको थियो । त्यसैगरी यो वर्ष दुर्घटनामा ५९ जना गम्भीर घाइते भएका छन् भने ६२ जना सामान्य घाइते भएका थिए । अघिल्लो वर्षको तुलना गर्ने हो भने घाइतेहरूको संख्यामा करिब ५० प्रतिशतले कमी आएको छ । सवारी दुर्घटनामा २८ जना पुरुष, १० जना महिला, तीनजना बालक र चारजना बालिकाको मृत्यु भएको हो ।
आव ०६९÷७० मा ८५ ओटा दुर्घटना भएकामा यस आवमा ५२ ओटा दुर्घटना भएका छन् । यस आवमा यात्रुवाहक सवारीसाधन बढी दुर्घटना भएकाले मानिस मृत्युको संख्या बढेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रदीप कार्कीले जानकारी दिए ।

सार्वजनिक रुपमा होच्याउने र खिल्ली उडाउने आसयमा- तीजको रन्को

स्रावण -३०
प्रेस बिज्ञप्ती
आज मिति २०७१ साल असार २९ गते राजधानी दैनिकको पृष्ठ ४ मा प्रकाशित समाचार शिर्षक ‘तीजको रन्को लोकगायिका’ समाचारप्रति हाम्रो गम्भिर ध्यान आर्कशण भएको छ । उक्त समाचार अनुसार साउने संक्रान्तिबाट टेलिभिजनमा रिलिज गर्ने उदेश्यले लोकगायिका देवीका केसीको स्वरमा रेकर्ड भएको र पशुपति शर्माको शब्द तथा संगीत रहेको मेरो छोराले कमीनी ल्यायो मेरी छोरी नि दमैसँग गई भन्ने शब्दको गीत प्रकाश भट्टको निर्देशनमा म्यूजिक भिडियो समेत छायांकन भएको कुरा समाचारमा छापिएको छ । यस गीतको शब्दमा ‘कामी’ ‘दमाई’ भन्ने उल्लेख गरिएको पाइएको हुनाले यसले उक्त जातिको मात्र नभई समग्र दलित सुमदायको आत्मसम्मानमा आघात पुरयाउनुका साथै सार्वजनिक रुपमा होच्याउने र खिल्ली उडाउने आसयमा प्रस्तुत गरिएकाले उक्त गीतको शब्दमाथि घोर भत्र्सना गर्दछौ ।
यस गीतका रचनाकार तथा उत्पादन समुहले सार्वजनीक आम सञ्चारमाध्यमा जातीय संवेदनशिलताप्रति कुनै ध्यान नराखी सार्वजनीक गर्नलागेको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन,२०६८ को धारा (४) को उपधारा (१२) ले गरेको व्यवस्थाको गम्भीर उलंघन गरेकाले उक्त शब्द रहेको बोलको गीतलाई कुनैपनि मिडियामा नआउदै प्रतिवन्ध गर्न सबै सरोकारवालाहरुको ध्यान आर्कषण गराउँदछांै । उक्त शब्दको गीतलाई रिलिज नगर्नु हुन सम्बन्धीत वितरक, प्रशारकहरुका साथै गायिका देवीका के.सी., निर्देशक प्रकाश भट्ट, शब्द तथा संगितकार पशुपति शर्मालाई समेतलाई सचेत गराउँदछौ । यदि कुनैपनि किसिमले कुनै माध्यमबाट उक्त गीत प्रकाशन, प्रशारण वा वितरण गरिएको जानकारीमा आएमा दलित समुदाय आन्दोलनका साथै कानून बमोजिम कारवाहीमा जान बाध्य हुने व्यहोरा सबैका लागी जानकारी गराउछौं । त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित गीतका उत्पादक, वितरण, प्रशारकहरुले नै व्यहोर्नुपर्ने अग्रीम जानकारी गराईन्छ ।
बोद्यार्थ ः
नेपाल सरकार गृह मन्त्रालय
राष्ट्रिय मानव अधिकार आयोग
राष्ट्रिय दलित आयोग
………………………

बजेट गुलियोले छोपिएको गोली : प्रचण्ड

३२ असार,काठमाडौं । प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष प्रचण्डले बजेट जनताका लागि गुलियोले छोपिएको गोली भएको टिप्पणी गरेका छन् ।

prachanda-in-caव्यवस्थापिका संसदमा बजेटमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले धनीलाई पोस्ने र विभेदमा परेकालाई प्रताडीत गर्ने गरी बजेट ल्याएको आरोप लगाए । शान्ति प्रक्रियालाई बाधा पुर्‍याउने खालबाट बजेट ल्याइएको भन्दै उनले यस पटकको बजेटले धनी र गरिबबीचको खाडललाई अझ चर्काउने दाबी समेत गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले संघीयता, शान्ति प्रक्रिया, कृषि क्षेत्रको विकास, आयात घटाउने र निर्यात बढाउनेतर्फ सम्बोधन नभए सत्तापक्ष र प्रतिपक्षको लक्ष्मण रेखाभित्र रहन नसक्ने चेतावनी दिए ।

उनले सत्तापक्षले बजेट ल्याउने, प्रतिपक्षले त्यसको आलोचना गर्ने र जनताको भावनालाई राख्ने स्वाभाविक प्रक्रिया भएको भन्दै सत्तारुढ दलकै सभासदहरुले बजेटको विरोध गरेकोमा आश्चर्य व्यक्त गरे ।

उनले भने-’सत्तापक्षले सत्तापक्षकै रुपमा, प्रतिपक्षले प्रतिपक्षकै भूमिकामा रहेर प्रस्तुत हुन आवश्य छ, जसले राजनीतिक दिशालाई एउटा सकारात्मक गतितर्फ उन्मुख गराउँछ । तर बजेटमाथिको छलफलमा त्यो देखिएको छैन, सत्ता पक्षबाटै विरोध भएको छ ।’

माधव नेपाल र सुरेन्द्र पाण्डेले अग्रता लिए

रिमाल भन्छन् ‘आज माधव नेपालको दिन हो’

काठमाडौं, असार ३० – एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मतगणनामा माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी मतगणनामा अध्यक्ष प्रतिस्पर्धी केपी शर्मा ओलीलाई ४७ मतले पछि पार्दै नेपालले अग्रता लिएका हुन् ।

नेपालले ६४० मत पाउँदा ओलीले ५९३ मत पाएका छन् । अन्य पदाधिकारीको गणना हुन बाँकी छ । मिश्रति भोट भएका मतपत्र पनि गन्न बाँकी छ ।

महासचिवमा नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले उछिनेका छन् । पाण्डेले ओली प्यानलका ईश्वर पोखरेलभन्दा ७६ मत बढी पाएका छन् ।

मतगणनामा रहेका प्रतिनिधि एवं बुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले बुथ नम्बर २ र ३ को मतगणना सकिएको जानकारी दिए । उनका अनुसार सुरुमा प्यानलमा परेका मतपत्र र मिश्रति मतपत्रलाई सर्टिङ गरेर गणना गरिएको हो ।

बुथ नम्बर २ र ३ मा कोशी र सगरमाथा अञ्चलको मतपत्र रहेको छ । मेचीमा ओली, कोशीमा नेपाल समूह बलियो छ भने सगरमाथामा बराबरीको स्थिति रहेको छ ।

ओलीपक्षीय नेता विष्णु रिमालले सोमबारको गणनामा माधवकुमार नेपालले अग्रता लिनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको दिन सायद कमरेड माधव नेपालको दिन हुनेछ ।’

आइतबार राति १० बजेपछि स्थगित मतगणना बिहान पौने १० बजेदेखि सुरु भएको हो ।

पूर्व युवराज पारस शाह बैंककमा गाँजा सहित पक्राउ

काठमाडौं—पूर्व युवराज पारश शाह बैंकको एक होटलबाट गाँजा सहित पक्राउ परेका छन्। उनी १२ ग्राम गाँजा सहित बैंककको होटल डेभिसबाट १० जुलाइमा पक्राउ परेको त्यहाँ स्थित नेपाली दूताबासले पुष्टि गरेको छ।

‘पूर्व युवराज पारसलाई गाँजा सहित पक्राउ गरिएको सूचना थाइ प्रहरीले हाम्रो दूताबासलाई दिएको छ’, थाइल्याण्डका लागि कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्यालले नागरिकन्युजसँग भने, ‘हामीले यो जानकारी परराष्ट्र मन्त्रालयलाई आजै गराइसकेका छौं।’

पारस पक्राउ परेपछि दुई दिन लगातार विदा परेकाले प्रहरीले सोमबार दूताबासलाई जानकारी गराएको हो। थाइल्याण्डमा शनिबार र आइतबार नियमित सरकारी विदा हुने गर्छ। प्रहरीले उनलाई आज बैंकक स्थित क्रिमिनल कोर्टमा उपस्थित गराएको छ।

पक्राउ परेका पारसलाई कुन ठाउँमा राखिएको छ भन्ने बारे प्रहरीले जानकारी दिएको छैन।

यसअघि उनी थाइल्याण्डमै ३ दशमलव ४ ग्राम गाँजा सहित पक्राउ परेका थिए। फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई एक महिना सुधारगृहमा राख्न आदेश दिएको थियो। उनलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा दोस्रो पटक पक्राउ गरी प्रहरीले २० लाख थाई भाट (झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ) बराबरको क्षतिपूर्ति भराएको थियो।

मातापिता, श्रीमती र तीन सन्तान छोडेर चार वर्षघि सिंगापुर लागेका उनी थाइल्याण्डमा स्थानीय युवती कन्निका चाइसानसँग बस्दै आएका छन्।

केकीको हातमा प्रमोदको नाम

नेपाली काठमाडौं : नायिका केकी अधिकारीले गायक प्रमोद खरेललाई अब म्युजिक भीडीयो मा देख्न पाइने भयको छ। भीडीयोमा केकी प्रमोदलाई खुबै माया गर्छिन् । उनलाई पाउनको लागि जे पनि गर्न तयार छिन् नायिका केकी अधिकारी। । संचारकर्मी विदुर खतिवडाले निर्देशन गरेको भिडियोको छायांकन भक्तपुर, ठमेल र सीटी सेन्टरमा गरिएको छ । हरी हुमागाइँले खिचेको भिडियोमा गायक प्रमोद प्रती केकीको प्रेम देखिएको छ । श्रद्धा अधिकारीको शब्दमा समावेश यस गीतबाट खरेल ७ बर्षपछि मोडलको रुपमा देखिएका छन् । गीतमा अर्जुन पोखरेलको म्युजिक छ भने गीतमा स्वर प्रमोद खरेलको रहेको छ ।

गीत सब्द यस्तो रहेको छ

धेरैलाई बाड्दा नपुग्ला माया

मलाई घटाए हुन्छ

मनभित्रै राख्न ठाउँ नभए

मलाई हटाए हुन्छ ।

“नेयमरमाथि हिंसात्मक ट्याकल”

रियो दि जेनेरियो (एपी), असार २३ – ब्राजिलका स्टार खेलाडी रोनाल्डोले नेयमरमाथि जानी-जानी नै ट्याकल गरेको बताए । ब्राजिलका स्ट्राइकर नेयमर ‘हिंसात्मक ट्याकल’ का कारण विश्वकप फुटबलबाट बाहिरिएका छन् । ब्राजिलमा क्वाटरफाइनलमा कोलम्बियामाथि निकालेको २-१ को जितमा नेयमर घाइते भएका हुन् ।

शुक्रबार भएको त्यो खेलमा उनलाई कोलम्बियाका हुँवा कमिलो जुनिगाले ट्याकल गरेका थिए । पछि गरेको मेडिकल परीक्षणमा नेयमरको ढाडमा फ्याक्चर भएको देखिएको छ । र, उनी अब चार साता मैदानबाट बाहिर रहनेछन् । योसँगै घरेलु टिमलाई ठूलो चोट पुगेको छ । विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजसँगै सर्वाधिक समान १५ गोल गर्दै इतिहास बनाएका रोनाल्डोले नेयमरमाथिको ट्याकल हिंसात्मक भएको बताए ।

‘हामीले टेलिभिजनमा देख्न सक्छौं, त्यो ट्याकल जानी-जानी गरिएको हो । कोलम्बियाका खेलाडीले केही क्षति पुर्‍याउन नै यो ट्याकल गरेका हुन्,’ रोनाल्डोले भने,’यो नर्मल फुटबल थिएन । त्यो त आक्रामक फुटबल पो थियो ।’ रेफ्रीले जुनिगाविरुद्ध कुनै एक्सन लिएनन् । तर फिफाको अनुशासन कमिटी भिडियो हेरेर अघि बढ्ने योजनामा छ । ‘यो कोलम्बियाका खेलाडीको ठूलो हिंसा हो । हामीले राम्रो खेलाडी गुमायौं । यो निकै निराश र दुःखद क्षण हो,’ रोनाल्डोले भने । रोनाल्डोसँगैको पत्रकार सम्मेलनमा इटालीका पूर्वडिफेन्डर फाबियो कानोभारोले पनि जुनिगाले नेयमरलाई चोट पुर्‍याउनकै लागि ट्याकल गरेको बताए ।

उता, खेलाडी जुनिगाले भने आफूले नेयमरलाई चोट पुर्‍याउने हिसाबले ट्याकल नगरेको बताए । ‘मेरो लक्ष्य उनलाई चोट पुर्‍याउनु थिएन । म आफ्नो शटलाई डिफेन्स गर्ने तर्खरमा थिए । जुन म सधैं गरिरहेको हुन्छु,’ कोलम्बियन डिफेन्डरले भने,’दुःखद रूपमा यो घटना भयो । आशा गरौं, भगवान्ले सहयोग गर्नेछन् । उनी छिट्टै ठीक हुनेछन् ।’ स्टार खेलाडी नेयमरका बाबजुत ब्राजिलले घरेलु भूमिका छैटौं पटक विश्वकपको ट्रफी उचाल्ने रोनाल्डोले बताए । ब्राजिलले मंगलबार सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ ।

नेयमरको अनुपस्थितिमा स्ट्राइकरद्वय हल्क र फ्रेडको आत्मबल बढ्ने तथा राम्रो गरेर देखाउने मौका रहेको रोनाल्डोले बताए । रोनाल्डोले नेयमरलाई शुक्रबार सन्देश पठाएको पनि बताए । ‘मैले उनलाई पूरा देश तिमीदेखि गौरवान्वित भएको बताए,’ सन् १९९४ र २००२ मा ब्राजिललाई विश्वकप जिताउन सफल खेलाडी रोनाल्डोले भने । उनले ब्राजिलको यो विश्वकप नेयमरप्रति समर्पित रहेको पनि बताए ।

हमालका नियमित नाईको आपत्ति

काठमाडौं– केही दिनअघि सञ्चारमाध्यमहरुमा एउटा समाचार आएको थियो, आफ्ना नियमित नाईको बिहेमा अभिनेता राजेश हमाल हेलिकप्टर चार्टर गरेर सर्लाही पुगे। हमालका नियमित नाई सर्लाहीका राम ठाकुर हुन्। तर, तस्बिरमा राजेश हमालको अँगालोमा देखिएका दुलहा थिए सुरेन्द्र ठाकुर। सञ्चारकर्मीले कुरै नबुझी समाचार लेखिदिएकोमा राम ठाकुरलाई आश्चर्य लागेको छ।

‘राजेश दाइको कपाल मैले नै विगत १२ वर्षदेखि नियमित काट्दै आएको छु। तर केही दिन यता अरु कसैले ७ वर्षदेखि राजेश दाइकोमा कपाल काट्न गएको खबरले छक्क परेको छु,’ रामले भने, ‘समाचारमा आएजस्तो सुरेन्द्र ठाकुरले राजेश दाइको कपाल काटेका छैनन्।’

गत शुक्रबार राजेश हमाल हेलिकप्टर चढेर सुरेन्द्रको बिहेमा सहभागी हुन सर्लाही पुगेका थिए। तिनै सुरेन्द्रले आफूले हमालको घरमा गई विगत सात वर्षदेखि कपाल काट्दै आइरहेको दाबी गरेका थिए। तर हमालका सहयोगी दीपेन्द्र चौधरीले सुरेन्द्रको दाबी झुटो भएका बताए।

‘हामी पनि समाचार पढेर छक्क प‍र्‍यो। दाइले एक डेढ वर्षअघि राम ठाकुरकै आग्रहमा सुरेन्द्रको पसलको उद्घाटन गरिदिनु भएको हो। त्यसयता कपाल काट्नु त के, भेटसम्म पनि भएको याद छैन,’ दीपेन्द्रले भने।

राजेश आफैँ हेलिकप्टर चार्टर गरेर सर्लाही पुगेको अर्थ झल्किने खालको समाचारप्रति पनि दीपेन्द्रको आपत्ति छ। उनले भने, ‘राजेश दाइ दुलहा सुरेन्द्रकै खर्चमा हेलिकप्टर चढेर जानुभएको हो।’

सुरेन्द्र आफ्नो साथी भएकाले आफूले नै हमाललाई सर्लाही गइदिन अनुरोध गरेको रामले बताए। ‘मैले नै दाइलाई अनुरोध गरेको हुँ। तर साथीले मलाई नै माइनस गर्ने काम गर्‍यो। स्पष्टिकरण दिँदा दिँदा हैरान भइसकेँ,’ रामले भने।

जोलीमाथि भएको बोतल प्रहारप्रति एमालेद्धारा खेद प्रकट

आक्रमणमा संलग्न ‘उछृङखल तत्व’माथि कारवाहीको माग

१९, असार काठमाडौं । नेकपा एमालेले नवौं महाधिवेशनमा शुभकामना दिन बोलाइएका अतिथि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीमाथि भएको आक्रमणप्रति खेद प्रकट गरेको छ ।

जोलीमाथि उछृङखल तत्वले आक्रमण गरी सामान्य घाइते बनाएको भन्दै महासचिव ईश्वर पोखरेल पार्टीको तर्फबाट खेद प्रकट गरेका हुन् ।

‘हामीले निम्त्याएका अत्यन्तै सम्मानित अतिथिमाथि केही उछृङखल व्यक्तिहरुले आक्रमण प्रयास गरेकोमा यो महाधिवेशन हल खेद प्रकट गर्दछ’ पोखरेलले भने ‘त्यस्त उछृङखल तत्वको खोजी गरी कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछौं’ । पोखरेलले खेद प्रकट गर्ने प्रस्ताव राख्दा हलले ताली बजाएर समर्थन गरेको थियो ।

महाधिवेशन उद्घाटन समारोह हेर्न नपाएका कार्यकर्ताले बाहिर सडकमा तोडफोड र आगजनी भइरहेका बेला बाहिरिएका जोलीमाथि प्लाष्टिकको बोतल प्रहार भएको थियो । यस घटनालाई एमाले नेतृत्वले तत्कालै गम्भीर रुपमा लिई उदघाटन समारोहबाटै खेद व्यक्त गरेको हो । Continue reading जोलीमाथि भएको बोतल प्रहारप्रति एमालेद्धारा खेद प्रकट