चिलिको गोलमा भित्री बस्त्र देखाएपछि..

Image

रियो दि जेनेरियो : जारी विश्‍वकप फुटबलअन्तर्गत शनिबार राति घरेलु टोली ब्राजिल र चिलीबीच भएको पहिलो प्रिक्वार्टरफाइनल खेल अत्यन्तै रोमान्चक रह्‍यो। खेल सुरु भएदेखि नसकिएसम्म दर्शकले धेरै मज्जा लिए। खेल कति प्रतिस्पर्धात्मक थियो भने, नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपर्‍यो।

डेभिड लुइजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर एलेक्सिस सान्चेजले उत्कृष्ट गोल गर्दै चिलीलाई पहिलो हाफमै बराबरीमा ल्याइपुर्‍याए। घरेलु टोलीविरुद्व गोल गरेर बराबरीमा आउनु चिलीका लागि सामान्य कुरा थिएन। साथमा ब्राजिललाई हजारौं घरेलु समर्थकको साथ थियो। त्यसैले सान्चेजको गोलले चिलीका समर्थकको मुहारमा खुसी ल्यायो।

सबैको हौसला बढ्यो। सोही खेलको समाचार संकलन गरिरहेकी चिलीकी पत्रकार झेन्डलिन नुनेज पनि आफ्नो टोलीले गोल गरेपछि निकै उत्साही भइन् तर उनले अरूको भन्दा फरक तरिकाले खुसियाली मनाइन्। आफूतर्फ तेर्सिरहेको भिडियो क्यामेरातिर फर्किएर उनले आफ्नो टीसर्ट उचाइलिन्। उनी भिडियो क्यामेराका अगाडि आफूले लगाएको भित्री बस्त्र देखाउँदै मज्जाले हासिन्।

तर उनले यसो गर्नुको कारण भने अर्थपूर्ण थियो। किनभने उनले लगाएको भित्री बस्त्रमा चिलीको राष्ट्रिय झन्डा बनाइएको थियो। उनको खुसियाली मनाउने उक्त शैलीलाई संसारभरि खेलको प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजन च्यानलले पनि पटकपटक देखाउन कुनै कन्जुस्याइँ गरेनन्।

चिली र ब्राजिलबीच भएको उक्त खेलको नतिजाले भने उनलाई अन्तिम समयमा आएर दु:खी बनायो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टी सुटआउटमा भने ब्राजिलले बाजी मार्‍यो। –एजेन्सी

Leave a comment