चिलिको गोलमा भित्री बस्त्र देखाएपछि..

Image

रियो दि जेनेरियो : जारी विश्‍वकप फुटबलअन्तर्गत शनिबार राति घरेलु टोली ब्राजिल र चिलीबीच भएको पहिलो प्रिक्वार्टरफाइनल खेल अत्यन्तै रोमान्चक रह्‍यो। खेल सुरु भएदेखि नसकिएसम्म दर्शकले धेरै मज्जा लिए। खेल कति प्रतिस्पर्धात्मक थियो भने, नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपर्‍यो।

डेभिड लुइजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर एलेक्सिस सान्चेजले उत्कृष्ट गोल गर्दै चिलीलाई पहिलो हाफमै बराबरीमा ल्याइपुर्‍याए। घरेलु टोलीविरुद्व गोल गरेर बराबरीमा आउनु चिलीका लागि सामान्य कुरा थिएन। साथमा ब्राजिललाई हजारौं घरेलु समर्थकको साथ थियो। त्यसैले सान्चेजको गोलले चिलीका समर्थकको मुहारमा खुसी ल्यायो।

सबैको हौसला बढ्यो। सोही खेलको समाचार संकलन गरिरहेकी चिलीकी पत्रकार झेन्डलिन नुनेज पनि आफ्नो टोलीले गोल गरेपछि निकै उत्साही भइन् तर उनले अरूको भन्दा फरक तरिकाले खुसियाली मनाइन्। आफूतर्फ तेर्सिरहेको भिडियो क्यामेरातिर फर्किएर उनले आफ्नो टीसर्ट उचाइलिन्। उनी भिडियो क्यामेराका अगाडि आफूले लगाएको भित्री बस्त्र देखाउँदै मज्जाले हासिन्।

तर उनले यसो गर्नुको कारण भने अर्थपूर्ण थियो। किनभने उनले लगाएको भित्री बस्त्रमा चिलीको राष्ट्रिय झन्डा बनाइएको थियो। उनको खुसियाली मनाउने उक्त शैलीलाई संसारभरि खेलको प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजन च्यानलले पनि पटकपटक देखाउन कुनै कन्जुस्याइँ गरेनन्।

चिली र ब्राजिलबीच भएको उक्त खेलको नतिजाले भने उनलाई अन्तिम समयमा आएर दु:खी बनायो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टी सुटआउटमा भने ब्राजिलले बाजी मार्‍यो। –एजेन्सी

शान्तिदुत टेरिया र मुगुकी मेस्सी सुनकली

Image

१३० करोड जनताको माझ ३ करोड जनताको प्रतिनिधित्व गर्दै इंडियाको प्रतिष्ठित नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टेरियाको बारेमा खुब लेखियो, खुशी हुदै लेखियो, हौसिदै लेखियो ! उनको सफलताले आनन्द बिभोर छ यो मन !

यता विश्वको प्रतिष्ठित खेलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता चलि रहेको बेला, मेस्सी, मुलर, नेइमरहरुको चर्चा चुलीरहेको छ, यता नेपालको अति बिकट जिल्ला मुगुकी मेस्सीको प्रतिभा र चर्चाले अब स्थान पाउनु पर्छ, हिउँका पहाडमा उकाली ओराली गर्ने ति हात खुट्टाहरु, हिउँकै मैदानमा तछाड मछाड गर्दै गोल गर्न तम्सने ति पाउहरु साच्चीकै मजबुत छन, ठुला मैदान ठुला प्रतियोगिता नदेखेका ति पाउहरु, टाढा टाढा कहिल्यै नगएका ति शरीरहरु, गाडी चड्दा गाडीसम्म लाग्ने ति चेलीहरु जब शहरको ठुलो प्रतोयोगितामा आए जब ठुलोImageमैदानमा प्रवेश गरे तब असली प्रतिभाको प्रस्फुटन भयो, ९० मिनेटको खेलमा शहरिया किशोरीहरु १०-१५ मिनेटमै गल्छन भने, यी बिकट गाउँका चेलीहरु पुरा ९० मिनेट मैदानमा छाईरहेका हुन्छन, अनि त्यहि जम्छिन मुगुकि मेस्सी सुनकली बुढा जसले आफ्नो सुन्दर गोलले खेल जिताऊछिन र आफु साच्चीकै मेस्सी भएको प्रमाणित गर्छिन !
अब साच्ची नै यी बिकट गाउँका मेस्सीहरुले अवसर पाउनु पर्छ, यिनैले चम्काउने छन् नेपालको नाम !