चिलिको गोलमा भित्री बस्त्र देखाएपछि..

Image

रियो दि जेनेरियो : जारी विश्‍वकप फुटबलअन्तर्गत शनिबार राति घरेलु टोली ब्राजिल र चिलीबीच भएको पहिलो प्रिक्वार्टरफाइनल खेल अत्यन्तै रोमान्चक रह्‍यो। खेल सुरु भएदेखि नसकिएसम्म दर्शकले धेरै मज्जा लिए। खेल कति प्रतिस्पर्धात्मक थियो भने, नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपर्‍यो।

डेभिड लुइजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए तर एलेक्सिस सान्चेजले उत्कृष्ट गोल गर्दै चिलीलाई पहिलो हाफमै बराबरीमा ल्याइपुर्‍याए। घरेलु टोलीविरुद्व गोल गरेर बराबरीमा आउनु चिलीका लागि सामान्य कुरा थिएन। साथमा ब्राजिललाई हजारौं घरेलु समर्थकको साथ थियो। त्यसैले सान्चेजको गोलले चिलीका समर्थकको मुहारमा खुसी ल्यायो।

सबैको हौसला बढ्यो। सोही खेलको समाचार संकलन गरिरहेकी चिलीकी पत्रकार झेन्डलिन नुनेज पनि आफ्नो टोलीले गोल गरेपछि निकै उत्साही भइन् तर उनले अरूको भन्दा फरक तरिकाले खुसियाली मनाइन्। आफूतर्फ तेर्सिरहेको भिडियो क्यामेरातिर फर्किएर उनले आफ्नो टीसर्ट उचाइलिन्। उनी भिडियो क्यामेराका अगाडि आफूले लगाएको भित्री बस्त्र देखाउँदै मज्जाले हासिन्।

तर उनले यसो गर्नुको कारण भने अर्थपूर्ण थियो। किनभने उनले लगाएको भित्री बस्त्रमा चिलीको राष्ट्रिय झन्डा बनाइएको थियो। उनको खुसियाली मनाउने उक्त शैलीलाई संसारभरि खेलको प्रत्यक्ष प्रसारण गरिरहेका टेलिभिजन च्यानलले पनि पटकपटक देखाउन कुनै कन्जुस्याइँ गरेनन्।

चिली र ब्राजिलबीच भएको उक्त खेलको नतिजाले भने उनलाई अन्तिम समयमा आएर दु:खी बनायो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। पेनाल्टी सुटआउटमा भने ब्राजिलले बाजी मार्‍यो। –एजेन्सी

शान्तिदुत टेरिया र मुगुकी मेस्सी सुनकली

Image

१३० करोड जनताको माझ ३ करोड जनताको प्रतिनिधित्व गर्दै इंडियाको प्रतिष्ठित नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टेरियाको बारेमा खुब लेखियो, खुशी हुदै लेखियो, हौसिदै लेखियो ! उनको सफलताले आनन्द बिभोर छ यो मन !

यता विश्वको प्रतिष्ठित खेलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता चलि रहेको बेला, मेस्सी, मुलर, नेइमरहरुको चर्चा चुलीरहेको छ, यता नेपालको अति बिकट जिल्ला मुगुकी मेस्सीको प्रतिभा र चर्चाले अब स्थान पाउनु पर्छ, हिउँका पहाडमा उकाली ओराली गर्ने ति हात खुट्टाहरु, हिउँकै मैदानमा तछाड मछाड गर्दै गोल गर्न तम्सने ति पाउहरु साच्चीकै मजबुत छन, ठुला मैदान ठुला प्रतियोगिता नदेखेका ति पाउहरु, टाढा टाढा कहिल्यै नगएका ति शरीरहरु, गाडी चड्दा गाडीसम्म लाग्ने ति चेलीहरु जब शहरको ठुलो प्रतोयोगितामा आए जब ठुलोImageमैदानमा प्रवेश गरे तब असली प्रतिभाको प्रस्फुटन भयो, ९० मिनेटको खेलमा शहरिया किशोरीहरु १०-१५ मिनेटमै गल्छन भने, यी बिकट गाउँका चेलीहरु पुरा ९० मिनेट मैदानमा छाईरहेका हुन्छन, अनि त्यहि जम्छिन मुगुकि मेस्सी सुनकली बुढा जसले आफ्नो सुन्दर गोलले खेल जिताऊछिन र आफु साच्चीकै मेस्सी भएको प्रमाणित गर्छिन !
अब साच्ची नै यी बिकट गाउँका मेस्सीहरुले अवसर पाउनु पर्छ, यिनैले चम्काउने छन् नेपालको नाम !

अभिनेतृ सजनाको अपहरण

 नवोदित अभिनेतृ सजना थापा ‘रोज’को अपहरण गरिएको छ । एक पटक हैन, उनको दुृई दुई पटक अपहरण भएको छ । वास्तविक जिवनमा भने हैन नी । यही कार्तिकमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफीयत’मा खलनायकले उनको अपहरण गर्छन् ।

दशरथ गिरिको निर्देशन तथा धन देवकोटा र चिन्तामणी बरालको निर्माणमा प्रर्दशोन्मुख चलचित्र ‘कैफीयत’ सजनाको पहिलो चलचित्र हो । यसमा उनी अर्की नायिका नन्दीता केसीका साथ देखा परेकी छन् ।
मोडलीङमा जमेकी सजनालाई चलचित्रको पहिलो अनुभव कस्तो रह्यो त ? भन्छीन्, ‘आम्मै, मलाई त धेरै रमाईलो लाग्यो । धेरै जनास“ग एउटै युनिटमा रहेर काम गर्दा धेरै कुरा सिक्ने मौका पनि पाए“ ।’ हालै मात्र ‘कैफीयत’को छायांकनका क्रममा पोखरामा २७ दिन बिताएर आएकी सजनालाई महसुस भएको छ, डान्स र अभियन नसकी चलचित्रमा जम्न कठिन छ । त्यसैले उनी बागबजारको राजधानी कला केन्द्रमा नृत्य र अभिनय प्रशीक्षणमा जुटेकी छन् । ‘हामीले सुटीङको क्रममा पोखरामा २७ दिन बितायौं, म जति दिन त्यहा“ रहें, हरेक दिन मेरो लागि स्पेशल रह्यो’, उनी भन्छीन् ।
मकवानपुरको आग्रा, १ घर भएकी सजना देशमा केही गर्ने सपना बोकेर काठमाडौं अँएकी हुन् । मोडलीङ र अभियनमा लाग्ने उनको बाल्यकालदेखीकै शोख हो । ‘जुन दिनदेखी यो क्षेत्रलाई नजिकबाट बुझे त्यसबेलादेखी प्यासनकै रुपमा अघि बढाइयो’, फरासीली स्वभावकी सजना भन्छीन् । अब चलचित्र क्षेत्रमै जम्ने उनको सुर छ । ‘अरु बिकल्प त सोचैकै छैन्’, मास कम्युनिकेशनकी यी छात्रा सजना भन्छीन् ।
प्रेमको बारेमा सजनाको स्पष्ट सोच छ । भन्छीन्, ‘म लभको पुजारी हु“, त्यसैले म लभ म्यारीजको पक्षमा छु, यसमा विश्वास गर्छु ।’ उनको विचारमा लभ म्यारीज भनेको साचो विश्वासको एक बन्धन पनि हो ।
अहिलेसम्म उनको ब्वायफ्रेण्ड छ की छैन त ? यसमा उनी अली भावुक हुन्छीन् । गुलावी ओंठ अझ रातो पार्दै भन्छीन्, ‘चोखो माया लाएकै हो लाइन भनु कसरी ? ज्यान फालेर धाएकै हो, धाइना भनु कसरी ? उनलाई धोकेबाज भन्न मन त छैन, तर धोका खाइन भनु कसरी ? अब आफै बुझ्नुस ब्वायफ्रेण्ड छ की छैन

चार पटकको विश्वविजेता इटाली बाहिरियो, उरुग्वे प्रि-क्वाटरफाइनलमा

काठमाडौं, असार ११ – चार पटकको विश्वविजेता इटालीलाई पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको समुह डी को खेलमा उरुग्वेले इटलीलाई १-० ले पराजित गर्‍यो । italy vs uruउरुग्वेको जितको लागि गोडिनले ८१ औं मिनेटमा हेडमार्फत गोल गरे । कर्नरबाट आएको बललाई उनले हेड गर्दै पोष्ट भित्र छिराएका थिए । निकै तनावपूर्ण खेलमा रेफ्रीले इटालीका खेलाडीलाई रातो कार्ड दिएका थिए । इटालीका मार्चिसिआले ५९ औं मिनेटमा रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सिमित भएको थियो । उरुग्वेसंग १-० ले पराजित भएपछि ४ पटकको विश्वविजेता इटाली समुह चरणबाटै बाहिरिएको छ । इटाली अघिल्लो विश्कवपमा पनि समुह चरणबाटै बाहिरिएको थियो । यसै बीच मंगलबार राती नै भएको समुह डी कै आफ्नो अन्तिम खेलमा खेलमा कोष्टारिका र इंग्ल्याण्डले गोल रहित बराबरी खेलेका छन् । कोइष्टारिका यसअघि नै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने इंल्याण्ड बाहिरिसकेको छ । कोष्टारिका समुहविजेता बन्दै अघिल्लो चरण पुग्न सफल रहृयो । यो समुहबाट इटाली र इल्याण्ड अभागी टोली बन्न पुग्यो

महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु

(एजेन्सी)– के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्, यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन ।

कुनै पनि महिलाले आफ्नो मौनतामा नै धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि ?

१. विश्वसनीय र भरपर्दोः

कुनै पनि महिलाको लागि विश्वास निकै महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा उनी भर पर्न सक्छिन् ।

२. कुरा सुन्ने बानी बसाल्नुहोस्ः

इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन । उनी जहिल्यै उत्तरको खोजीमा हुँदैनन् । कहिलेकाँही उनीहरुलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ, जसले उनको कुराबिना कुनै सुझाव सुनोस् । यस्तो क्रियाकलापले उनीसँग तपाईंको सम्बन्ध थप मजबुत हुन्छ ।

३. परिपक्क हुनुहोस्ः

हामी सबैलाई थाहा छ पुरुषभन्दा महिलाहरु चाडैँ परिपक्क हुन्छन् । तर महिलाले सधैँ आफ्नो पुरुषलाई आमासमान सम्झाउने, बुझाउने र सम्हाल्न चाहँदैनन् । उनलाई पनि कसैले सम्हालोस् र सम्झाओस् भनेर चाहन्छिन् । महिलाले आफ्नो पुरुष बुझ्क्कड, शान्त, समझदार र विवेकशील होस् भनेर चाहन्छिन् । उनलाई देखाउनुहोस् कि तपाईं आफ्नो समस्या वा डरसँग जुध्न सक्नुहुन्छ र आफ्नो समस्यासँग भाग्नुहुन्छ । समस्यासँग कहिलेकाँही निराश हुनु स्वभाविक हुनसक्छ तर हरेश भने खानुहुँदैन । महिलाले आफ्नो पुरुषमाथि विश्वास गरेर भर गर्न मन पराउँछन् ।

धारा छोएको निहुँमा दलितलाई कुटपिट

भैरहवा, असार १०– रुपन्देहीमा जातीय बिभेदका नाममा बिभिन्न घटनाहरु सार्वजनिक भैरहेको र प्रहरीले पिडक र पिडित दुबै आपसी छलफलमा घटना मिलाईरहेको अवश्थामा रुपन्देहीमा एक वृद्धा माथी भएको जातीय बिभेदको घटनाको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जाहेरी दर्ता गरेको छ ।
रुपन्देहीको मानमटेरिया ३ स्थित मधवनियाकी ६२ वर्षीया दलित वृद्धाले सार्वजनिक धारा (हेन्ड पाइप) छोएको कारणनै बिभिन्न किसिमका जाती सूचक गाली प्रयोग गर्दै कुटपिट गरेको घटना बाहिर आएको छ । मधवनियाकी अनारी हरिजनले गाविसद्धारा छिमेकीको घरमा जडान गरिएको सार्वजनिक घारामा पानी भरेको निहुमा लखाटेर कुटेको बताएकी छन ।
निजि जग्गामा जडान गरिएको सार्वजनिक हेन्ड पाइपमा पिउनका लागि पानी लिन जादाँ सोही स्थानका २५ वर्षीय विपत केवट र उनकी आमा ले हरिजनलाई कुटपिट गरेका हुन् ।
“त सानो जातीको मानिस होस र हामी ठुलो जातीको मानिसको धारामा पानी लिन किन आएको र धारा किन छोएको भन्दै बिपत केवट र उनकी आमाले धारामा पानी लिन गएको अवस्थामा कुटेको र जोगिएर भाग्न खोज्दा घर भित्र पसेर समेत कुटेको उनले बताईन ।
“श्रीमानको १० बर्ष अघि नै मृत्यु भै सकेको र भएको एक मात्र छोरा पनि बैदेशिक रोजगारको सिलसिलामा भारतमा छन । घरमा एक्लै भएको अवश्थामा मलाई निर्घात कुटे” उनले रुदै आफ्नो बेदना पोखिन । सरकारले तल्लो जातलाई भेदभाव गर्न पाउन्न भनेको छ, खै त सरकारले उनिहरुलाई कार्यवाही गरेको ? उनको प्रश्न रहेको छ । आइतबार साझ करिब साढे सात बजेको समयमा म पिउनका लागि पानी लिन जादाँ केवटको र उनको आमाले सो दिन पनि “त तल्लो जातीको मानिस हामी यहाँ भएको अवस्थामा पनि यस्तो मनपरी गरी पानी भर्न पाउँदैनस हामी छोइछिटो बार्नुपर्छ भन्दै कराउँदै केवटले लठ्ठीले मेरा टाउँको र संवदेनशिल अंगमा प्रहार गरी रगताम्य बनाएपछि आफुलाई जोगउँदै त्यहाबाट भागेको बताइन् । उनले थपिन्–“भागेर म आफ्नो घर सम्म पुग्दा मेरा पिछा गर्दै आएको केवटले पुन मलाई मरणसन्न हुने गरी कुटपिट गरी त्यहाँबाट गएको थियो ।”
भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागी भर्ना भएकी उनले गाउका केही ब्यक्तिले मिल्न दबाव दिएको बताउदै आफु कुनै पनि हालतमा नमिल्ने र उनिहरुलाई कार्यवाही गराएर छोडने अठोट लिएको बताईन । आज केही पैसाको लोभमा मैले यस्ता जातीय बिभेद गर्नेलाई उन्मुक्ति दिए भने उनिहरुको मनोबल बढछ र उनिहरु यस्ता घटना गर्न उत्साहित हुन्छन । उनले बताईन ।
मानमटेरिया गाविस सचिव बब्रुबहन सापकोटाले गाविसको बजेटबाट केवटको घरमा धारा जडान गरे पनि उनले सबैले सार्वजनिक रुपमा प्रयोग गर्न पाउने गरि कबुलियत गरेकोले कसैलाई पनि पानी खान राक्न नपाउने बताए ।
जातीय बिभेद गर्नेलाई कार्यवाही गरि पाउ भनि हरिजनले दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दर्ता गरि अनुसन्धान प्रकिया समेत अगाडी बढि सकेको अनुसन्धान अधिकृत प्रहरी निरिक्षक प्रदीप बहादुर क्षेत्रीले जनाए ।

साझा सवालको नयाँ प्रस्तोतामा विद्या चापागाईँ नियुक्त

 काठमाडौं, असार ११– बीबीसी मिडिया एक्सनको साप्ताहिक रेडियो तथा टेलिभिजन बहस कार्यक्रम साझा सवालको नयाँ प्रस्तोतामा विद्या चापागाई नियुक्त भएकी छन् । नयाँ प्रस्तोतामा चापागाईं नियुक्त गरिएको मिडिया एक्सनले जनाएको छ । उनले साझा सवालमा कार्यक्रम उत्पादक भएर तीन बर्ष काम गरिसकेकी छन् ।
साझा सवालको प्रस्तोता नारायण श्रेष्ठले छाडेपछि केहि महिनायता मिडिया एक्सन नयाँ प्रस्तोताको नियुक्ति प्रक्रियामा लागेको थियो । श्रेष्ठ अध्ययनका लागि भन्दै साझा सवाल छाडेर अमेरिका गएका छन् ।
यसबीचमा बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्रले कार्यक्रमम सञ्चालन गर्दै आएका थिए ।
नयाँ प्रस्तोता चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् भने नर्वेको ट्रोम्सो विश्वविद्यालयबाट शान्ति तथा द्वन्द्व रुपान्तरणमा स्नातकोत्तर गरिरहेकी छन् ।
प्रस्तोता चापागाईंले प्रस्तुत गर्ने पहिलो कार्यक्रम आगामी असार २२ गते प्रसारण हुने मिडिया एक्सनले जनाएको छ । पहिलो कार्यक्रम दाइजो प्रथा र त्यसले समाजमा ल्याएको विकृतिका विषयमा रहने जनाइएको छ ।