कला

‘कलाकार जिम्मेवार हुनुपर्छ’

'कलाकार जिम्मेवार हुनुपर्छ'
काठमाडौं– ‘मेरो नाम नै चोली गायिका। राम्रो गायिका भन्दा पनि स्टेजमा चटक गरेर चलिरहेको भन्छन्,’ गायिका इन्दिरा जोशी सोमबार आफूलाई धेरैजसो श्रोताले कसरी चिन्छन् भन्ने सुनाउँदै थिइन्। सोमबार मण्डला थियटरमा आयोजित ‘नेपाली संगीतभित्रको विकृति र युवा सोच’ छलफलमा उनले कलाकारहरु व्यावसायिक हुँदै गएकाले स्टेज तताउन बाध्य भएको बताइन्।

‘नेपाली संगीत परिवर्तनको अवस्थामा छ। श्रोताले शब्द सुनेर कलाकारहरुलाई मन पराउँछन्। बिस्तारै नेपाली संगीतमा सकारात्मक परिवर्तन भइरहेका छन्,’ उनले भनिन्। कलाकारहरुले गीतको शब्द छनोटमा भने ध्यान दिन नसकेको उनले स्वीकारिन्। चियागफ टोलीले गरेको कार्यक्रममा नेपाली संगीतका विभिन्न विषयमाथि छलफल गरिएको थियो। चिया गफको यो चौथो संस्करणमा छलफलमा संगीतकार शम्भुजित बास्कोटा, गीतकार रमण घिमिरे र गायक निमा रुम्बाको पनि सहभागिता थियो।
निमाले संगीतको परिभाषा समय अनुसार बदलिँदै जाने प्रतिक्रिया दिए। ‘नेपाली संगीतभित्र विकृति कुन हो भन्ने कुरामा अन्योल छ। सुरुवाती दिनमा पप संगीतलाई विकृति भनिन्थ्यो। तर अभिभावकले बालबालिकालाई संगीत पढाउन थालेका छन्,’ उनले भने।
शम्भुजितले कलाकारहरु जिम्मेवार हुनुपर्ने बताए। ‘कलाकारबाट धेरै व्यक्तिहरु प्रेरित हुनेहुँदा उनीहरु समाजप्रति जिम्मेवार हुनुपर्छ। व्यावसायिक हुने होडबाजीमा शब्द छनोटमा ध्यान दिन नसक्दा विकृति आइरहेको छ,’ उनले भने।
गीतकार रमण घिमिरेले कलाकारहरुलाई सामाजिक जिम्मेवारी लिन आग्रह गरे। ‘कलाकारहरुले अति व्यावसायिक हुने नाममा गीतको शब्द छनोटमा ध्यान दिन सकेका छैनन्। कलाकारसँग सामाजिक जिम्मेवारी पनि हुनुपर्छ,’ उनले भने।

 

इन्दिरा जोशी भन्छिन्- मलाई चोली गायिका भन्छन्

काठमाडौं – ‘मेरो नामनै चोली गायिका, घरमा मलाई चटकी भन्छन्। म राम्रो गायिका होइन। संगीतमा लागेको पैसा कमाउन सकिन्छ भन्ने ट्रेनको सुरुवात भइरहेको हुँदा व्यवसायिक रुपमा लागिपरेको छु,’ उद्रेको चोली छ है त्यही पनि लाइन्छ भन्ने गीतको सन्दर्भ जोड्दै इन्दिरा जोशीले सुनाइन्। संगीत समिक्षक रमण घिमिरेले कलाकारहरु धेरै व्यवसायिक भइदिंदा संगीतमा विकृति आइरहेको प्रसंग जोडिहाले।
इन्दिरा जोशी भन्छिन्- मलाई चोली गायिका भन्छन्
‘कलाकारहरु व्यवसायिक भईदिंदा गीतको शब्द छनोटमा ध्यान दिन सकेका छैनन् । कलाकारप्रति सामाजिक जिम्मेवारी पनि हुने हुँदा नेपाली संगीतमा भइरहेको विकृति रोक्न उनीहरुनै लाग्नुपर्छ,’ उनले भने । यो दृश्य सोमबार मण्डला थियटरमा सम्पन्न भएको ‘नेपाली संगीतभित्रको विकृति र युवा सोच’ नामक छलफलको हो ।
चिया गफको चौथो संस्करणमा नेपाली संगीतका विभिन्न विकृतिमाथि छलफल गरियो। नेपाली संगीत ट्रान्जेसन अवस्थामा गायिका जोशीले बताइन् । ‘स्रोताले गीत सुनेर कलाकारहरुलाई मनपराउँछन् । बिस्तारै नेपाली संगीतमा सकारात्मक परिवर्तन भइरहेका छन् । यसलाई विकृति भन्न मिल्दैन्,’ इन्दिराको भनाइ थियो।कलाकारहरुले गीतको शब्द छनोटमा भने ध्यान दिन नसकेको कुरालाई उनले स्वीकारिन् ।
कार्यक्रममा गायक निमा रुम्बाले नेपाली संगीतको परिभाषा समय अनुसार फरक पर्ने प्रतिक्रिया दिए। ‘नेपाली संगीतभित्र विकृति कुन हो भन्ने कुरामा अन्योल छ। सुरुवाती दिनमा पप संगीतलाई विकृति भनिन्थ्यो।’ उनले गीतमा सेक्सका कुरा समेत अवश्यक रहेको बताए। ‘सेक्सको कुरा गरेको कारण गीत प्रतिबन्धित हुन्छ भने चाहि त्यो गलत हो। हामी कलाकारहरु समाजप्रति जिम्मेवार छौं,’ उनले भने ।
संगीतकार शम्भुजित बाँस्कोटाले नेपालमा संगीतको परिवेश हुर्किदै गएकोले कलाकारहरु जिम्मेवार हुनेपर्ने बताए । ‘कलाकारबाट धेरै व्यक्तिहरु प्रेरित हुनेहुँदा उनीहरु समाजप्रति जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

 

Leave a comment